Christian Dance | भ्रष्ट मानवजातिको दुःखान्त | Praise Song
24 अप्रिल 2025
१
मानिस परमेश्वरलाई पछ्याउँदै यी सबै विभिन्न कालखण्डहरूमा हिँडेको छ,
तैपनि परमेश्वर यावत् थोक र जीवित प्राणीहरूको
नियतिमाथि सार्वभौम हुनुहुन्छ भनी उसले जान्दैन,
न त परमेश्वरले यावत् थोकहरूलाई कसरी योजनाबद्ध र निर्देशन गर्नुहुन्छ भन्ने नै उसले जान्दछ।
यसलाई वर्तमान समयको मानिस अनि अति प्राचीनकालको मानिसले समेत बुझेको छैन।
यसो हुनुको कारण परमेश्वरका कार्यहरू अत्यन्त अदृश्य भएर होइन,
न त परमेश्वरको योजना साकार हुन बाँकी रहेर नै हो,
तर मानिसको हृदय र आत्मा परमेश्वरबाट अति टाढा भएको कारण हो,
यो यति टाढा छ कि मानिसले परमेश्वरलाई पछ्याउँदा
पनि ऊ शैतानको सेवामा रहन्छ
र उसलाई यो कुरा अझै थाहा छैन।
२
परमेश्वरका कदमहरू र परमेश्वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन,
अनि कोही पनि परमेश्वरको हेरचाह र सुरक्षामा बाँच्न इच्छुक छैन।
बरु, यस संसारसँग र यो दुष्ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग
समायोजित हुनका लागि
तिनीहरू शैतान र दियाबलसहरूको क्षय स्विकार्न इच्छुक हुन्छन्।
यस अवस्थामा, मानिसको हृदय र आत्मा मानिसले शैतानलाई चढाउने भेटी
र शैतानको खाद्य पदार्थ बन्छ।
अझ बढी, मानव हृदय र आत्मा शैतान बस्ने ठाउँ,
साथै त्यसको यथोचित खेल मैदान बनेको छ।
३
मानिसले आफ्ना मानव आचरणका सिद्धान्तहरूका साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइ
थाहा नै नपाइकन गुमाउँछ।
मानिसको हृदयमा परमेश्वरका व्यवस्थाहरू अनि परमेश्वर र मानिस बीचको करार
क्रमिक रूपमा धुमिल्लिँदै जान्छ
र उसले परमेश्वरलाई खोज्न वा उहाँको ख्याल गर्न छोड्छ।
समय बित्दै जाँदा,
मानिसले परमेश्वरले उसलाई सृष्टि गर्नुको महत्त्वको बुझाइ गुमाउँछ,
न त उसले परमेश्वरको मुखबाट निस्केको वचन
र परमेश्वरबाट आएका सबै कुरा नै बुझ्छ।
त्यसपछि मानिसले परमेश्वरका व्यवस्थाहरू र कानूनहरूको प्रतिरोध गर्न थाल्छ,
अनि उसको हृदय र आत्मा भावशून्य बन्छ…।
परमेश्वरले सुरुमा सृष्टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ,
अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ:
मानवजातिको दुःखान्त यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू