Christian Dance | मण्डली जीवनमा यस्तो आनन्द | Praise Song

14 अगस्ट 2024

हामी ब्रदर-सिस्टरहरू परमेश्‍वरसामु आएका छौँ।

उहाँका वचनहरू खानु र पिउनु कस्तो आनन्दको कुरा छ।

तपाईं आफ्नो अनुभव सुनाउनुहुन्छ, र म आफ्नो बुझाइ बताउँछु।

हामी ब्रदर-सिस्टरहरू एकअर्कालाई साथ र सहयोग दिन्छौँ।

परमेश्‍वरका वचनहरू हामी जति बढी सङ्गति गर्छौँ, त्यति नै बढी प्रस्टता हासिल गर्छौँ,

र यसरी हामी पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छौँ।

सत्यता बुझेर अनि आत्मचिन्तन गरेर, हामी हाम्रा भ्रष्टता र कमीहरू देख्छौँ।

परमेश्‍वरलाई प्रार्थना गर्दै, गम्भीर रूपमा खोजी गर्दै,

हामी उहाँसित खुला रूपमा र हृदयदेखि बोल्छौँ।

हामी कति गहन रूपमा सत्यता बुझ्छौँ परमेश्‍वर त्यो वास्ता गर्नुहुन्न;

हामीले आफ्ना मनका कुरा गरे, उहाँ खुसी हुनुहुन्छ।

मण्डली जीवनले यति ठूलो आनन्द ल्याउँछ; हामी जीवनमा क्रमशः वृद्धि हुँदै जान्छौँ।

ख्रीष्टको राज्य नै हाम्रो घर हो।

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँलाई सदैव प्रशंसा गर्दछन्।

हामी ब्रदर-सिस्टरहरू परमेश्‍वरसामु आएका छौँ।

उहाँका वचनहरू खानु र पिउनु कस्तो आनन्दको कुरा छ।

हामी परमेश्‍वरका वचनहरूको न्याय र सजायमा समर्पित हुन्छौँ,

र काटछाँट हुन र ताडना भोग्न स्विकार्छौँ।

परमेश्‍वरले अनेकथरि मानिस, घटना र वस्तुहरू प्रबन्ध गरी

हाम्रो आस्था जाँच्नुहुन्छ र शोधन गर्नुहुन्छ।

हामी परमेश्‍वरका सच्चा अभिप्रायहरू बुझ्छौँ,

र उहाँले गर्नुहुने सबथोकको उद्देश्य हामीलाई सत्यता र जीवन हासिल गर्न मद्दत गर्नु हो।

उहाँका वचनहरू अनुभव गर्दै र सत्यता अभ्यास गर्दै,

हामी अझ बढी सत्यता र अझ बढी वास्तविकता प्राप्त गर्छौँ।

हामी आफ्ना कर्तव्यहरू पूरा गर्छौँ र आफ्नो बफादारी अर्पण गर्छौँ,

असल गवाही दिन्छौँ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छौँ।

मण्डली जीवनले यति ठूलो आनन्द ल्याउँछ; हामी जीवनमा क्रमशः वृद्धि हुँदै जान्छौँ।

ख्रीष्टको राज्य नै हाम्रो घर हो।

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँलाई सदैव प्रशंसा गर्दछन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्