Christian Dance | परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ | Praise Song

20 फेब्रुअरी 2025

आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ,

मानिसलाई न्याय गर्नुहुन्छ, पखाल्नुहुन्छ, र मुक्ति दिनुहुन्छ।

परमेश्‍वरका भेडाले उहाँको आवाज सुन्छन्, उहाँका वचनमा उहाँलाई देख्छन्।

परमेश्‍वरको पानी र गोठालोको आनन्द उठाउँछन्,

र थुमाको विवाह भोजमा सहभागी हुन्छन्।

उहाँका वचन खाँदा-पिउँदा, पवित्र आत्माले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ।

सत्यता बुझेर, अतुलनीय हर्ष अनुभव गर्छौँ।

ख्रीष्ट जिउँदो पानीको मूलस्रोत हुनुहुन्छ, जीवनको खोला निरन्तर बग्छ।

परमेश्‍वरका मानिसहरूले उहाँको न्याय अनुभव गर्छन्,

तिनीहरूको जीवन स्वभाव रूपान्तरित हुन्छ।

सर्वशक्तिमान् परमेश्‍वरको देखा पराइ र कामले अनुग्रहको युगलाई अन्त्य गर्छ।

परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ,

र ख्रीष्टलाई पछ्याउनु साँचो रूपमा आशिष् हो!

परमेश्‍वरका वचन अख्तियारले पूर्ण छन्,

तिनले मानिसको एउटा समूहलाई विजय गरेका र मुक्ति दिएका छन्।

उहाँका वचन आस्था र प्रेम बन्छन्,

मानिसलाई परीक्षा र सङ्कष्ट जित्न मार्गदर्शन गर्छन्।

परमेश्‍वरका मानिस शैतानको प्रभावबाट उम्किन्छन्, उहाँका पाइला नजिकबाट पछ्याउँछन्।

न्याय स्विकार्दा र पखालिँदा,

तिनीहरू नयाँ मानिस बन्छन् र परमेश्‍वरसामु जिउँछन्।

परमेश्‍वरले विजेताहरूको समूह बनाउनुभएको छ,

जसले हर देश हर भूमिमा उहाँको गवाही दिन्छन्।

परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता देख्दा,

तिनीहरूको हृदयबाट साँचो प्रशंसा बग्छ।

उहाँका वचन पृथ्वीभर फैलिन्छन्,

र मण्डलीहरू सबैतिर फेरी फस्टाउन थाल्छन्।

परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ, उहाँको इच्छा अघि बढाइएको छ।

राज्यको सुसमाचार ब्रह्माण्डभर फैलिन्छ,

र सर्वशक्तिमान् परमेश्‍वरलाई महान् मानेर सम्मान गरिन्छ।

परमेश्‍वरका मानिस हरेकले आफ्नो भूमिका खेल्छन्, उहाँको गवाही दिन कर्तव्य पूरा गर्छन्।

सबै देश र जातिले आफूलाई समर्पण गर्छन्, उहाँको आराधनामा निहुरिन्छन्।

परमेश्‍वरको महान काम सम्पन्न भएको उत्सव मनाउँदै

ब्रह्माण्डभर हर्षोल्लास गुन्जिन्छ।

ठुला विपत्तिले शैतानको राज्य नष्ट गर्छन्,

संसारमा धार्मिकता र ज्योति देखा पर्छ।

परमेश्‍वरका मानिसले ढोल र घण्टी बजाउँछन्,

परमेश्‍वरको प्रशंसामा गाउँछन् र नाच्छन्।

सर्वशक्तिमान् परमेश्‍वरले शैतानलाई पूर्णतः हराउनुभएको छ, पूर्ण महिमा पाउनुभएको छ।

परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ

र उहाँका मानिसले सदा उहाँको प्रशंसा गर्नेछन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्