परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०८

9 अप्रिल 2022

पृथ्वीमा ख्रीष्‍टले परमेश्‍वर स्वयमको प्रतिनिधित्व गरेर काम गर्न सक्षम हुनुभए तापनि, सबै मानिसलाई देहमा रहेको आफ्नो स्वरूपलाई देखाउने अभिप्रायका साथ उहाँ आउनुहुन्‍न। सबै मानिसले उहाँलाई देखून् भनेर उहाँ आउनुहुन्‍न; उहाँको हातद्वारा मानिसलाई डोर्‍याउनको निम्ति उहाँ आउनुहुन्छ, र यसद्वारा मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्‍टको देहको उद्देश्य परमेश्‍वर स्वयमको कार्य, अर्थात्, देहमा गरिने परमेश्‍वरको कार्यको लागि हो, तर उहाँको देहको सारलाई पूर्ण रूपमा बुझ्‍न मानिसलाई सक्षम गराउनु होइन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले गर्ने कुनै पनि कुरा देहद्वारा प्राप्‍त गर्न सकिनेभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए तापनि, उहाँले सामान्य मानवताद्वारा देहमा त्यो गर्नुहुन्छ, र मानिसलाई परमेश्‍वरको साँचो अनुहार पूर्ण रूपमा प्रकट गर्नुहुन्‍न। यसको साथै, देहमा उहाँले गर्ने कार्य मानिसले विचार गर्ने जत्तिको अलौकिक वा अथाह कहिल्यै हुँदैन। ख्रीष्‍टले देहमा परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभए तापनि र परमेश्‍वर स्वयमले गर्नुपर्ने कार्यलाई व्यक्तिगत रूपमा आफै गर्नुहुने भए तापनि, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नुहुन्‍न, न त उहाँले उत्तेजनाको साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ आफ्नो देहभित्र गुप्त, नम्र रहनुहुन्छ। ख्रीष्‍ट बाहेक, आफूलाई ख्रीष्‍ट भनी झूटो रूपमा दाबी गर्नेहरूमा उहाँका गुणहरू हुँदैन। झूटा ख्रीष्टहरूको अहङ्कारी र आफैलाई उचाल्‍ने स्वभावसँग तुलना गर्दा, देहको कुन आचरण साँचो ख्रीष्‍ट हो त्यस कुरालाई छर्लङ्ग पारिदिन्छ। तिनीहरू जति झूट हुन्, त्यति नै हदसम्‍म झूटा ख्रीष्‍टहरूले आफैप्रति घमण्ड गर्छन्, र मानिसहरूलाई धोका दिनका लागि त्यति नै तिनीहरूले चिन्‍हहरू देखाउन र अचम्‍मका कामहरू गर्न सक्छन्। झूटा ख्रीष्‍टहरूमा परमेश्‍वरको गुणहरू हुँदैन; झूटा ख्रीष्टहरूको कुनै पनि तत्वद्वारा ख्रीष्‍ट कलङ्कित हुनुहुन्‍न। देहको कार्य गर्नको लागि मात्रै परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँलाई हेर्नको निम्ति मानिसहरूलाई सक्षम तुल्याउनको लागि मात्रै होइन। बरु, उहाँले आफ्नो कामलाई नै उहाँको पहिचान पुष्‍टि गर्न दिनुहुन्छ, र आफूले प्रकट गरेको कुरालाई नै उहाँले आफ्नो स्वभावलाई प्रमाणित गर्न दिनुहुन्छ। उहाँको स्वभाव आधारहीन छैन; उहाँको पहिचानलाई उहाँको हातद्वारा खोसेर लिइएको थिएन; उहाँको कार्य र उहाँको स्वभावद्वारा नै यसलाई निर्धारित गरिन्छ। उहाँमा परमेश्‍वर स्वयमको स्वभाव भए तापनि र परमेश्‍वर स्वयमको कामलाई पूरा गर्न उहाँ सक्षम हुनुभए तापनि, आखिर उहाँ देह नै हुनुहुन्छ, जुन आत्माभन्दा फरक छ। उहाँ आत्माका गुणहरू भएको परमेश्‍वर हुनुहुन्‍न; उहाँ देहको आवरण भएको परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, उहाँ जति सामान्य र जति कमजोर भए तापनि, र उहाँले परमेश्‍वर पिताको इच्छालाई जसरी खोज्‍नु भए तापनि, उहाँको ईश्‍वरत्व अखण्डनीय छ। देहधारी परमेश्‍वरभित्र सामान्य मानवता र यसको कमजोरीहरू मात्रै हुँदैनन्; त्यहाँ उहाँको ईश्‍वरत्वको उदेकता र अज्ञेयता साथै देहमा उहाँले गर्ने सबै कार्यहरू पनि हुन्छन्। त्यसकारण, मानवता र ईश्‍वरत्व दुवै ख्रीष्‍टभित्र अस्तित्वमा हुन्छ, वास्तविकतामा र व्यवहारिकता दुवैमा। यो सबैभन्दा रित्तो वा अलौकिक कुरामा पर्दैन। उहाँ आफ्नो कार्यलाई अघि बढाउने मुख्य उद्देश्यको साथ पृथ्वीमा आउनुहुन्छ; पृथ्वीमा काम अघि बढाउनको लागि सामान्य मानवता लिनु अपरिहार्य नै हुन्छ; अन्यथा, उहाँको ईश्‍वरत्वको शक्ति जति नै महान् भए तापनि, यसको मूल कार्यलाई असल रूपमा प्रयोग गर्न सकिँदैन। उहाँको मानवताको महत्त्व निकै ठूलो भए तापनि, यो नै उहाँको मूल स्वभाव भने होइन। उहाँको मूल स्वभाव भनेको ईश्‍वरत्व हो; त्यसकारण, उहाँले जुन क्षणमा पृथ्वीमा आफ्नो सेवकाइलाई सुरु गर्नुहुन्छ त्यही क्षणमा नै उहाँले आफ्नो ईश्‍वरत्वलाई व्यक्त गर्न सुरु गर्नुहुन्छ। उहाँको मानवता आफ्नो देहको सामान्य जीवनलाई कायम राख्‍नको लागि मात्रै अस्तित्वमा रहन्छ ताकि उहाँको ईश्‍वरत्वले देहमा सामान्य रूपमा आफ्नो कार्यलाई अघि बढाउन सकोस्; उहाँको कार्यलाई पूर्ण रूपमा निर्देशित गर्नेचाहिँ ईश्‍वरत्व नै हो। जब उहाँले आफ्नो कार्यलाई पूरा गर्नुहुन्छ, तब उहाँले आफ्नो सेवकाइलाई पूरा गर्नुभएको हुनेछ। उहाँको कार्यको सम्पूर्णता नै मानिसले जान्‍नु पर्ने कुरा हो, र उहाँको कार्यद्वारा नै उहाँलाई चिन्‍नको लागि उहाँले मानिसलाई सक्षम तुल्याउनुहुन्छ। आफ्नो कार्यको अवधिमा, आफ्नो ईश्‍वरत्वको स्वभावलाई लगभग पूर्ण रूपमा नै व्यक्त गर्नुहुन्छ, जुन मानवताद्वारा कलङ्कित भएको छैन, विचार र मानव आचरणद्वारा कलङ्कित भएको छैन। जब सारा सेवकाइ पूरा हुने समय आउँछ, उहाँले आफूले व्यक्त गर्नुपर्ने स्वभावलाई पहिले नै सिद्ध रूपमा र पूर्ण रूपमा व्यक्त गरिसक्‍नुभएको हुनेछ। उहाँको कार्य कुनै पनि मानिसको निर्देशनहरूद्वारा निर्देशित छैन; उहाँको स्वभावको अभिव्यक्ति पनि पूर्णतया स्वतन्त्र नै छ, र यो मनद्वारा नियन्त्रित वा विचारद्वारा सञ्चालित छैन, तर स्वाभाविक रूपमा नै यो प्रकट हुन्छ। यो कुनै पनि मानिसले प्राप्‍त गर्न नसक्‍ने कुरा हो। वातावरणहरू कठोर भए पनि वा अवस्थाहरू प्रतिकूल भए तापनि, उहाँले उचित समयमा आफ्नो स्वभावलाई व्यक्त गर्न सक्‍नुहुन्‍छ। जो ख्रीष्‍ट हुनुहुन्छ, उहाँले ख्रीष्‍ट सारलाई प्रकट गर्नुहुन्छ, तर जो होइनन् तिनीहरूमा ख्रीष्‍टको स्वभाव हुँदैन। त्यसकारण, सबैले उहाँलाई विरोध गरे पनि वा उहाँलाई विरोध गर्ने धारणा राखे पनि, ख्रीष्‍टले व्यक्त गर्नुभएको स्वभाव परमेश्‍वरको स्वभाव हो भन्‍ने कुरालाई मानिसको विचारहरूको आधारमा कसैले पनि इन्कार गर्न सक्दैन। ख्रीष्‍टलाई साँचो हृदयले पछ्याउने वा मनैबाट परमेश्‍वरलाई खोज्‍ने हरेकले, उहाँको ईश्‍वरत्वको अभिव्यक्तिको आधारमा उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नेछन्। मानिसको विचारहरूसँग नमिल्‍ने उहाँको कुनै पनि पक्षहरूको आधारमा तिनीहरूले ख्रीष्‍टलाई कहिल्यै पनि इन्कार गर्दैनन्। मानिस अत्यन्तै मूर्ख भए तापनि, मानिसको इच्छा के हो र परमेश्‍वरबाट के आउँछ भन्‍ने कुरा सबैलाई यथार्थ रूपमा थाहा छ। के मात्रै हो भने आफ्‍ना अभिप्रायहरूका परिणामस्वरूप धेरै मानिसहरूले ख्रीष्‍टलाई जानी-जानी विरोध गर्छन्। यसको लागि होइन भने, ख्रीष्‍टको अस्तित्वलाई इन्कार गर्ने कारण कुनै पनि मानिससँग हुनेथिएन, किनभने ख्रीष्‍टले व्यक्त गर्नुभएको ईश्‍वरत्व वास्तवमा अस्तित्वमा छ, र उहाँको कार्यलाई नाङ्गो आँखाले देख्‍न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्