Christian Dance | नयाँ जीवनको प्रशंसा गर | Praise Song

14 मे 2024

आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको छ

र उहाँले मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ।

उहाँका वचनहरूले हामीलाई न्याय गर्छन्, सजाय दिन्छन्, र हामीलाई धुन्छन्

अनि जीवनको सही मार्गमा डोऱ्याउँछन्।

परमेश्‍वरका वचनहरूले मलाई परिवर्तन गरेका छन्,

म परमेश्‍वरलाई प्रेम गर्ने नयाँ जीवनको आनन्द उठाउँछु।

म अब हराएको वा पीडामा छैन;

मेरो आत्मालाई स्वतन्त्र गरिएको छ, र म गीतहरू गाउँछु।

सत्यतालाई बुझ्नु कति अद्भुत हुन्छ!

म आफ्ना भ्रष्टता हटाउँछु अनि म साँच्चै स्वतन्त्र छु।

मेरा धारणा र गलतफहमीहरू सबै हटाइएका छन्,

अनि मेरो बिद्रोही स्वभाव बदलिन्छ।

परमेश्‍वरका वचनहरू बहुमूल्य सत्यता हुन्, जसले हाम्रो भ्रष्ट स्वभाव धुन्छन्।

हामी ख्रीष्टको भोजमा उपस्थित हुन्छौँ र परमेश्‍वरको प्रेम चाख्छौँ।

म उहाँलाई सदा-सर्वदा प्रेम गर्नेछु।

दाजुभाइ अनि दिदीबहिनीहरू, एक आपसमा अवरोध र दूरीविना, सँगै भेला हुन्छन्।

समान हृदय र मनकासाथ हामी मण्डलीमा सँगै सहकार्य गर्छौँ,

खुसीसाथ प्रशंसाका गीत गाउँछौ।

हाम्रो आवाज परमेश्‍वरका लागि प्रेमले भरिन्छ,

र हामी आफ्नो साँचो भावना गाउँछौ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई नयाँ बनाउनुहुन्छ र नयाँ मानिसहरूमा बदल्नुहुन्छ।

कसले आफ्‍नो हृदय व्यक्त गर्दैन र? कसले आफ्‍नो प्रेम व्यक्त गर्दैन र?

तिमी परमेश्‍वरको प्रशंसा गर र नाच, म ताली बजाउँछु।

हामीले संसार, परिवार र देहका बन्धन तोडेका छौँ।

एक-अर्कालाई प्रेम गर्नु कति राम्रो कुरा हो।

त्यो पतित जीवन गयो। परमेश्‍वरसामु जिउनु कति आनन्दको कुरा हो।

हामी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छौँ अनि परमेश्‍वरलाई महिमा ल्याउँछौँ।

हामी सत्यता अभ्यास गर्छौँ, अनि स्वतन्त्र र निस्तार महसुस गर्छौँ।

परमेश्‍वरका मानिसहरूले नयाँ जीवनको आनन्द उठाउँछन्,

हामी परमेश्‍वरलाई प्रेम गर्छौँ र नयाँ ज्योतिमा जिउँछौँ।

हामी सर्वशक्तिमान् परमेश्‍वरको सदा-सर्वदा आराधना गर्नेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्