Nepali Christian Song|परमेश्‍वरले उहाँको मानव सृष्टिको अर्थलाई पुनर्स्थापित गर्नुहुनेछ | with lyrics

15 अप्रिल 2022

पद १

परमेश्‍वरले मानव सृष्टि गर्नुभई पृथ्वीमा राख्नुभयो,

र तिनलाई डोऱ्याउनुभयो।

तिनलाई मुक्ति दिनुभयो, पापबलिको रूपमा सेवा गर्नुभयो।

अन्त्यमा उहाँले मानवलाई अझै विजय गर्नैपर्छ,

पद २

पूर्णतः मुक्ति दिनैपर्छ,

र तिनको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नैपर्छ।

यही कार्यमा उहाँ सुरूदेखि संलग्न हुनुहुन्छ—

मानवलाई मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुहुँदै।

कोरस १

आफ्नो राज्य स्थापना गर्नुहुनेछ

र मानवको मौलिक स्वरूप

पुनर्स्थापना गर्नुहुनेछ,

मतलब पृथ्वी र सबै सृष्टिमा

आफ्नो अख्तियार पुनर्स्थापना गर्नुहुनेछ।

पद ३

भ्रष्ट तुल्याइएपछि, मानिसले परमेश्‍वरको डर मान्ने हृदय र

उहाँका प्राणीको अनिवार्य कार्य गुमायो।

यसरी उहाँको अनाज्ञाकारी शत्रु बन्यो।

पद ४

मानव अनि शैतानको राज्यक्षेत्रमा बाँच्यो

र शैतानकै आज्ञा पछ्यायो, शैतानकै आज्ञा पछ्यायो,

यसरी उहाँसँग आफ्नो सृष्टि माझ काम गर्ने कुनै तरिका थिएन,

र तिनको डरपूर्ण आदर जित्न असमर्थ हुनुभयो।

कोरस २

उहाँबाटै सृजित मानवले उहाँको आराधना गर्नैपर्छ,

उहाँको आराधना गर्नेपर्छ,

तर उहाँतिर पिठ्यूँ फर्काएर शैतानको आराधना गरे।

शैतान तिनले पुज्ने वस्तु बन्यो।

यसरी उहाँले मानव हृदयमा आफ्नो स्थान गुमाउनुभयो,

मतलब मानव सृष्टि गर्नुको अर्थ गुमाउनुभयो।

त्यसैले त्यो अर्थ पुनर्स्थापना गर्न उहाँले

तिनको मौलिक स्वरूप पुनर्स्थापना गर्नैपर्छ र

तिनका भ्रष्ट स्वभावबाट मुक्त गर्नैपर्छ।

ब्रिज

मानवलाई शैतानबाट पुनः दाबी गर्न तिनलाई पापबाट मुक्ति दिनैपर्छ।

यसरी मात्रै उहाँले बिस्तारै तिनको मौलिक स्वरूप र कार्य र अन्तमा उहाँको राज्य

पुनर्स्थापना गर्न सक्नुहुन्छ।

कोरस ३

मानवलाई उहाँको अझ राम्ररी आराधना गर्ने र

पृथ्वीमा उत्तम जीवन जिउने तुल्याउन

खातिर अनाज्ञाकारिताका पुत्रको विनाश पनि गरिनेछ।

उहाँले स्थापना गर्न चाहनुहुने उहाँकै राज्य हो।

उहाँले चाहनुहुने मानव उहाँलाई आराधना गर्ने,

उहाँप्रति पूर्ण समर्पित हुने र उहाँको महिमा

प्रकट गर्ने मानव हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्