Christian Dance | सहस्राब्दीय राज्य आइपुगेको छ | Praise Song
30 नोभेम्बर 2024
१
देहधारी परमेश्वर, मानिसको पुत्र, ओर्लनुभएको छ,
देहधारी सर्वशक्तिमान् परमेश्वरका रूपमा देखा पर्नुभएको छ।
उहाँको वचनले राज्यको युग प्रारम्भ गरेको छ,
र परमेश्वरको घरबाट न्याय सुरु भएको छ।
परमेश्वरका चुनिएका मानिसहरू उहाँसामु उठाइएका छन्;
तिनीहरू आखिरी दिनहरूका ख्रीष्टको आराधना गर्न आउँछन्।
सर्वशक्तिमान् परमेश्वरले हरदिन नयाँ वचनहरू बोल्नुहुन्छ,
मानिसकहाँ अनन्त जीवनको मार्ग ल्याउनुहुन्छ।
स्वर्गबाट नयाँ यरूशलेम ओर्लन्छ, र सम्पूर्ण ब्रह्माण्ड रमाउँछ।
परमेश्वरले राज्य प्राप्त गर्नुभएको छ र पृथ्वीमा ओर्लनुभएको छ,
अनि सहस्राब्दीय राज्य आइपुगेको छ।
२
धार्मिक संसारमाथि अनिकाल आइपरेको छ,
र मानिसहरू साँचो मार्ग खोज्न बाध्य छन्।
तिनीहरूले निकै लामो समयदेखि मानिसको पुत्रको देखा पराइको तृष्णा गरेका छन्,
अनि तिनीहरू परमेश्वरको आवाजको ध्वनिद्वारा विजय गरिएका छन्।
तिनीहरूले परमेश्वरको न्याय र शुद्धिकरण स्विकारेका छन्,
र तिनीहरूले सत्यता र जीवन प्राप्त गरेका छन्।
हरप्रकारका परीक्षा र सङ्कष्ट भोगेर,
तिनीहरूले परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि देखेका छन्।
तिनीहरू परमेश्वरको वचनमा भर पर्छन् र आफ्नो गवाहीमा दृढ रहन्छन्,
सर्वशक्तिमान् परमेश्वरलाई महिमित तुल्याउँछन्।
परमेश्वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ,
र उहाँको महान् काम त्यसको समापनमा पुगेको छ।
३
उहाँको क्रोध ओर्लिएको छ,
र ठूला विपत्तिहरू एक पछि अर्को गर्दै आउँछन्।
दुष्ट मानवजाति परमेश्वरद्वारा नष्ट गरिएको छ,
जसद्वारा उहाँको धार्मिकता पूर्णतः प्रकट हुन्छ।
परमेश्वरका मानिसहरूले शैतानलाई हराएका छन्,
र तिनीहरू परमेश्वरको उपस्थितिको ज्योतिमा जिउँछन्।
तिनीहरू परमेश्वरद्वारा सहस्राब्दीय राज्यभित्र ल्याइएका छन्,
जहाँ तिनीहरू परमेश्वरका अनन्त आशिष्मा रमाउँछन्।
परमेश्वरको वचनले सब हासिल गरेको छ,
परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता प्रकट गरेको छ।
परमेश्वरको वचनले पृथ्वीमा शासन गर्छ, र सहस्राब्दीय राज्य आइपुगेको छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू