Christian Dance | मण्डली जीवनमा यस्तो आनन्द | Praise Song
14 अगस्ट 2024
१
हामी ब्रदर-सिस्टरहरू परमेश्वरसामु आएका छौँ।
उहाँका वचनहरू खानु र पिउनु कस्तो आनन्दको कुरा छ।
तपाईं आफ्नो अनुभव सुनाउनुहुन्छ, र म आफ्नो बुझाइ बताउँछु।
हामी ब्रदर-सिस्टरहरू एकअर्कालाई साथ र सहयोग दिन्छौँ।
परमेश्वरका वचनहरू हामी जति बढी सङ्गति गर्छौँ, त्यति नै बढी प्रस्टता हासिल गर्छौँ,
र यसरी हामी पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छौँ।
सत्यता बुझेर अनि आत्मचिन्तन गरेर, हामी हाम्रा भ्रष्टता र कमीहरू देख्छौँ।
परमेश्वरलाई प्रार्थना गर्दै, गम्भीर रूपमा खोजी गर्दै,
हामी उहाँसित खुला रूपमा र हृदयदेखि बोल्छौँ।
हामी कति गहन रूपमा सत्यता बुझ्छौँ परमेश्वर त्यो वास्ता गर्नुहुन्न;
हामीले आफ्ना मनका कुरा गरे, उहाँ खुसी हुनुहुन्छ।
मण्डली जीवनले यति ठूलो आनन्द ल्याउँछ; हामी जीवनमा क्रमशः वृद्धि हुँदै जान्छौँ।
ख्रीष्टको राज्य नै हाम्रो घर हो।
परमेश्वरलाई प्रेम गर्नेहरू उहाँलाई सदैव प्रशंसा गर्दछन्।
२
हामी ब्रदर-सिस्टरहरू परमेश्वरसामु आएका छौँ।
उहाँका वचनहरू खानु र पिउनु कस्तो आनन्दको कुरा छ।
हामी परमेश्वरका वचनहरूको न्याय र सजायमा समर्पित हुन्छौँ,
र काटछाँट हुन र ताडना भोग्न स्विकार्छौँ।
परमेश्वरले अनेकथरि मानिस, घटना र वस्तुहरू प्रबन्ध गरी
हाम्रो आस्था जाँच्नुहुन्छ र शोधन गर्नुहुन्छ।
हामी परमेश्वरका सच्चा अभिप्रायहरू बुझ्छौँ,
र उहाँले गर्नुहुने सबथोकको उद्देश्य हामीलाई सत्यता र जीवन हासिल गर्न मद्दत गर्नु हो।
उहाँका वचनहरू अनुभव गर्दै र सत्यता अभ्यास गर्दै,
हामी अझ बढी सत्यता र अझ बढी वास्तविकता प्राप्त गर्छौँ।
हामी आफ्ना कर्तव्यहरू पूरा गर्छौँ र आफ्नो बफादारी अर्पण गर्छौँ,
असल गवाही दिन्छौँ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्छौँ।
मण्डली जीवनले यति ठूलो आनन्द ल्याउँछ; हामी जीवनमा क्रमशः वृद्धि हुँदै जान्छौँ।
ख्रीष्टको राज्य नै हाम्रो घर हो।
परमेश्वरलाई प्रेम गर्नेहरू उहाँलाई सदैव प्रशंसा गर्दछन्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू