Christian Dance | परमेश्‍वरको महान् काम पूरा भएकोमा प्रशंसा गर | Praise Song

27 मार्च 2024

अन्तिम दिनहरूमा, सारा मानवजातिको न्याय गर्न ख्रीष्टले वचन प्रयोग गर्नुहुन्छ,

नयाँ युग—राज्यको युगको प्रारम्भ गर्नुहुन्छ।

परमेश्‍वरका वचनद्वारा सबै थोक नयाँ तुल्याइन्छ।

सबै थोक सुन्दर र नयाँ बनाइन्छ।

सबै थोक पुनजागृत, नयाँ र परिवर्तन गरिन्छ।

हामी आनन्दित हुँदै परमेश्‍वरको प्रशंसा गर्छौ।

हाम्रो प्रशंसाको आवाजले स्वर्ग गुञ्जायमान हुन्छ।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

परमेश्‍वरको धार्मिक स्वभाव प्रकट गर्दै,

उहाँको घरबाटै न्याय सुरु भएको छ।

परमेश्‍वरका सबै मानिसहरू उहाँको सामु निहुरिन्छन्,

उहाँको न्याय र शुद्धीकरण स्वीकार गर्छन्।

परमेश्‍वरका वचनहरूले हामीलाई परीक्षा र कठिनाइहरूबाट डोऱ्याउछन्,

हामी गवाही दिन्छौँ र उहाँको अनुमोदन प्राप्त गर्छौँ।

हामीले परमेश्‍वरको आज्ञा प्राप्त गर्नु, उहाँका कार्यहरूको घोषणा गर्नु

र गवाही दिनु सम्मानको कुरा हो।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

परमेश्‍वरका वचनहरू बुद्धिमान् र सर्वशक्तिमान् छन्;

मानिसले ती पूर्ण रूपमा बुझ्न सक्दैन, उहाँका वाचंबारे हामी पूर्णतः विश्‍वस्त छौँ।

परमेश्‍वरका वचनहरूले सबै थोक पूरा गर्छन्,

र तिनले मानिसहरूलाई वर्गअनुसार छुट्ट्याउँछन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरूले सधैँ आज्ञापालन गर्छन्,

परमेश्‍वरको विरोध गर्नेहरू नाश हुन्छन्।

हामी परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिको प्रशंसा गर्छौं,

अनि उहाँको धर्मी स्वभावको प्रशंसा गर्छौँ।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

परमेश्‍वरका सबै मानिसहरू परमेश्‍वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।

परमेश्‍वरको महान् काम पूरा भएकोमा प्रशंसा गर,

उहाँले विजेताहरूको समूह बनाउनुभएको छ।

परमेश्‍वरका चुनिएका मानिसहरू उहाँको छानबीन स्विकार्छन्,

आफ्नो स्थानमा रहेर आ-आफ्नो कर्तव्य निर्वाह गर्छन्।

तिनीहरू आफ्नो सारा हृदय र प्राणले परमेश्‍वरलाई सन्तुष्ट पार्ने प्रयास गर्छन्।

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँद्वारा सिद्ध पारिन्छन्।

सारा संसार उहाँको धार्मिकता र पवित्रताले भरिन्छ।

त्यो राज्य सुन्दर र सदा नयाँ रहन्छ।

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

हाम्रो प्रशंसाको गीत कहिल्यै अन्त्य हुनेछैन!

अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!

हाम्रो प्रशंसाको गीत कहिल्यै अन्त्य हुनेछैन!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्