Nepali Christian Song | परमेश्वरको क्रोधको प्रतीक
16 नोभेम्बर 2025
१
परमेश्वरको स्वभाव उहाँको आफ्नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा बिलकुलै परिवर्तन हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्वरलाई रिस उठाउँछ, तब उहाँले जे बर्साउनुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त बदलिदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनका कारण वा उहाँको स्वभावबाट विभिन्न तत्त्वहरू उत्पन्न हुने कारणले उहाँ रिसाउनुहुन्न, बरु उहाँ विरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्छ।
२
मानिसले परमेश्वरलाई गर्ने खुल्ला उक्साहट परमेश्वरको आफ्नै पहिचान र हैसियतलाई गम्भीर चुनौती हो। परमेश्वरका नजरमा, मानिसले उहाँलाई चुनौती दिँदा, मानिसले उहाँसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्वरको विरोध गर्छ, जब मानिसले परमेश्वरसँग प्रतिस्पर्धा गर्छ, जब मानिसले निरन्तर परमेश्वरको रिसको परीक्षा लिन्छ, पापको बिगबिगी बढ्ने समय ठ्याक्कै त्यही हो—त्यस्ता समयमा, परमेश्वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्वरले आफ्नो क्रोध अभिव्यक्त गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्ने कुराको प्रतीक हो। यो परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको क्रोधको अद्वितीयपन हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू