Christian Dance | हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ | Praise Song

28 जुन 2024

हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ,

हामी जति धेरै गाउँछौँ, भावना त्यति धेरै मीठो हुन्छ।

हामी परमेश्‍वरको देहधारणको, हामी उहाँको सिंहासनसामु उचालिएको गीत गाउँछौँ।

हामी तीतो तृष्णा गर्दै, अब स्वर्गतर्फ हेर्दैनौँ

किनकि सर्वशक्तिमान् परमेश्‍वर हामीसँग आमनेसामने हुनुहुन्छ।

उहाँ हामीलाई गोठालो गर्न सत्यता व्यक्त गर्नुहुन्छ,

उहाँ हाम्रो छेउमै हुनुहुन्छ, अत्यन्तै साँचो र वास्तविक।

हामी हरेक दिन परमेश्‍वरका वचनहरूको आनन्द उठाउँछौँ,

सत्यता बुझ्दा निकै मीठो महसुस हुन्छ।

परमेश्‍वरको प्रेमिलो मुहार देख्दा, हाम्रो हृदय उहाँका लागि प्रेमले भरिन्छ।

हामी प्रशंसामा गाउँछौ र नाच्छौँ, हामी उहाँको प्रेमिलो स्वभावबारे पुग्ने गरी भन्नै सक्दैनौँ।

हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ,

सर्वशक्तिमान् परमेश्‍वर प्रशंसाको निकै योग्य हुनुहुन्छ!

हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ,

हामी जति धेरै गाउँछौँ, भावना त्यति धेरै मीठो हुन्छ।

हामी परमेश्‍वरले उहाँको धर्मी न्याय ल्याउनुभएको बारे,

उहाँका वचनहरूले हामीलाई धोएको र मुक्ति दिएको बारे गाउँछौँ।

परमेश्‍वरका वचनहरूले मानवजातिको भ्रष्टताको तथ्य देखाउँदै,

मानिसको शैतानी प्रकृति प्रकट गर्छन्।

तिनले हाम्रो शैतानी स्वभावहरूलाई शुद्ध गरेर हामीलाई नयाँ मानिसमा परिणत गर्छन्।

हामीले शैतानको प्रभावलाई फालेका छौँ,

र परमेश्‍वरको प्रेम अत्यन्तै साँचो छ भनेर देखेका छौँ।

परमेश्‍वरको धार्मिकता र पवित्रता अत्यन्तै प्रेमिलो छ,

हामी उहाँलाई पर्याप्त प्रेम गर्न सक्दैनौँ।

हामी आफ्ना भावनालाई सम्हाल्न नसकी परमेश्‍वरको प्रशंसा गर्छौँ,

हामी र परमेश्‍वरबिच केही पनि आउन सक्दैन।

हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ,

सर्वशक्तिमान् परमेश्‍वर प्रशंसाको निकै योग्य हुनुहुन्छ!

हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ,

हामी जति धेरै गाउँछौँ, भावना त्यति धेरै मीठो हुन्छ।

राज्यको जीवनमा परमेश्‍वरको वचनले शासन गर्छ,

हामी ज्योतिभित्र जिउँछौँ।

सत्यता प्राप्त गर्नु निकै स्वच्छन्द हुन्छ,

हामी हृदयसाथ, इमान्दारीतासाथ परमेश्‍वरको आराधना गर्छौँ,

हामी परमेश्‍वरका विश्‍वासपात्र बन्छौँ,

हामी वफादार भई सेवा गर्छौँ र उहाँका लागि बोझ बोक्छौँ।

हामी पूरा हृदयसाथ आफ्नो कर्तव्य निर्वाह गर्छौँ,

परमेश्‍वरलाई प्रेम गर्ने बाटोमा सधैँ अघि बढ्छौँ।

अब हामी परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन सक्छौँ,

उहाँका लागि जिउनु सबैभन्दा ठूलो खुसी हो।

सर्वशक्तिमान् परमेश्‍वर, हामी तपाईँको प्रशंसा गर्छौँ,

हामी अनन्तसम्म तपाईँको आराधना गर्नेछौँ!

हामी परमेश्‍वरप्रतिको प्रेमका गीतहरू गाउन रोक्न सक्दैनौँ,

सर्वशक्तिमान् परमेश्‍वर प्रशंसाको निकै योग्य हुनुहुन्छ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्