Chinese Christian Song | परमेश्‍वर देखा पर्नुको महत्त्व

16 सेप्टेम्बर 2020

परमेश्‍वर देखा पर्नुले उहाँ स्वयम्को व्यक्तित्वमा उहाँको

काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई संकेत गर्दछ।

उहाँको आफ्नै पहिचान र स्वभावको साथमा,

र उहाँलाई सहज हुने मार्गमा,

उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ।

यस्तो प्रकारले देखा पर्नु चाहिँ एक प्रकारको समारोह होइन।

यो चिन्ह, तस्विर,

अचम्मको काम, अथवा कुनै किसिमको ठूलो दर्शन,

र अझ कम यो कुनै प्रकारको धार्मिक प्रक्रिया होइन।

यो जो-कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो।

यस्तो प्रकारले देखा पर्नु चाहिँ गतिहरूको माध्यमबाट पार हुनको लागि

अथवा कुनै छोटो समयको उपक्रमको निम्ति होइन;

बरु, यो उहाँको व्यवस्थापन योजनाको कामको चरणको निम्ति हो।

परमेश्‍वर देखा पर्ने घटना जहिले पनि अर्थपूर्ण हुन्छ

र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध वहन गर्दछ।

यहाँ भनिएको “देखा पर्नु” त्यो “देखा पर्नु” भन्दा पूर्ण रूपले भिन्न छ

जसमा परमेश्‍वरले मानिसलाई अगुवाई गर्नुहुन्छ, डोर्याउनुहुन्छ र ज्योति दिनुहुन्छ।

प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्‍वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ।

यो कार्य चाहिँ अरू कुनै युगको भन्दा भिन्न छ।

यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन।

यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो,

र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र सुधारिएको रूप हो;

अझ बढी, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो।

परमेश्‍वर देखा पर्नुले यही कुरालाई दर्साउँछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्