परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०१

30 जुन 2022

येशूले काम गर्नुभन्दा पहिले, उहाँ केवल आफ्नो सामान्य मानवतामा जिउनुभयो। उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भनेर कसैले भन्न सकेन, उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले पत्ता लगाएन; उहाँ पूर्ण रूपमा साधारण मानिस हुनुहुन्छ भन्ने मात्रै मानिसहरूलाई थाहा थियो। उहाँको पूर्ण सामान्य, साधारण मानवता नै परमेश्‍वर शरीरमा देहधारी हुनुभएको थियो र अनुग्रहको युग देहधारी परमेश्‍वरको कामको युग थियो, आत्माको कामको युग थिएन भन्ने कुराको प्रमाण थियो। यो परमेश्‍वरका आत्मा पूर्ण रूपमा देहमा प्रकट हुनुभयो, परमेश्‍वरको देहधारणको युगमा उहाँको देहले आत्माका सबै कार्य गर्नेथियो भन्ने कुराको प्रमाण थियो। सामान्य मानवतासहितका ख्रीष्ट त्यो देह हो जसमा आत्मा प्रकट हुनुभयो, र जसमा सामान्य मानवता, सामान्य विवेक र मानव विचार छ। “प्रकट हुनु” भनेको परमेश्‍वर मानिस बन्नु, आत्मा देह बन्नु हो; यसलाई अझै सरल रूपमा भन्दा, यो सामान्य मानवतासहितको देहमा परमेश्‍वर स्वयम् वास गर्नु हो र यसद्वारा उहाँले आफ्नो ईश्‍वरीय कामलाई व्यक्त गर्नुहुन्छ—प्रकट हुनु वा देहधारी हुनुको अर्थ यही नै हो। उहाँको पहिलो देहधारणको अवधिमा, परमेश्‍वरले बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु अत्यावश्यक थियो, किनभने उहाँको काम उद्धार गर्नु थियो। सारा मानवजातिलाई उद्धार गर्नको लागि, उहाँ करुणामय र क्षमाशील बन्नु आवश्यक थियो। उहाँलाई क्रूसमा मारिनुभन्दा पहिले उहाँले गर्नुभएको काम बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई निकाल्नु थियो, जुन मानिसलाई पाप र भ्रष्टताबाट गरिने मुक्तिको पूर्वाभास थियो। यो अनुग्रहको युग भएकोले उहाँले बिरामीलाई निको पार्नु आवश्यक थियो, त्यसद्वारा चिन्हहरू र आश्चर्यका कामहरू देखाउनुभयो, जुन त्यस युगको अनुग्रहको प्रतिनिधि थिए—किनभने अनुग्रहको युग अनुग्रह दिनुसँग सम्बन्धित थियो, जुन शान्ति, आनन्द र भौतिक आशिषहरू अर्थात् येशूमाथि मानिसहरूको विश्‍वासका निशानीहरूको प्रतीक थियो। भन्नुको अर्थ, बिरामीलाई चङ्गाइ गर्ने, भूतात्माहरूलाई निकाल्ने र अनुग्रह प्रदान गर्ने काम अनुग्रहको युगमा येशूको देहमा जन्मजातै पाउनुभएका क्षमताहरू थिए, ती देहमा प्रकट भएका आत्माको काम थिए। तर जबकि उहाँले त्यस्तो काम गरिरहनुभएको बेलामा, उहाँ देहमा जिइरहनुभएको थियो, र त्यसले देहलाई नाघेन। उहाँले जस्तोसुकै प्रकारको चङ्गाइ गर्नुभए तापनि, उहाँमा सामान्य मानवता नै थियो, उहाँले सामान्य मानव जीवन नै जिउनुभयो। परमेश्‍वरको देहधारणको युगको अवधिमा देहले आत्माको सबै काम गऱ्यो भनेर मैले भन्‍नुको कारण के हो भने, उहाँले जे काम गर्नुभए तापनि, उहाँले यो देहमा नै गर्नुभयो। तर उहाँको कामको कारणले गर्दा, मानिसहरूले उहाँको देहलाई पूर्ण रूपमा भौतिक सार भएको देहको रूपमा ठानेनन्, किनभने यो देहले अचम्मका कामहरू गर्न सक्थ्यो र विशेष क्षणहरूमा देहको क्षमताबाहिरका कुराहरू गर्न सक्थ्यो। अवश्य नै, यी सबै घटनाहरू उहाँले आफ्नो सेवकाइलाई सुरु गर्नुभन्दा पहिले नै घटे, जस्तै उहाँलाई चालीस दिनसम्म परीक्षा गरिनु वा पर्वतमा उहाँको रूप परिवर्तन हुनु। त्यसकारण येशूमा, परमेश्‍वरको देहधारणको अर्थ पूर्ण भएन तर यो आंशिक रूपमा मात्रै पूरा भयो। आफ्नो काम सुरु गर्नुभन्दा पहिले उहाँले देहमा जिउनुभएको जीवन सबै पक्षहरूमा अत्यन्तै सामान्य थियो। उहाँले काम सुरु गर्नुभएपछि आफ्नो देहको बाहिरी भेष मात्रै कायम राख्नुभयो। उहाँको काम ईश्‍वरीयताको अभिव्यक्ति थियो, त्यसकारण यसले देहका सामान्य कार्यहरूलाई नाघ्यो। आखिर, परमेश्‍वरको देहधारी शरीर मासु र रगतको मानवभन्दा फरक थियो। अवश्य नै, उहाँको दैनिक जीवनमा, उहाँलाई खाना, वस्त्र, निद्रा र बासको आवश्यकता पऱ्यो, उहाँलाई सबै सामान्य आवश्यकताहरूको खाँचो भयो र उहाँमा सामान्य मानवको जस्तै चेतना थियो र उहाँले सामान्य मानवले जस्तै सोच्नुभयो। मानिसहरूले उहाँलाई सामान्य मानिसको रूपमा नै लिन्थे, उहाँले गर्ने काम मात्र अलौकिक थियो। वास्तवमा, उहाँले जे गर्नुभए तापनि, उहाँ सामान्य र साधारण मानवतामा जिउनुभयो, र काम गर्ने क्रममा, उहाँको चेतना निश्चित रूपमा सामान्य हुन्थ्यो, उहाँका विचारहरू निश्चित रूपमा अरू कुनै पनि सामान्य मानिसको भन्दा स्पष्ट हुन्थे। देहधारी परमेश्‍वरमा त्यस्तो सोचाइ र चेतना हुनु अत्यावश्यक थियो, किनभने ईश्‍वरीय कार्यलाई त्यस देहद्वारा व्यक्त गरिनु आवश्यक थियो जसको चेतना अत्यन्तै सामान्य हुन्थे र जसका विचारहरू अत्यन्तै स्पष्ट हुन्थे—यसरी मात्रै उहाँको देहले ईश्‍वरीय कामलाई व्यक्त गर्न सक्थ्यो। येशूले पृथ्वीमा बिताउनुभएको साढे तेत्तीस वर्षको अवधिभरि आफ्नो सामान्य मानवतालाई कायम राख्नुभयो तर साढे तीन वर्षको उहाँको सेवकाइको अवधिमा उहाँले गर्नुभएको कामको कारण, उहाँ अत्यन्तै सर्वोच्च हुनुहुन्छ, उहाँ पहिलेभन्दा अत्यन्तै अलौकिक हुनुहुन्छ भन्ने मानिसहरूले ठाने। वास्तवमा, येशूको सामान्य मानवता उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले र पछि अपरिवर्तित नै रह्यो; यो अवधिमा उहाँको मानवता उस्तै रह्यो तर उहाँको सेवकाइभन्दा पहिले र पछिको भिन्नताको कारणले गर्दा, उहाँको देहको विषयमा दुईवटा फरक विचारहरू प्रकट भए। मानिसहरूले जे विचार गरे तापनि, देहधारी परमेश्‍वरले आफ्नो मूल, सामान्य मानवतालाई सम्पूर्ण समय नै कायम राख्नुभयो, किनभने परमेश्‍वर देहधारी हुनुभएको हुनाले, उहाँ देह, सामान्य मानवता भएको देहमा जिउनुभयो। चाहे उहाँले आफ्नो सेवकाइ गरिरहेका होऊन् वा नहोऊन्, उहाँको देहको सामान्य मानवतालाई हटाउन सकिएन, किनभने देहको आधारभूत सार मानवता नै हो। येशूले आफ्नो सेवकाइ गर्नुभन्दा पहिले, सबै सामान्य मानव क्रियाकलापहरूमा संलग्न हुने क्रममा, उहाँको देह पूर्ण रूपमा सामान्य नै रह्यो; उहाँ अलिकति पनि अलौकिक देखिनुभएन, उहाँले कुनै पनि आश्चर्यजनक चिन्हहरू देखाउनुभएन। त्यो समयमा, उहाँ अत्यन्तै सामान्य मानिस मात्रै हुनुहुन्थ्यो जसले परमेश्‍वरको आराधना गर्थ्यो, यद्यपि उहाँको खोजी कसैको भन्दा अझै इमानदार, अझै निष्कपट थियो। उहाँको अत्यन्तै सामान्य मानवताले आफैलाई यसरी नै प्रकट गऱ्यो। आफ्नो सेवकाइलाई लिनुभन्दा पहिले उहाँले कुनै पनि काम नगर्नुभएको हुनाले, उहाँको पहिचानबारे कसैलाई पनि थाहा थिएन, उहाँको देह अरू सबैको भन्दा फरक छ भनेर कसैले पनि भन्न सकेन, किनभने उहाँले एउटै पनि आश्चर्यकर्म गर्नुभएन, परमेश्‍वर स्वयमको एउटै पनि काम गर्नुभएन। तैपनि, उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि, उहाँले सामान्य मानवताको बाहिरी भेषलाई कायम राख्नुभयो र सामान्य मानव चेतनामा नै जिउनुभयो तर उहाँले परमेश्‍वर स्वयमको कामलाई सुरु गर्नुभएको, ख्रीष्टको सेवकाइलाई लिनुभएको र मरणशील प्राणीहरू, मासु र रगतका मानिसहरूले गर्न नसक्ने काम गर्नुभएकोले, उहाँसँग सामान्य मानवता थिएन र उहाँ पूर्ण रूपमा सामान्य देह हुनुहुन्‍नथियो, तर अपूर्ण देह हुनुहुन्थ्यो भन्ने अनुमान मानिसहरूले गरे। उहाँले गर्नुभएको कामको कारणले गर्दा, उहाँ देहमा प्रकट हुनुभएका परमेश्‍वर हुनुहुन्छ जसमा सामान्य मानवता छैन भनेर मानिसहरूले भने। त्यस किसिमको बुझाइ भ्रमपूर्ण छ, किनभने मानिसहरूले परमेश्‍वरको देहधारणको महत्त्वलाई बुझेनन्। यो गलत बुझाइ देहमा हुनुभएका परमेश्‍वरले व्यक्त गर्नुभएको काम सामान्य मानवतासहितको देहमा व्यक्त गरिएको ईश्‍वरीय काम हो भन्ने तथ्यबाट उठ्यो। परमेश्‍वरले देहधारण गर्नुभएको थियो, उहाँ देहमा बास गर्नुभयो र मानवतामा उहाँले गर्नुभएको उहाँको काम उहाँको मानवताको सामान्यतालाई अस्पष्ट पाऱ्यो। यस कारणले गर्दा, मानिसहरूले परमेश्‍वरमा मानवता छैन तर ईश्‍वरीयता मात्रै छ भन्ने विश्‍वास गरे।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्