Christian Praise Song | म परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर्न चाहन्छु

30 अप्रिल 2021

तपाईंले व्यक्त गर्नुभएका सबै सत्यताबाट, मैले यो देखेको छु कि परमेश्‍वर प्रेम हुनुहुन्छ।

मेरो प्रेमिलो प्रिय, म तपाईंसँग बस्न चाहन्छु।

म सधैँ यही चाहन्छु, कि हामी बीच दूरी नहोस्, अनि म तपाईंको नजिक ढल्कन चाहन्छु।

म सधैँ तपाईंको इच्छालाई वास्ता गर्न चाहन्छु, र तपाईंसँग एक हृदयको र घनिष्ठ हुन चाहन्छु।

मैले पहिलो चोटि तपाईंको सोर सुनेदेखि नै जीवनभरि मैले तपाईंलाई भुल्न सकेको छैन।

तपाईंको सोर कति राम्रो सुनिन्छ र तपाईंका वचनहरू प्रतापी र शक्तिशाली छन्।

तपाईंले बोल्नुहुने हरेक शब्द सत्यता हो, र मलाई मेरो जीवनमा चाहिएका कुरा तिनै हुन्।

तपाईंका वचनहरूले मेरो हृदयलाई आकर्षित गरेका छन्, तपाईंको पछि लाग्न मैले सबै कुरा त्यागेको छु।

तपाईंका वचनहरू सत्य हुन् भनी मैले बुझेको छु, तपाईंको स्वभाव अति आदरणीय भन्‍ने मैले देखेको छु।

तपाईंको पवित्र प्रेमले प्रशंसा जगाउँछ, तपाईंको धार्मिकताले प्रशंसा पाउँछ।

म भ्रष्ट स्वभावले भरिएको छु,

म तपाईंलाई प्रेम गर्न चाहन्छु तर म आफैलाई नियन्त्रण गर्न सक्दिनँ।

न्याय, परीक्षाहरू र शोधनबाट गुज्रेर, मैले तपाईंका दयालु अभिप्रायहरूलाई बुझेको छु।

मैले दुःख भोग्दा तपाईंका वचनहरूले मलाई सान्त्वना दिन्छन्;

म असफल हुँदा र डगमगाउँदा तपाईं मलाई सहायता गर्नुहुन्छ।

तपाईंले मलाई कहिल्यै छोड्नुभएको छैन,

तपाईं सधैँ चुपचाप मलाई वास्ता गर्नुहुन्छ र मलाई रक्षा गर्नुहन्छ।

तपाईंले भन्नुहुने र गर्नुहुने सबै कुरा प्रेम हो, ती सब मलाई शुद्ध पार्न र बचाउनलाई हो।

म तपाईंको प्रेममा रहेर, मेरो कर्तव्य पूरा गर्दछु।

म तपाईंलाई प्रेम गर्न खोज्छु, फेरि कहिल्यै सङ्कोच मान्दिनँ।

तपाईंको प्रेम कसैले बुझ्न नसक्ने गरी गहिरो छ, तपाईं मानिसको प्रेमको अति योग्य हुनुहुन्छ।

म तपाईंलाई अत्यन्तै नजिकबाट पछ्याउँछु, म तपाईंको प्रेमको गवाही मात्र दिन चाहन्छु।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्