Christian Dance | सहस्राब्दीय राज्य आइपुगेको छ | Praise Song

30 नोभेम्बर 2024

देहधारी परमेश्‍वर, मानिसको पुत्र, ओर्लनुभएको छ,

देहधारी सर्वशक्तिमान् परमेश्‍वरका रूपमा देखा पर्नुभएको छ।

उहाँको वचनले राज्यको युग प्रारम्भ गरेको छ,

र परमेश्‍वरको घरबाट न्याय सुरु भएको छ।

परमेश्‍वरका चुनिएका मानिसहरू उहाँसामु उठाइएका छन्;

तिनीहरू आखिरी दिनहरूका ख्रीष्टको आराधना गर्न आउँछन्।

सर्वशक्तिमान् परमेश्‍वरले हरदिन नयाँ वचनहरू बोल्नुहुन्छ,

मानिसकहाँ अनन्त जीवनको मार्ग ल्याउनुहुन्छ।

स्वर्गबाट नयाँ यरूशलेम ओर्लन्छ, र सम्पूर्ण ब्रह्माण्ड रमाउँछ।

परमेश्‍वरले राज्य प्राप्त गर्नुभएको छ र पृथ्वीमा ओर्लनुभएको छ,

अनि सहस्राब्दीय राज्य आइपुगेको छ।

धार्मिक संसारमाथि अनिकाल आइपरेको छ,

र मानिसहरू साँचो मार्ग खोज्न बाध्य छन्।

तिनीहरूले निकै लामो समयदेखि मानिसको पुत्रको देखा पराइको तृष्णा गरेका छन्,

अनि तिनीहरू परमेश्‍वरको आवाजको ध्वनिद्वारा विजय गरिएका छन्।

तिनीहरूले परमेश्‍वरको न्याय र शुद्धिकरण स्विकारेका छन्,

र तिनीहरूले सत्यता र जीवन प्राप्त गरेका छन्।

हरप्रकारका परीक्षा र सङ्कष्ट भोगेर,

तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि देखेका छन्।

तिनीहरू परमेश्‍वरको वचनमा भर पर्छन् र आफ्नो गवाहीमा दृढ रहन्छन्,

सर्वशक्तिमान् परमेश्‍वरलाई महिमित तुल्याउँछन्।

परमेश्‍वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ,

र उहाँको महान् काम त्यसको समापनमा पुगेको छ।

उहाँको क्रोध ओर्लिएको छ,

र ठूला विपत्तिहरू एक पछि अर्को गर्दै आउँछन्।

दुष्ट मानवजाति परमेश्‍वरद्वारा नष्ट गरिएको छ,

जसद्वारा उहाँको धार्मिकता पूर्णतः प्रकट हुन्छ।

परमेश्‍वरका मानिसहरूले शैतानलाई हराएका छन्,

र तिनीहरू परमेश्‍वरको उपस्थितिको ज्योतिमा जिउँछन्।

तिनीहरू परमेश्‍वरद्वारा सहस्राब्दीय राज्यभित्र ल्याइएका छन्,

जहाँ तिनीहरू परमेश्‍वरका अनन्त आशिष्‌मा रमाउँछन्।

परमेश्‍वरको वचनले सब हासिल गरेको छ,

परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता प्रकट गरेको छ।

परमेश्‍वरको वचनले पृथ्वीमा शासन गर्छ, र सहस्राब्दीय राज्य आइपुगेको छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्