Nepali Christian Song | परमेश्वरको स्वभावलाई उक्साउनेहरू दण्डित हुनैपर्छ
14 अप्रिल 2026
१
परमेश्वर मानवका राजनीतिमा सहभागी हुनुहुन्न, तैपनि उहाँ हरेक देश र जातिको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँ यो संसार र सारा ब्रह्माण्डलाई नियन्त्रण गर्नुहुन्छ। मानवजातिको नियति र परमेश्वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, र कुनै पनि व्यक्ति, देश वा जाति परमेश्वरको सार्वभौमिकताबाट उम्कन सक्दैन। यदि मानवले आफ्नो नियति जान्न चाहन्छ भने, ऊ परमेश्वरसामु आउनैपर्छ। परमेश्वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई प्रतिरोध र इन्कार गर्नेहरूमाथि उहाँले पतन र विलुप्ति निम्त्याउनुहुनेछ।
२
परमेश्वरले सदोममाथि विनाश ल्याउनुहुँदाको बाइबलको दृश्य स्मरण गर र लोतकी पत्नी कसरी नुनको खम्बा बनिन् भन्ने कुरा पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरू पश्चात्ताप र स्वीकार गरे भनेर सम्झ। २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा टाँगे पश्चात् तिनीहरूले कस्तो परिणाम भोगे भनी स्मरण गर—तिनीहरूलाई इस्राएलबाट निष्कासित गरियो र तिनीहरू संसारभरिका देशहरूमा भागे, धेरै जना मारिए, र पूरै यहूदी जाति त्यसको देशको विनाशको अभूतपूर्व पीडामा पर्यो।
३
तिनीहरूले परमेश्वरलाई क्रूसमा टाँगेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्वरको स्वभावलाई उक्साए। तिनीहरूको कार्यका लागि तिनीहरूले मूल्य तिर्नै पऱ्यो र तिनीहरूले आफ्ना कार्यहरूका सबै नतिजाहरू भोग्नै पऱ्यो। तिनीहरूले परमेश्वरको निन्दा गरे, परमेश्वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र नियति थियो: परमेश्वरद्वारा दण्डित हुनु। यो तिनीहरूका देश र जातिमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू