Christian Song | परमेश्‍वरविनाका दिनहरू कष्टले भरिएका हुन्छन्

18 जनवरी 2021

जब व्यक्तिले नियतिलाई बुझ्दैन,

जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैन,

जब व्यक्तिले कुहिरोभित्र लर्खराउँदै

र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्छ,

तब उसले त्यो यात्रा अत्यन्तै कठिन, अत्यन्तै हृदयविदारक हुन्छ भन्‍ने कुरा बुझ्छ।

त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्,

तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने,

तिनीहरूले आफ्‍नै दुई हातले

सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने,

र नियतिको विरुद्धमा संघर्ष गर्न

अनि आफ्ना तथाकथित “जीवन लक्ष्यहरू” आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्।

जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्न, जब व्यक्तिले उहाँलाई देख्‍न सक्दैन,

जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन,

तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ;

तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ।

व्यक्ति जहाँ भए पनि, व्यक्तिको जागिर जे भए पनि,

उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले

उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्ट बाहेक केही पनि दिँदैन,

यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर समेत हेर्न सक्दैन।

व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै,

ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै,

र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै,

क्रमिक रूपमा ऊ सबै हृदयको चोट र कष्टबाट स्वतन्त्र हुन,

अनि जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ।

व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै,

ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै,

र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै,

क्रमिक रूपमा ऊ सबै हृदयको चोट र कष्टबाट स्वतन्त्र हुन,

अनि जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्