Christian Dance | परमेश्वरका मानिसहरूको प्रार्थना | Praise Song
25 मार्च 2025
१
परमेश्वरका मानिसहरू उहाँको सिंहासनसामु फर्कन्छन्
र एक साथ परमेश्वरलाई प्रार्थना चढाउँछन्।
परमेश्वरले सत्यतालाई प्रेम गर्नेहरूलाई अगुवाइ गर्नुहोस्,
ताकि तिनीहरूले चाँडै उहाँको आवाज सुन्न सकून्।
फर्कनुभएका उद्धारकर्तालाई चिन्न हेर्दै र प्रतीक्षा गर्दै
बसिरहेकाहरूलाई परमेश्वरले अन्तर्दृष्टि दिनुहोस्।
मानिसहरूले आफ्ना धारणाका बन्धनहरू तोडून्,
ताकि तिनीहरूले साँचो मार्गको खोजी र छानबिन गरून्।
परमेश्वरले पूर्वनिर्धारित र चयन गर्नुभएका सबैले
थुमाका पदचापहरू पछ्याइरहून्।
मानिसहरूले परमेश्वरका वचनहरूको आपूर्ति प्राप्त गरून्
ताकि तिनीहरूका आत्माले अब उप्रान्त तृष्णा नगरून्।
मानिसहरूले खुट्ट्याउन सिकून्
र तिनीहरू अब उप्रान्त शैतानका झुटहरूद्वारा भ्रमित नहोऊन्।
परमेश्वरले हामीलाई सुसमाचार प्रचार गर्न
र उहाँको गवाही दिन अगुवाइ र मार्गदर्शन गर्नुहोस्।
परमेश्वर सधैँ उहाँका चुनिएका मानिसहरूसित हुनुहोस्,
ताकि सबैले बफादारीका साथ आफ्नो कर्तव्य पूरा गरून्।
२
परमेश्वरले हामीलाई अन्तर्दृष्टि दिनुहोस्,
ताकि हामीले उहाँको वचन जानौँ र उहाँका अभिप्रायहरू बुझौँ।
सबै मानिसहरूले परमेश्वरको वचनलाई कदर गरून् र तिनीहरू त्यसअनुसार जिऊन्।
परमेश्वरले हामीलाई बारम्बार ताडना दिनुहोस्,
ताकि हामी मानव रूपमा जिउन सकौँ।
परमेश्वरले हामीलाई परीक्षाहरू दिनुहोस्,
ताकि हाम्रा स्वभावहरू परिवर्तन हुन सकून्।
सबै मानिसहरूले असल र दुष्ट खुट्ट्याऊन्,
सत्यता अभ्यास गरून् र तिनीहरू परमेश्वरप्रति समर्पित होऊन्।
परमेश्वरले दुष्कर्मीहरूलाई दण्डित गर्नुहोस्,
ताकि मण्डली जीवनमा बाधा नपरोस्।
परमेश्वरले अझ धेरै मानिसहरूलाई उहाँसँग एउटै हृदय र मन भएको हुन सिद्ध पार्नुहोस्।
सबै मानिसहरूले प्रेमिलो परमेश्वरलाई साँचो प्रेम चढाऊन्।
परमेश्वरले उहाँका चुनिएका मानिसहरू सबैलाई ज्योतिमा जिउन आशिषित् गर्नुहोस्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू