Nepali Christian Song | परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँलाई ढुक्क बनाउने व्यक्ति बन

14 अप्रिल 2026

तिमीहरूको बफादारी, साथै तिमीहरूको निष्कपटता अस्थायी मात्र हो भन्‍ने मलाई थाहा छ। के तिमीहरूको सङ्कल्प र तिमीहरूले चुकाउने मूल्य भविष्यका खातिर नभई वर्तमान क्षणका खातिर मात्र होइन र? केवल एउटा सुन्दर गन्तव्यतर्फ लागिपर्नका निम्ति तिमीहरू एउटा अन्तिम प्रयास लगाउन मात्र चाहन्छौ; तिमीहरूको एकमात्र उद्देश्य लेनदेन गर्नु हो। तिमीहरू सत्यताप्रति ऋणी हुनबाट जोगिन यो प्रयास गर्दैनौ, मलाई मैले चुकाएको मूल्य चुक्ता गर्नका खातिर त झनै गर्दैनौ। संक्षिप्तमा, आफूले चाहेको कुरा प्राप्त गर्न तिमीहरू चलाख रणनीतिहरू प्रयोग गर्न मात्र इच्छुक छौ, तर त्यसका निम्ति खुला लडाइँ लड्दैनौ। के यी तिमीहरूका सबैभन्दा भित्री सोचहरू होइनन् र? तिमीहरूले आफ्नो भेष बदल्नुहुँदैन, न त दिनमा खान र पिउन मन नलाग्ने, र रातमा शान्तिपूर्वक सुत्न नसक्ने बिन्दुसम्म आफ्ना गन्तव्यबारे दिमाग नै खियाउनुपर्छ। अन्तिममा तिमीहरूको परिणाम निर्धारित भइसकेको हुनेछ भन्‍ने कुरा के साँचो होइन र?

तिमीहरू हरेकले खुला र इमानदार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र जस्तोसुकै आवश्यक मूल्य चुकाउन इच्छुक हुनुपर्छ। तिमीहरूले भने जस्तै, जब त्यो दिन आउँछ, परमेश्वरका निम्ति कष्ट भोगेका र मूल्य चुकाएका कसैलाई पनि परमेश्‍वरले अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन। यस्तो प्रकारको दृढ निश्‍चय पक्रिरहन लायकको छ, अनि तिमीहरूले यो कहिल्यै बिर्सनु हुँदैन भन्‍ने कुरा सही हो। यसरी मात्रै तिमीहरूबारे मेरो मनलाई म ढुक्क बनाउन सक्छु। नत्र, तिमीहरू सधैँभरि यस्ता मानिसहरू हुनेछौ जसका बारेमा म मेरो मनलाई ढुक्क बनाउन सक्दिनँ, अनि तिमीहरू सदा मेरो अरुचिका पात्रहरू हुनेछौ। यदि तिमीहरू सबै आफ्नो विवेकलाई पछ्याउन सक्छौ र मेरा निम्ति आफ्नो सबै दिन सक्छौ, मेरो कामका निम्ति कुनै प्रयास बाँकी राख्दैनौ, अनि मेरो सुसमाचारको कामका निम्ति जीवनभरिको शक्ति अर्पण गर्छौ भने, के मेरो हृदय तिमीहरूका खातिर प्रायः हर्षले उफ्रने छैन र? यसरी, के मैले मेरो मनलाई तिमीहरूका सम्बन्धमा पूर्ण रूपले ढुक्क बनाउन सक्नेछैनँ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्