Christian Dance | परमेश्‍वरको प्रशंसामा गाऔँ र नाचौँ | Praise Song

12 मार्च 2025

आखिरी दिनहरूको ख्रीष्ट काम गर्न र मानिसलाई मुक्ति दिन देखा पर्नुभएको छ।

उहाँका वचनले मलजल र मार्गदर्शन दिन्छन्, जसद्वारा परमेश्‍वरको प्रेम प्रकाश हुन्छ।

परमेश्‍वरका वचनमा न्यानोपन र शक्ति छन्, तिनले मेरो हृदय विजय गर्छन्।

म परमेश्‍वरका वचन खान्छु-पिउँछु, तिनको आनन्द उठाउँछु, र भोजमा सहभागी हुन्छु।

परमेश्‍वरका वचन खान-पिन गरेर, मनन र सङ्गति गरेर,

म पवित्र आत्माद्वारा अन्तर्दृष्टि पाउँछु र सत्यता बुझ्न पुग्छु।

सांसारिक बन्धन फाल्छु र कर्तव्य पूरा गर्न थाल्छु।

परमेश्‍वरको राज्यमा पस्नु ठुलो आशिष् हो!

परमेश्‍वरको प्रशंसामा गाऔँ र नाचौँ, परमेश्‍वरको प्रशंसा गरौँ।

जीवनको मार्गमा डोऱ्याउनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिन्छौँ।

हर दिन परमेश्‍वरका वचनको आनन्द उठाउँछौ, र उहाँको उपस्थितिमा जिउँछौँ।

परमेश्‍वरको धार्मिकताको प्रशंसा गर्न र गवाही दिन कहिल्यै छोड्नेछैनौँ!

परमेश्‍वरका वचन मेरो प्रकृति उदाङ्गो पार्ने धारिलो तरबार झैँ छन्।

मेरो अहङ्कार, आत्म-धार्मिकता, छल ज्योतिमा खुलासा हुन्छन्।

न्याय र सजाय अनुभव गरेर, म आफैलाई चिन्न पुग्छु।

मेरो भ्रष्ट स्वभाव पखालिन्छ, र म नयाँ व्यक्ति बन्छु।

हामी एक-अर्कासँग सामञ्जस्यसाथ काम गर्छौँ, र आफ्ना कर्तव्य पूरा गर्छौँ।

असफल हुन्छौँ, लड्छौँ र सत्यता खोजी गर्छौँ।

परमेश्‍वरका वचनको सत्यता निकै बहुमूल्य छ, र त्यसले हामीलाई पखाल्छ।

शैतानको प्रभावबाट उम्केर, हामीले परमेश्‍वरको अनुमोदन पाउँछौँ।

परमेश्‍वरको प्रशंसामा गाऔँ र नाचौँ, परमेश्‍वरको प्रशंसा गरौँ।

जीवनको मार्गमा डोऱ्याउनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिन्छौँ।

हर दिन परमेश्‍वरका वचनको आनन्द उठाउँछौ, र उहाँको उपस्थितिमा जिउँछौँ।

परमेश्‍वरको धार्मिकताको प्रशंसा गर्न र गवाही दिन कहिल्यै छोड्नेछैनौँ!

ख्रीष्ट सत्य हुनुहुन्छ भन्ने निश्चित भई, अटुट सङ्कल्पसाथ उहाँलाई पछ्याउँछौँ।

परमेश्‍वरको गवाही दिन हाम्रो मिसन वहन गर्छौँ,

उहाँलाई बफादारी अर्पण गर्छौँ।

कुनै उपहास वा बदनामीले हामीलाई पछाडि फर्काउन सक्दैन।

उहाँलाई सन्तुष्ट पार्न कर्तव्य पूरा गर्छौँ, उहाँको महिमा सर्वप्रथम आउँछ।

शैतानको पक्राउ सामना गर्दा भयले झुक्नेछैनौँ।

निकै सतावट भोगे नि, मृत्युसम्मै बफादार रहनेछौँ।

परीक्षा र सङ्कष्टमार्फत, परमेश्‍वरप्रतिको हाम्रो प्रेम बलियो हुन्छ।

ठूलो रातो अजिङ्गरविरुद्ध पूर्णतः विद्रोह गर्छौँ

र जोरदार गवाही दिन्छौँ।

परमेश्‍वरको प्रशंसामा गाऔँ र नाचौँ, परमेश्‍वरको प्रशंसा गरौँ।

जीवनको मार्गमा डोऱ्याउनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिन्छौँ।

हर दिन परमेश्‍वरका वचनको आनन्द उठाउँछौ, र उहाँको उपस्थितिमा जिउँछौँ।

परमेश्‍वरको धार्मिकताको प्रशंसा गर्न र गवाही दिन कहिल्यै छोड्नेछैनौँ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्