परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १३७

24 अक्टोबर 2021

परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्‍वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्‍वरलाई जिम्मा दिनुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले विभिन्न माध्यमहरू र विभिन्न दृष्टिकोणहरूद्वारा आफ्ना वाणीहरूमा आवाज दिनुभई पूरै देशमा बोल्नुहुन्छ। उहाँले मानवलाई जुटाउने र सिकाउने कार्यलाई मुख्य रूपमा आफ्ना लक्ष्यहरू र कार्य सिद्धान्तका रूपमा लिनुहुन्छ, र अव्यक्तिगत सम्बन्ध वा मानिसहरूका जीवनका विवरणहरूजस्ता कुराहरूमा उहाँले सरोकार राख्‍नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको लागि बोल्‍नु हो। अर्थात्, परमेश्‍वरका आत्मा शरीरमा मूर्त रूपमा प्रकट हुनुहुँदा, उहाँले मानवको जीवनको लागि मात्र जुटाउनुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँले आफूलाई मानवका काममा संलग्न गर्नुहुन्न, जसको अर्थ उहाँ मानवका कार्यमा सहभागी हुनुहुन्न। मानवले ईश्‍वरीय काम गर्न सक्दैन, परमेश्‍वरले मानवीय कार्यमा भाग लिनुहुन्न। परमेश्‍वर यस पृथ्वीमा आफ्नो काम गर्न आउनुभएका सबै वर्षहरूमा, उहाँले सधैँभरि मानिसहरूद्वारा यो गर्नुभएको छ। तथापि, यी मानिसहरूलाई देहधारी परमेश्‍वर भनी विचार गर्न सकिँदैन—तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू मात्र हुन्। यसैबीच, आजका परमेश्‍वरले आत्माको आवाज पठाएर र आत्माका पक्षमा काम गरेर, ईश्‍वरीय दृष्टिकोणबाट सीधै बोल्न सक्नुहुन्छ। यसरी नै, विभिन्न युगहरूमा परमेश्‍वरले प्रयोग गर्नुभएका सबै मानिसहरू, भौतिक शरीरभित्र परमेश्‍वरका आत्माले काम गर्नुभएका उदाहरणहरू हुन्—त्यसो हो भने किन तिनीहरूलाई परमेश्‍वर भन्न सकिँदैन? तर आजका परमेश्‍वर पनि शरीरमा सीधै काम गर्ने परमेश्‍वरका आत्मा हुनुहुन्छ, र येशू पनि शरीरमा काम गर्नुहुने परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो; उहाँहरू दुवैलाई परमेश्‍वर भनिन्छ। तब भिन्नताचाहिँ के हो त? विभिन्न युगभरि परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूमा सामान्य विचार र तर्कहरूका क्षमता थिए। तिनीहरू सबैले मानव व्यवहारका सिद्धान्तहरू बुझेका थिए। तिनीहरूसँग सामान्य मानव विचारहरू थिए, र सामान्य मानिसहरूमा हुनुपर्ने सबै कुराहरू तिनीहरूमा थिए। तिनीहरूमध्ये धेरैजसोमा असाधारण खुबीहरू र जन्मजात बौद्धिकता थियो। यी मानिसहरूमा काम गर्नुहुँदा, परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई उपयोग गर्नुभयो, जुनचाहिँ परमेश्‍वरले तिनीहरूलाई दिनुभएका वरदानहरू थिए। परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई क्रियाशील बनाउनुभई, तिनीहरूका सामर्थ्यहरूलाई परमेश्‍वरको सेवामा प्रयोग गर्नुहुन्छ। तैपनि परमेश्‍वरको सारतत्त्वचाहिँ कुनै धारणा वा विचार विनाको हुन्छ, मानवीय अभिप्रायहरूले यसलाई परिवर्तन गर्न सक्दैनन्, र सामान्य मानवसँग भएका कुराहरू समेत यसमा हुँदैनन्। यसो भन्नुको तात्पर्यचाहिँ, उहाँ मानव व्यवहारका सिद्धान्तहरूसँग पनि परिचित हुनुहुन्न भन्‍ने हो। आजका परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, यही नै हुन्छ। उहाँका काम र वचनहरू मानव अभिप्रायहरू वा मानव विचारहरूद्वारा मिश्रित हुँदैनन्, तर यी आत्माका अभिप्रायहरूका सीधा प्रदर्शन हुन्, अनि उहाँले सीधै परमेश्‍वरका पक्षमा काम गर्नुहुन्छ। यसको अर्थ आत्मा सीधै बोल्नुहुन्छ, अर्थात्, अलिकति मानव अभिप्रायहरू नमिसाइकन नै ईश्‍वरत्वले सीधै काम गर्छ। अर्को किसिमले भन्नुपर्दा, देहधारी परमेश्‍वर, मानव विचार वा धारणाहरू विना, र मानव व्यवहारका सिद्धान्तहरूका बुझाइ विना नै सीधै ईश्‍वरत्वले भरिनुहुन्छ। यदि ईश्‍वरत्व मात्र कार्यमा हुनुहुन्थ्यो भने (यदि परमेश्‍वर मात्र कार्यमा हुनुहुन्थ्यो भन्ने अर्थमा), पृथ्वीमा परमेश्‍वरको कार्यलाई कार्यान्वयन गर्ने कुनै उपाय नै हुने थिएन। यसैले परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वमा गर्नुहुने कामसँगको एकतामा मानवसँग काम गर्न उहाँले प्रयोग गर्नुहुने मानिसहरूको सानो संख्या उहाँसँग हुनैपर्छ। अर्को प्रकारले भन्नुपर्दा, उहाँको ईश्‍वरीय कार्यलाई कायम राख्‍न उहाँले मानव कार्यलाई प्रयोग गर्नुहुन्छ। अन्यथा, ईश्‍वरीय कार्यसँग सीधै संलग्न हुन मानवका लागि कुनै उपाय नै हुने थिएन। येशू र उहाँका चेलाहरूसँग यही नै भएको थियो। यस संसारको आफ्नो समयावधिमा, येशूले पुराना व्यवस्थाहरूलाई रद्द गरी नयाँ आज्ञाहरू स्थापित गर्नुभयो। उहाँले धेरै वचनहरू पनि बोल्नुभयो। यो सबै काम ईश्‍वरत्वमा गरिएको थियो। पत्रुस, पावल, यूहन्ना जस्ता अरू व्यक्तिहरूले येशूका वचनहरूका जगमा आफ्ना कामलाई स्थापित गरेका थिए। यसो भन्नुको तात्पर्यचाहिँ, परमेश्‍वरले अनुग्रहको युगको थालनी गर्नुभई, त्यस युगमा आफ्नो काम सुरु गर्नुभयो; अर्थात्, उहाँले “परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ” भन्ने वचनहरूलाई पूरा गर्नुभई, पुरानोलाई रद्द गरी नयाँ युगको सुरुवात गर्नुभयो। अर्को प्रकारले भन्नुपर्दा, मानिसले ईश्‍वरीय कामको जगमाथि मानव काम गर्नैपर्छ। येशूले आफूले भन्न आवश्यक रहेको सबै कुरा भन्नुभएपछि र यस पृथ्वीमा आफ्नो काम पूरा गर्नुभएपछि, उहाँले मानवलाई छोड्नुभयो। यसपछि, काम गर्ने सबै मानिसहरूले उहाँका वचनहरूमा अभिव्यक्त भएका सिद्धान्तहरू अनुसार यसो गरे, र उहाँले बोल्नुभएका सत्यताअनुसार यसको अभ्यास गरे। यी सबै मानिसहरूले येशूका निम्ति काम गरे। यदि येशूले मात्र काम गर्नुभएको भए, उहाँले जति नै धेरै वचनहरू बोल्नुभएको भए तापनि, उहाँका वचनहरूसँग संलग्न हुने कुनै उपाय मानिसहरूसँग हुने थिएन, किनकि उहाँले ईश्‍वरीयतामा काम गरिरहनुभएको थियो र उहाँले ईश्‍वरीयताका वचनहरू मात्र बोल्न सक्नुहुन्थ्यो, र सामान्य मानिसहरूले उहाँका वचनहरूलाई बुझ्न सक्ने गरी उहाँले व्याख्या गर्न सक्नुहुन्नथ्यो। अनि उहाँसँग प्रेरितहरू र अगमवक्ताहरू हुनुपर्नेथियो जो उहाँका कामलाई पूरा गर्न उहाँका पछि आएका थिए। देहधारी परमेश्‍वरले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने कुराको यो एउटा सिद्धान्त हो—बोल्नका लागि देहधारी शरीरको प्रयोग गर्ने र ईश्‍वरत्वको काम पूरा गर्ने कार्य, र उहाँको कामलाई पूरा गर्न परमेश्‍वरको हृदयअनुसारका केही मानिसहरूलाई, वा सायद धेरै मानिसहरूलाई प्रयोग गर्ने। अर्थात्, मानवलाई हेरचाह गर्ने र पानी जुटाउने कार्य गर्नका लागि परमेश्‍वरका हृदयअनुसारका मानिसहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ, यसरी परमेश्‍वरका छानिएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछन्।

यदि उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वको काम मात्र गर्नुभयो, र उहाँसँग काम गर्नका लागि उहाँका हृदयअनुसारका मानिसहरू यदि उहाँसँग थिएनन् भने, परमेश्‍वरको इच्छा बुझ्न वा परमेश्‍वरसँग संलग्न हुन मानव असक्षम हुनेथियो। यस काम पूरा गर्न, मण्डलीहरूमाथि देखरेख गर्न र हेरचाह वा गोठालो गर्न परमेश्‍वरले आफ्नो हृदयअनुसारका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, यसरी मानवका मानसिक प्रक्रियाहरू, उसको दिमाग, कल्पना गर्न सक्ने क्षमताको तहलाई प्राप्त गर्न सकिन्छ। अरू शब्दहरूमा भन्नुपर्दा, परमेश्‍वरले आफ्नो ईश्‍वरत्वभित्र गर्नुहुने कामलाई “रूपान्तरण” गर्न आफ्ना हृदयअनुसारका मानिसहरूको सानो सङ्ख्यालाई प्रयोग गर्नुहुन्छ, ताकि ईश्‍वरीय भाषालाई मानवीय भाषामा परिवर्तन गर्नको लागि यसलाई खुला गर्न सकियोस्, यसरी मानिसहरूले यसलाई जान्न र बुझ्न सक्छन्। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भएको भए, कसैले पनि परमेश्‍वरको ईश्‍वरीय भाषा बुझ्न सक्नेथिएनन्, किनकि परमेश्‍वरको हृदयअनुसारका मानिसहरू आखिर अल्पसंख्यक नै छन्, र मानवको बुझ्न सक्ने क्षमता कमजोर छ। त्यसैले त देहधारी शरीरमा काम गर्नुहुँदा मात्र परमेश्‍वरले यस तरिकालाई छान्नुहुन्छ। यदि त्यहाँ ईश्‍वरीय काम मात्र थियो भने, मानिसले परमेश्‍वरलाई चिन्ने वा उहाँसँग संलग्न हुने कुनै उपाय हुने थिएन, किनकि मानवले परमेश्‍वरको भाषा बुझ्दैन। परमेश्‍वरका वचनहरूलाई स्पष्ट पार्ने उहाँका हृदयअनुसारका मानिसहरूका प्रतिनिधित्वद्वारा मात्र मानवले यो भाषालाई बुझ्न सक्छ। तथापि, मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरूमात्र त्यहाँ थिए भने, त्यसले मानवको सामान्य जीवनलाई मात्र कायम राख्न सक्थ्यो; यसले मानवको स्वभावलाई परिवर्तन गर्न सक्दैनथियो। परमेश्‍वरको कामको नयाँ सुरुवात विन्दु हुन सक्दैनथ्यो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना सामान्य विवरणहरू मात्र हुन्थे। उहाँको देहधारणको समयावधिमा भन्नुपर्ने सबै कुराहरू भन्ने र गर्नुपर्ने सबै कुराहरू गर्ने, त्यसपछि उहाँका वचनहरू अनुसार मानिसहरूले काम गर्ने र अनुभव गर्ने, देहधारी परमेश्‍वरका प्रतिनिधिद्वारा मात्र तिनीहरूका जीवन स्वभाव परिवर्तन हुनसक्थे, र यसरी तिनीहरू समयहरूसँग बग्न सक्थे। ईश्‍वरत्वभित्र काम गर्नुहुनेले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, मानवताभित्र काम गर्नेहरूचाहिँ परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू हुन्। यसो भन्नुको तात्पर्य, देहधारी परमेश्‍वरचाहिँ परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट खास रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्‍वरले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्‍वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युगको उद्घाटन गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्‍वरत्वभित्रको परमेश्‍वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसकारण, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्‍वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्। ठीक यसरी नै, परमेश्‍वरले यही चरणमा मानवलाई नयाँ युगमा ल्याउनुहुन्छ र मानिसहरूलाई नयाँ सुरुवात दिनुहुन्छ—त्यही समयमा नै शरीरमा परमेश्‍वरको काम पूरा भएको हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्