Christian Choir Song | विजेताहरूको गीत

22 जुन 2025

मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरू, तिमीहरूमध्ये को चाहिँ मानव जातिको सदस्य होइनौ? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुसार्वजनिक गरिन्छ, तब मानिसहरूले कसरी प्रतिक्रिया दिनेछन्? तिमीहरूले आफ्‍नै आँखाले मानव संसारको स्थिति देखेका छौ; के तिमीहरूले यस संसारमा सदासर्वदा जिउने सोचलाई अझै हटाएका छैनौ? के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्‌हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्‍नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्‍नेछौ।

म अहिले मेरा मानिसहरूमाझ यत्रतत्र हिँडडुल गरिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम राख्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य हुन् मप्रति समर्पित हुनेहरू, तिनीहरू मेरो राज्यमा अवश्यै रहनेछन्। धन्य हुन् मलाई चिन्‍नेहरू, तिनीहरूले मेरो राज्यमा अवश्यै शक्ति हातमा राख्नेछन्। धन्य हुन् मलाई पछ्याउनेहरू, तिनीहरू अवश्यै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य हुन् आफूविरुद्ध विद्रोह गर्न सक्नेहरू, तिनीहरू मद्वारा अवश्यै ओगटिनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्‌हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्‍नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्‍नेछौ।

मेरा लागि दौडधुप गर्नेहरूलाई म सम्‍झनेछु, मप्रति आफूलाई समर्पित गर्नेहरूलाई म स्विकार्नेछु, र ममा आफूलाई अर्पण गर्नेहरूलाई म आनन्दका लागि चिजहरू प्रदान गर्नेछु। मेरा वचनहरूको आनन्द उठाउनेहरूलाई म आशिष् दिनेछु; तिनीहरू अवश्यै मेरो राज्यका धुरीहरू अड्याउने खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्यै अतुलनीय प्रशस्तता उपभोग गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्‌हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्‍नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा दश हजारौँ मानिसमाझ अवश्यै उभिनेछौ। सिनिमको भूमिमा तिमीहरू अवश्यै दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूका कारण, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभरि मेरो महिमाको ज्योतिलाई अवश्यै चम्काउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १९

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्