Nepali Christian Song | पवित्र आत्माको काम पाउन प्रार्थनामा आफ्नो हृदयदेखि बोल

26 अप्रिल 2025

तिमीहरूका लागि, प्रार्थना सबैभन्दा महत्त्वपूर्ण छ। जब तैँले प्रार्थना गर्छस् र पवित्र आत्माको कार्य प्राप्त गर्छस्, तेरो हृदय परमेश्‍वरद्वारा उत्प्रेरित हुनेछ, र परमेश्‍वरलाई प्रेम गर्ने शक्ति प्रस्फुटन हुनेछ। यदि तँ आफ्नो हृदयले प्रार्थना गर्दैनस् भने, यदि तैँले परमेश्‍वरसँग कुराकानी गर्नका लागि आफ्नो हृदय खोल्‍दैनस् भने, परमेश्‍वरले तँमा कार्य गर्ने कुनै मार्ग पाउनुहुनेछैन। कोही पनि परमेश्‍वरसँगको बातचितरहित हुन सक्दैन। प्रार्थनाबिना तँ देहमा, शैतानको बन्धनमा रहेर जिउँछस्; साँचो प्रार्थनाबिना तँ अन्धकारको प्रभावमा जिउँछस्।

म आशा गर्दछु कि दाजुभाइ-दिदीबहिनीहरू प्रत्येक र हरेक दिन साँचो प्रार्थनामा संलग्न हुन सक। यो कुरा प्रावधानहरू पछ्याउने बारे होइन, बरु निश्चित परिणाम हासिल गर्ने बारे हो। परमेश्‍वरले मानिसबाट माग गर्नुहुने न्यूनतम कुरा ऊ आफ्नो हृदय उहाँसामु खोल्न सक्षम होस् भन्‍ने हो। यदि मानिसले परमेश्‍वरलाई उसको साँचो हृदय प्रदान गर्छ र उसको हृदयमा वास्तवमा जे छ त्यो बोल्छ भने, परमेश्‍वर उसमा काम गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वरले जे चाहना गर्नुहुन्छ त्यो मानिसको कुटिल हृदय होइन, तर शुद्ध र इमानदार हृदय हो। यदि मानिसले आफ्नो हृदयबाट परमेश्‍वरसँग कुरा गर्दैन भने, उहाँले उसको हृदयलाई प्रेरित गर्नुहुनेछैन वा उसमा काम गर्नुहुनेछैन। तसर्थ, प्रार्थनाको गाठीँ कुरा भनेको परमेश्‍वरलाई तेरा कमजोरी वा विद्रोही स्वभावबारे बताउँदै आफूलाई उहाँसामु पूर्णतः खुला राख्दै तेरो हृदयदेखि परमेश्‍वरसँग कुरा गर्नु हो; तब मात्र परमेश्‍वरले तेरो प्रार्थनामा चासो राख्नुहुनेछ, अन्यथा उहाँले आफ्नो अनुहार तँबाट लुकाउनुहुनेछ।

प्रार्थनाको लागि न्यूनतम मापदण्ड भनेको तैँले आफ्नो हृदयलाई परमेश्‍वरसमक्ष शान्त राख्न सक्षम हुनुपर्छ, र यो, परमेश्‍वरबाट अलग हुनुहुँदैन भन्‍ने हो। यस चरणको अवधिमा, तैँले नयाँ वा उच्च अन्तर्दृष्टि प्राप्त नगर्लास्, तर त्यसबेला तैँले यथास्थिति कायम राख्न प्रार्थनाको उपयोग गर्नैपर्छ— तँ पछाडि हट्नुहुँदैन। तैँले हासिल गर्नुपर्ने सबैभन्दा न्यूनतम कुरा यही हो। तँ आत्मिक जीवनमा प्रवेश गरेको छस् कि छैनस् भन्‍ने कुराको एउटा सङ्केत भनेको तेरा प्रार्थनाहरू सही मार्गमा छन् कि छैनन् भनेर हेर्नु हो। सबै मानिसहरू यस वास्तविकतामा प्रवेश गर्नैपर्छ; उनीहरू सबैले आफैलाई जानाजान प्रार्थनामा तालिम दिने काम गर्नैपर्छ, निष्क्रिय रूपमा पर्खेर होइन, तर जानाजान पवित्र आत्माद्वारा उत्प्रेरित हुन खोजेर। त्यसपछि मात्र उनीहरू साँचो रूपले परमेश्‍वरको खोजी गर्ने मानिसहरू हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्