Nepali Christian Song 2022 | परमेश्‍वरका पाइलाहरू कसरी खोज्ने | with lyrics

10 जनवरी 2022

पद १

परमेश्‍वरका पाइला खोज्दा बेवास्ता गर्यौ यी वचन,

कि “उहाँ सत्य, मार्ग र जीवन हुनुहुन्छ”।

धेरैले सत्य पाएपनि उहाँका पाइला भेट्टिएको मान्दैनन्,

उहाँ देखा पर्नुभएको स्वीकार्दैनन्,

तिनले गम्भीर भूल गर्छन्।

उहाँ देखा पर्नुभएको कुरा मानिसका

धारणा, इच्छासँग मिल्न सक्तैन।

काममा उहाँका आफ्नै छनोट, लक्ष्य र योजना हुन्छन्।

कोरस

हामीले उहाँका पाइला खोजीरहेकाले,

उहाँका वचन र इच्छा पनि खोज्नु पर्छ।

जहाँ उहाँका नयाँ वचन, त्यहाँ उहाँको आवाज;

जहाँ उहाँका पाइला, त्यहाँ उहाँका काम;

जहाँ उहाँका अभिव्यक्ति, त्यहाँ उहाँ देखा पर्नुहुन्छ;

जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्य, मार्ग र जीवन।

पद २

उहाँलाई आफ्नो कामबारे कसैलाई सूचित वा छलफल गर्न पर्दैन।

अब सबैले चिन्नु पर्ने उहाँको स्वभाव हो यो।

उहाँ देखा पर्नुभएको हेर्न, उहाँका पाइला पछ्याउन

पहिला आफ्नो धारणा पन्छाऊ।

उहाँले यो गर्नुपर्छ भन्ने माग नराख,

तिम्रो धारणाले उहाँलाई सीमित नगर।

ब्रिज

कसरी उहाँका पाइला भेट्टाउन सकिन्छ भनी खोज्नु पर्छ,

उहाँ देखा पर्नुभएको स्वीकार्नुपर्छ, नयाँ काम पालन गर्नुपर्छ।

न मानिस सत्यता हो, न ऊभित्र सत्यता छ

त्यसैले उसले खोजी, स्वीकार र पालन गर्नु पर्छ।

कोरस

हामीले उहाँका पाइला खोजीरहेकाले,

उहाँका वचन र इच्छा पनि खोज्नु पर्छ।

जहाँ उहाँका नयाँ वचन, त्यहाँ उहाँको आवाज;

जहाँ उहाँका पाइला, त्यहाँ उहाँका काम;

जहाँ उहाँका अभिव्यक्ति, त्यहाँ उहाँ देखा पर्नुहुन्छ;

जहाँ उहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्य, मार्ग र जीवन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्