Nepali Christian Movie Trailer | मुक्तिको मनन

7 सेप्टेम्बर 2022

याङ्ग मिङ्ग्युआन एक जना घर-मण्डलीको अगुवा हुन्छन्। एक दिन, उनले मण्डलीमा अत्यन्तै आदर गरिएको व्यक्ति एल्‍डर क्षुले पूर्वीय ज्योतिलाई स्वीकार गरेका छन् भन्‍ने सुन्छन् । यसले उनलाई निकै प्रभाव पार्छ, र उनले पूर्वीय ज्योतिको खोजी र अनुसन्धान गर्ने निर्णय गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, उनले प्रभुमा विश्‍वास गरेदेखिको धेरै वर्षको अवधिमा उनलाई अन्योलमा पारेका प्रश्‍नहरू समाधान हुन्छन्, र मुक्ति पाउनु भनेको पापक्षमा मात्रै हो, पूर्ण मुक्ति होइन भन्‍ने उनले थाहा पाउँछन्। परमेश्‍वरको आखिरी दिनहरूको न्याय र शुद्धीकरणलाई स्वीकार गरेर अनि आफ्‍नो पापी प्रकृतिलाई पूर्ण रूपमा समाधान गरेर मात्रै उनी स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छन् भन्‍ने उनले थाहा पाउँछन्। उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढ्छन् र ती सत्यता, र परमेश्‍वरको आवाज हुन् भन्‍ने पत्ता लगाउँछन्। उनले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण उनले खुशी साथ सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्छन्। त्यसपछि, तिनले आफू मातहतका विश्‍वासीहरूलाई सुसमाचार सुनाउँछन्, र केही महिनामा नै, पाँच-छ हजार जना मानिसहरूले सुसमाचार ग्रहण गर्छन्। उनले आफू अगुवा नै रहिरहनेछु भन्‍ने सोचेका हुन्छन्, तर मण्डलीले उनलाई सुसमाचार सुनाउने व्यक्तिको रूपमा छनौट गर्छ, र उनका सहकर्मीहरूलाई मण्डली अगुवाहरूको रूपमा छनौट गर्छ। सुसमाचार प्रचार गर्ने क्रममा, सत्यता सम्‍बन्धी उनले दिने सङ्गति उनका सहकर्मी ब्रदर झोउको जत्तिको स्पष्ट हुँदैन। … दोस्रो स्थानमा हुँदा सन्तुष्ट नभएर, आफ्‍नो सामर्थ्यलाई प्रमाणित गर्न र अरूको आदर पाउनको लागि उनले आफूलाई सत्यताले सुसज्‍जित गर्न कठिन परिश्रम गर्छन्, र उनले कति धेरै काम गरे र कति धेरै कष्ट भोगे त्यस कुराको बारेमा मानिसहरूको अघि बारम्‍बार धाक लगाउने गर्छन्। यसले गर्दा उनका दाजुभाइ-दिदीबहिनीहरूले उनलाई काट-छाँट र निराकरण गरेको र परमेश्‍वरले उनलाई गम्‍भीर रूपमा ताडना दिनुभएको र अनुशासनमा राख्‍नुभएको देख्‍दा उनी छक्‍कै पर्छन्…। परमेश्‍वरको न्याय र सजाय, ताडना र अनुशासनको अनुभव गरिसकेपछि, याङ्ग मिङ्ग्युआनले वास्तवमा के प्राप्त गर्छन्? ऊ कसरी परिवर्तन हुन्छ? पत्ता लगाउन फिल्‍म हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्