Nepali Christian Song | परमेश्‍वरका निष्कपट अनुयायीहरू परीक्षाहरूमा दृढ रहन सक्छन्

9 अप्रिल 2026

मानिसलाई राज्यको युगमा पूरा रूपमा पूर्ण पारिनेछ। विजयको कामपछि, मानिसले शोधन र सङ्कष्ट भोग्नेछ। यो सङ्कष्ट दौरान विजय गर्न सक्‍ने र आफ्नो गवाहीमा दृढ रहन सक्‍नेहरू नै अन्ततः पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्ट दौरान, मानिसबाट यो शोधन स्वीकार गर्ने माग गरिन्छ, र यो शोधन परमेश्‍वरको कामको अन्तिम घटना हो। परमेश्‍वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्‍वरलाई पछ्याउने सबैले यो अन्तिम जाँच स्वीकार गर्नैपर्छ र तिनीहरूले यो अन्तिम शोधन स्वीकार गर्नैपर्छ।

सङ्कष्टहरूको माझमा हुनेहरू पवित्र आत्माको काम र परमेश्‍वरको मार्गदर्शनविहीन हुन्छन्, तर साँच्चै विजय गरिएकाहरू र परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू अन्ततः दृढ रहनेछन्; तिनीहरू मानवता भएकाहरू, र परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू हुन्। परमेश्‍वरले चाहे जे गर्नुभए पनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुनेछैन र तिनीहरूले आफ्‍नो गवाहीमा असफल नभइकन अझै सत्यता अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। परमेश्‍वरलाई साँच्चै पछ्याउनेहरू आफ्‍नो कामको जाँच खप्न सक्‍नेहरू हुन्, जबकि परमेश्‍वरलाई साँच्चै नपछ्याउनेहरू परमेश्‍वरको कुनै पनि परीक्षाहरू खप्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरू निष्कासित हुनेछन्, जबकि विजेताहरू राज्यमा नै रहनेछन्।

मानिसले परमेश्‍वरलाई साँच्चै खोजी गर्छ कि गर्दैन भन्‍ने कुरा उसको काम जाँचेर, अर्थात्, परमेश्‍वरका परीक्षाहरूद्वारा मात्रै निर्धारित हुन सक्छ, र मानिस स्वयमले निकाल्ने निष्कर्षसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्‍न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउन सक्छ। उहाँ मानिसलाई अदृश्य हुने कुनै पनि कुरा, वा मानिसलाई विश्‍वस्त तुल्याउन नसक्‍ने कुनै पनि काम गर्नुहुन्‍न। मानिसको आस्था साँचो हो कि होइन भन्‍ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र यो मानिसद्वारा निर्धारण गर्न सकिँदैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन, र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्‍ने कुरामा कुनै शङ्‍का छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू सबै अन्ततः राज्यमा नै रहनेछन् र उहाँलाई साँच्चै प्रेम गर्ने कसैलाई पनि परमेश्‍वरले नराम्रो व्यवहार गर्नुहुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्