Christian Song | परमेश्वरको प्रेमको ऋण तिर्नु र उहाँको गवाही बन्नु (Nepali Subtitles)
14 अक्टोबर 2021
तिमीले आफूलाई परमेश्वरको लागि समर्पित गर, म आफूलाई उहाँमा अर्पण गर्छु,
जसलाई परिवारद्वारा त्यागियो, संसारद्वारा निन्दा गरियो।
परमेश्वरलाई पछ्याउने बाटो बिल्कुलै सजिलो छैन।
म परमेश्वरको राज्य फैलाउनमा मेरो सारा हृदय र प्राण अर्पण गर्छु।
म मेरो जवानीको उत्तम वर्षहरूलाई बिदाइ गर्छु।
म अगाडिको आनन्द र शोकलाई स्वागत गर्छु।
परमेश्वरका मापदण्डहरू पूरा गर्नलाई,
म उहाँका बन्दोबस्तहरूको पालना गर्छु।
परमेश्वरलाई प्रेम गर्ने मार्गमा, म तीतो परीक्षाको सामना गर्छु।
खतरा र हैरानीलाई म कुनै गुनासोविना सामना गर्छु।
मेरो देहले धेरै कष्ट भोगे पनि, मेरो हृदयले परमेश्वरलाई नै प्रेम गर्छ।
म परमेश्वरको सुसमाचार प्रचार गर्न र परमेश्वरका कार्यहरूको गवाही दिन जताततै जान्छु।
कष्ट र परीक्षाहरूको बोझले मलाई थिच्छ।
म उकाली-ओरालीहरूमा जिउँछु।
तैपनि परमेश्वरको इच्छा पूरा गर्न म पूर्ण रूपमा निष्ठावान बन्नेछु।
कष्ट र परीक्षाहरूको बोझले मलाई थिच्छ।
म उकाली-ओरालीहरूमा जिउँछु।
मैले मेरो सारा जीवनभरि कष्ट भोग्नुपरे पनि,
म परमेश्वरलाई पछ्याउनेछु र उहाँको गवाही दिनेछु।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू