Christian Song | मानिसहरूले परमेश्‍वरबारे आफ्ना गलतफहमी कसरी समाधान गर्नुपर्छ? | २०२६ स्तुतिका स्वरहरू

15 जनवरी 2026

यदि मानिसहरू परमेश्‍वरबारे आफ्ना गलतफहमीहरू समाधान गर्न चाहन्छन् भने, तिनीहरूले आफ्ना भ्रष्ट स्वभाव चिन्‍नैपर्छ, अनि तिनीहरूले गरेका गल्ती, तिनीहरूले लिएका घुमाउरा बाटाहरू, तिनीहरूका अपराध र लापरवाहीलाई चिरफार गरेर जान्‍नैपर्छ। यसरी मात्र तिनीहरूले आफ्नो प्रकृतिलाई स्पष्टसँग देख्न र त्यसबारे ज्ञान पाउन सक्नेछन्। यसका साथै, तिनीहरूले किन गलत मार्ग लिन्छन् र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने यति धेरै काम किन गर्छन् र यी कार्यहरूको प्रकृति के हो भनी स्पष्टसँग देख्नैपर्छ। त्यसका साथै, तिनीहरूले तिनीहरूका लागि परमेश्‍वरका अभिप्राय र मागहरू ठ्याक्कै के हुन्, तिनीहरू परमेश्‍वरका मागअनुसार काम गर्न किन सधैँ असमर्थ हुन्छन् र किन सधैँ उहाँका अभिप्रायविरुद्ध गएर आफूखुसी गर्छन् भन्‍ने कुरा पनि बुझ्नैपर्छ।

तैँले यी अपराधहरू गरेकाले, तँसँग अहिले कस्तो मनोवृत्ति हुनुपर्छ, परमेश्‍वरसामु के कुराको हिसाब दिनुपर्छ र उहाँ के हेर्न चाहनुहुन्छ भन्‍ने कुराबारे तँ आफ्नो हृदयमा स्पष्ट हुनैपर्छ। तैँले प्रार्थना र खोजीमार्फत यी कुरा पत्ता लगाउनैपर्छ; तब तैँले भविष्यमा कसरी पछ्याउनुपर्छ भनेर थाहा पाउनेछस् र त्यसउप्रान्त तँ आफूले विगतमा गरेका गल्तीबाट प्रभावित हुने र बाँधिनेछैनस्। तँ अगाडिको मार्गमा जसरी हिँड्नुपर्ने हो, त्यसरी नै हिँड्नैपर्छ र तैँले जसरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने हो, त्यसरी नै गर्नैपर्छ, अनि उप्रान्त निराशाले हार मान्नु हुँदैन; तँ नकारात्मकता र गलतफहमीबाट पूर्ण रूपमा निस्कनैपर्छ।

एक हिसाबले, अहिले आफ्नो कर्तव्य पूरा गर्नु भनेको तैँले आफ्ना विगतका अपराध र लापरवाहीहरूको भर्पाई गर्नका लागि हो; कम्तीमा पनि तँमा यो मानसिकता हुनुपर्छ। अर्को हिसाबले, तैँले सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्नैपर्छ, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्रोसँग निर्वाह गर्न र आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्दो गर्नैपर्छ। सृजित प्राणीले गर्नुपर्ने कुरा यही नै हो। चाहे तँमा परमेश्‍वरबारे कुनै धारणाहरू भए पनि, वा तैँले भ्रष्टता प्रकट गरे पनि, वा उहाँको स्वभावलाई चिढ्याए पनि, तैँले यी सबै कुरालाई आत्मचिन्तन गरेर र सत्यता खोजेर समाधान गर्नैपर्छ। तैँले आफ्ना असफलताहरूबाट सिक्‍नैपर्छ र नकारात्मकताको छायाबाट पूर्ण रूपमा निस्कनैपर्छ। सत्यता बुझेपछि र स्वतन्त्र भएपछि, उप्रान्त कुनै व्यक्ति, घटना वा कामकुराद्वारा नबाँधिएपछि, तँसँग अगाडिको मार्गमा हिँड्न आस्था हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्