Nepali Christian Song | ख्रीष्टसँग अनुकूलताको मार्ग खोज

6 जुन 2026

यहुदी फरिसीहरूले येशूलाई पुरानो करारको व्यवस्था नपछ्याएको र मसीह नभएको आरोप लगाए; तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ख्रीष्ट सत्यता व्यक्त गर्न आउनुभएको छ, तैपनि आज मानिसले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्नका लागि उहाँलाई बरु यस संसारबाट निष्कासित गर्नेथ्यो। बाइबलका हितहरूको सुरक्षा गर्न, उसले बरु सत्यताको आगमनलाई पूर्णतः इन्कार गर्नेथ्यो; उसले बरु देहमा फर्कनुभएको ख्रीष्टलाई फेरि क्रूसमा टाँग्नेथ्यो। मप्रति उसको हृदय यति द्वेषपूर्ण र उसको प्रकृति यति शत्रुवत् हुँदा, उसले कसरी मेरो मुक्ति प्राप्त गर्न सक्छ?

म मानिसमाझ जिउँछु, तैपनि मानिसले मेरो अस्तित्वबारे जान्दैन। मैले मानिसमाथि मेरो ज्योति चम्काउँदा पनि, ऊ मेरो अस्तित्वबारे अझै अनभिज्ञ नै रहन्छ। जब मैले मानिसमाथि मेरो क्रोध बर्साउँछु, उसले मेरो अस्तित्वलाई अझ बढी इन्कार गर्छ। मानिस अक्षरहरू र बाइबलसँग मिल्न खोज्छ, तैपनि सत्यतासँग मिल्ने मार्गलाई खोज्‍न एक जना पनि मेरोसामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र त्यहाँ रहेको मेरो अस्तित्वको चिन्ता गर्छ, तैपनि देहमा हुने मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसमाझ जिउने म अत्यन्तै महत्त्वहीन छु।

बाइबलका अक्षरहरू र अस्पष्ट ईश्‍वरसँग मात्रै मिल्न खोज्नेहरू मेरो नजरमा नीच हुन्। किनभने तिनीहरूले आराधना गर्ने मृत अक्षरहरू, र तिनीहरूलाई असीमित खजाना दिन सक्ने ईश्‍वर हो; तिनीहरूले आराधना गर्ने मानिसका कृपामा रहेको एक अस्तित्वहीन ईश्‍वर हो। तब, त्यस्ता मानिसले मबाट के प्राप्त गर्न सक्छन्? शब्दहरूद्वारा वर्णन गरिनका निम्ति मानिस निकै नीच छ। जो मेरो विरुद्धमा छन्, जो मबाट असीमित मागहरू गर्छन्, जोसँग सत्यताका निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मसँग मिल्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्