Nepali Christian Song | परमेश्‍वरको स्वभावलाई रिस उठाउनेहरू दण्डित हुनैपर्छ | with lyrics

12 अप्रिल 2022

पद १

परमेश्‍वर मानव राजनीतिमा सहभागी हुनुहुन्न,

तैपनि देश र ब्रह्माण्डको नियति नियन्त्रण गर्नुहुन्छ।

मानव नियति र उहाँको योजना जोडिएका छन्।

कुनै देश वा मानव उहाँको शासनबाट मुक्त छैन।

कोरस

आफ्नो नियति जान्न खोज्ने सबै उहाँको सामु आउनैपर्छ।

उहाँलाई पछ्याउ र आराधना गर, तिमीलाई समृद्ध पार्नुहुनेछ।

उहाँलाई अस्वीकार, विरोध गर्ने पतन र नष्ट हुनेछन्।

पद २

सम्झ बाइबलमा जब उहाँले सदोमलाई विनाश गर्नुभयो,

कसरी लोतकी पत्नी नुनको खम्बा बनिन्

र कसरी निनवेवासीले भाङ्ग्रा र खरानी लगाई

पापको पश्चाताप गरे।

कोरस

आफ्नो नियति जान्न खोज्ने सबै उहाँको सामु आउनैपर्छ।

उहाँलाई पछ्याउ र आराधना गर, तिमीलाई समृद्ध पार्नुहुनेछ।

उहाँलाई अस्वीकार, विरोध गर्ने पतन र नष्ट हुनेछन्।

पद ३

सम्झ २००० वर्ष अघि क्रूसमा येशूलाई टाँग्ने

यहूदीलाई र त्यसपछिको नतिजा सम्झ।

इस्राएलबाट निकालिएका तिनीहरू संसारभर छरपष्टिए।

धेरै मारिए र देश विनाशको पीडा भोगे।

ब्रिज

परमेश्‍वरलाई क्रूसमा टाँगे र

उहाँको स्वभावलाई रिस उठाए।

र त्यसको मूल्य चुकाए।

उहाँको निन्दा गरे,

तिनको नियति दण्ड पाउनु नै थियो।

तिनका शासकले आफ्नो देशमा ल्याएको

नतिजा, तितो विपत्ति यही थियो।

कोरस

आफ्नो नियति जान्न खोज्ने सबै उहाँको सामु आउनैपर्छ।

उहाँलाई पछ्याउ र आराधना गर, तिमीलाई समृद्ध पार्नुहुनेछ।

उहाँलाई अस्वीकार, विरोध गर्ने पतन र नष्ट हुनेछन्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्