Christian Dance | भ्रष्ट मानवजातिको दुःखान्त | Praise Song
24 अप्रिल 2025
१
मानिस परमेश्वरलाई पछ्याउँदै यी सबै विभिन्न कालखण्डहरूमा हिँडेको छ,
तैपनि परमेश्वर यावत् थोक र जीवित प्राणीहरूको
नियतिमाथि सार्वभौम हुनुहुन्छ भनी उसले जान्दैन,
न त परमेश्वरले यावत् थोकहरूलाई कसरी योजनाबद्ध र निर्देशन गर्नुहुन्छ भन्ने नै उसले जान्दछ।
यसलाई वर्तमान समयको मानिस अनि अति प्राचीनकालको मानिसले समेत बुझेको छैन।
यसो हुनुको कारण परमेश्वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन,
न त परमेश्वरको योजना साकार हुन बाँकी रहेर नै हो,
तर मानिसको हृदय र आत्मा परमेश्वरबाट अति टाढा भएको कारण हो,
यो यति टाढा छ कि मानिसले परमेश्वरलाई पछ्याउँदा
पनि ऊ शैतानको सेवामा रहन्छ
र उसलाई यो कुरा अझै थाहा छैन।
२
परमेश्वरका कदमहरू र परमेश्वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन,
अनि कोही पनि परमेश्वरको हेरचाह र सुरक्षामा बाँच्न इच्छुक छैन।
बरु, यस संसारसँग र यो दुष्ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग
समायोजित हुनका लागि
तिनीहरू शैतान र दियाबलसहरूको क्षय स्विकार्न इच्छुक हुन्छन्।
यस अवस्थामा, मानिसको हृदय र आत्मा मानिसले शैतानलाई चढाउने भेटी
र शैतानको खाद्य पदार्थ बन्छ।
अझ बढी, मानव हृदय र आत्मा शैतान बस्ने ठाउँ,
साथै त्यसको यथोचित खेल मैदान बनेको छ।
३
मानिसले आफ्ना मानव आचरणका सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइ
थाहा नै नपाइकन गुमाउँछ।
मानिसको हृदयमा परमेश्वरका व्यवस्थाहरू अनि परमेश्वर र मानिस बीचको करार
क्रमिक रूपमा धुमिल्लिँदै जान्छ
र उसले परमेश्वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ।
समय बित्दै जाँदा,
मानिसले परमेश्वरले उसलाई सृष्टि गर्नुको महत्त्वको बुझाइ गुमाउँछ,
न त उसले परमेश्वरको मुखबाट निस्केको वचन
र परमेश्वरबाट आएका सबै कुरा नै बुझ्छ।
त्यसपछि मानिसले परमेश्वरका व्यवस्थाहरू र कानूनहरूको प्रतिरोध गर्न थाल्छ,
अनि उसको हृदय र आत्मा भावशून्य बन्छ…।
परमेश्वरले सुरुमा सृष्टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ,
अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ:
मानवजातिको दुःखान्त यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
अन्य प्रकारका भिडियोहरू