Nepali Christian Song | परमेश्‍वरका विश्‍वासीहरूले उहाँको आजका अभिप्रायहरू खोज्नुपर्छ

15 जुलाई 2025

धेरै मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको साँचो मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, कामकुराहरू के यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कामको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कामको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र तैँले यसद्वारा परमेश्‍वरको कामका उद्देश्यहरू बुझ्न सक्दैनस्।

यसले व्यवस्थाको युग र अनुग्रहको युगको अवधिमा परमेश्‍वरको कामका दुई चरणहरू अभिलेख गर्छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्म यहोवाले कसरी काम गर्नुभयो भन्ने कुरा अभिलेख गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका काम अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूमा छन्, र यसले पावलको काम पनि अभिलेख गर्छ। के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वरको खोजी गर्नुको अर्थ के हो तँलाई थाहा छैन।

यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले सम्पूर्ण स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने, तैँले जीवन र परमेश्‍वरको ज्ञान पछ्याउने, र मृत शब्द र धर्मसिद्धान्तहरू वा इतिहासको बुझाइ नपछ्याउने हुनाले, तैँले परमेश्‍वरको आजका अभिप्रायहरू, र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद्‌ होस् भने तैँले बाइबल पढ्न सक्‍नेथिइस्—तर तँ पुरातत्वविद्‌ होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्‍वरका आजका अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्