Nepali Christian Movie | परमेश्‍वरमाथिको विश्‍वास ३ – दास हुन नचाहनेहरू, उठ

18 मे 2025

थ्री-सेल्फ मण्डलीका कर्मचारी मेङ्ग चाङ्गलिनले सुरुमा थ्री-सेल्फ चर्चमा रहेर प्रभुमा विश्‍वास गर्दा त्यसले उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको सतावटबाट बचाउँछ भन्‍ने ठानेका थिए। तैपनि, क्षी जिन्पिङ्ग शक्तिमा आएपछि, चिनियाँ कम्युनिस्ट पार्टीले धार्मिक विश्‍वासप्रतिको यसको सतावटलाई निकै बढाउँछ, र सरकारले संचालन गरेको थ्री-सेल्फ मण्डलीले समेत दमन र सतावटको सामना गर्छ; तिनीहरूका धेरै वटा क्रूसहरूलाई ढालिन्छ र मण्डलीहरूलाई भत्काइन्छ, अनि चिनियाँ कम्युनिस्ट पार्टीले मण्डलीहरूलाई राष्ट्रिय झण्डा फहराउन र राष्ट्रिय गान गाउन, अनि प्रमुख क्षीको फोटो राख्‍न बाध्य गर्छ…। चिनियाँ कम्युनिस्ट पार्टीको यो सतावटको सामना गर्दा, उनका पाष्टरले विश्‍वासीहरूलाई परमेश्‍वरको खोजी गर्न प्रार्थनामा डोर्याउँदैनन्, बरु सबै कुरामा चिनियाँ कम्युनिस्ट पार्टीकै कुरा मान्छन्। यो पूर्णरूपमा प्रभुको मार्गबाट बाहिरको कुरा हो, र तिनीहरू दियाबलसहरूका राजा शैतानका दास बन्‍न पुगेका छन् भन्‍ने मेङ्ग चाङ्गलिनलाई लाग्छ। उनले आफ्‍ना पाष्टरलाई थ्री-सेल्फ मण्डली त्यागेर घर-मण्डलीको मार्ग अपनाउन अनुरोध गर्छन्, तर उनका पाष्टरले उनलाई हप्काउँछन् र उनलाई रोक्‍छन्। ठीक यही बेला, उनले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका एक जना इसाई, जियाङ्ग झिहेङ्गलाई भेट्छन्। खोजी र सङ्गतिद्वारा, मेङ्ग चाङ्गलिनले थ्री-सेल्फ नीति धार्मिक विश्‍वासलाई पूर्णरूपमा मेटाउनका लागि समय निकाल्‍ने चिनियाँ कम्युनिस्ट पार्टीको रणनीति मात्रै हो भन्‍ने कुरालाई अझै स्पष्ट रूपमा बुझ्छन्; जब पाष्टर र एल्डरहरूले विश्‍वासीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको आज्ञापालन गर्न लगाउँछन्, तब उनले तिनीहरूले परमेश्‍वरलाई विरोध गर्ने र धोका दिने गरिरहेका छन्, र तिनीहरू सबै शैतानको सेवा गर्ने झूटा गोठालोहरू हुन् भन्‍ने कुरालाई देख्छन्। यसको साथै, मेङ्ग चाङ्गलिनले प्रभुमा विश्‍वास गर्दा आउने सतावट र कष्टलाई अनुभव गर्नुको महत्त्वलाई बुझ्छन्, र चिनियाँ कम्युनिस्ट पार्टीको शैतानी शासनमा परमेश्‍वरलाई पछ्याउनका लागि आफ्‍नो ज्यान खतरामा पार्नुपर्छ भन्‍ने कुरा देख्छन्। उनले के बुझ्छन् भने, परमेश्‍वरमा विश्‍वास गर्नका लागि परमेश्‍वरका वचनहरू सुन्‍ने र परमेश्‍वरको आज्ञापालन गर्ने कार्य समावेश हुन्छ, र कसैले पनि परमेश्‍वरको सट्टा मानिसहरूको कुरा सुन्‍ने वा आज्ञापालन गर्ने गर्नु हुँदैन। खोजी र अनुसन्धानद्वारा, मेङ्ग चाङ्गलिन र अरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सबै सत्यता हुन्, र परमेश्‍वरको आवाज हुन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने देख्छन्। तिनीहरू आनन्दित हुन्छन्, र अन्त्यमा चिनियाँ कम्युनिस्ट पार्टीको शैतानी शासन र धार्मिक संसारका झूटा गोठालाहरू र ख्रीष्ट-विरोधीहरूको बन्धन र बाधाहरूबाट मुक्त हुन्छन्। तिनीहरू परमेश्‍वरको सिंहासन अघि फर्केर आउँछन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्