Christian Praise Song | नयाँ जीवनको प्रशंसा गर

13 मे 2021

हाल्‍लेलुयाह! सर्वशक्तिमान्‌ परमेश्‍वर! हामी तपाईंलाई धन्यवाद दिन्छौं र तपाईंको प्रशंसा गर्छौं!

हाल्‍लेलुयाह! सर्वशक्तिमान्‌ परमेश्‍वर! हामी सदासर्वदा तपाईंको आराधना गर्छौं!

आखिरी दिनहरूमा ख्रीष्‍ट देखा पर्नुभएको छ, उहाँका वचनहरूले हामीलाई न्याय गर्छ, धुन्छ र परिवर्तन गर्छ,

हामीलाई सही मार्गमा डोर्‍याउँछ, म परमेश्‍वरलाई प्रेम गर्ने नयाँ जीवन जिउँछु।

सत्यतालाई बुझ्‍नु कति सुन्दर कुरा हो; अब म भ्रष्ट छैन, स्वतन्त्र छु।

मेरा गलत धारणाहरू सबै मेटिएका छन्, र ममा अब विद्रोह छैन।

अब भौँतारिनु पर्दैन, अब कष्ट भोग्‍नु पर्दैन।

मेरो आत्मा स्वतन्त्र भएको छ, र म परमेश्‍वरको प्रशंसाको गीत गाउँछु।

म परमेश्‍वरको प्रशंसाको गीत गाउँछु।

परमेश्‍वरको प्रेम साँचो र बहुमूल्य छ, जसले हामीलाई जीवनको उज्यालो मार्गमा डोर्‍याउँछ।

मैले कति मीठो प्रेम चाखेको छु, म परमेश्‍वरलाई सदासर्वदा प्रेम गर्नेछु।

दाजुभाइ-दिदीबहिनीहरू, एकसाथ सहभागी हौं, हातमा हात मिलाएर एकै हौं।

एउटै हृदय र एउटै मनको भएर, हामी उहाँको सेवा गर्छौं र उहाँको प्रशंसाको गीत गाउँछौं।

कसले आफ्‍नो हृदयको आवाज निकाल्‍न सक्दैन र? कसले आफ्‍नो प्रेमको आवाज निकाल्‍न सक्दैन र?

तिमी नाच र परमेश्‍वरको प्रशंसा गर, म तिम्रो छेउमा ताली बजाउनेछु।

म तिम्रो छेउमा ताली बजाउनेछु।

हाम्रा गीतहरू परमेश्‍वरप्रतिको प्रेमले भरिएका छन्,

सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई नयाँ बनाउनुभएको छ।

हाम्रो भ्रष्ट पुरानो जीवनको अन्त्य भएको छ, सदासर्वदा परमेश्‍वरको सामने जिउनु आनन्दको कुरा हो!

सत्यताको अभ्यास गरेर यसले हामीलाई स्वतन्त्र तुल्याउँछ; हाम्रो कर्तव्य पूरा गर्छ र परमेश्‍वरलाई महिमित तुल्याउँछ।

उहाँका मानिसहरू नयाँ जीवनमा रमाउँछन्, हामी परमेश्‍वरलाई प्रेम गर्छौं र नयाँ ज्योतिमा जिउँछौं।

हामीले संसारका बन्धनहरूलाई तोडेका छौं,

हामीले परिवारका बन्धनहरूलाई तोडेका छौं,

हामीले देहका बन्धनहरूलाई तोडेका छौं।

एक-अर्कालाई प्रेम गर्नु कति मीठो कुरा!

एक-अर्कालाई प्रेम गर्नु कति मीठो कुरा!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्