Christian Dance | परमेश्वरको महान् काम पूरा भएकोमा प्रशंसा गर | Praise Song
27 मार्च 2024
अन्तिम दिनहरूमा, सारा मानवजातिको न्याय गर्न ख्रीष्टले वचन प्रयोग गर्नुहुन्छ,
नयाँ युग—राज्यको युगको प्रारम्भ गर्नुहुन्छ।
परमेश्वरका वचनद्वारा सबै थोक नयाँ तुल्याइन्छ।
सबै थोक सुन्दर र नयाँ बनाइन्छ।
सबै थोक पुनजागृत, नयाँ र परिवर्तन गरिन्छ।
हामी आनन्दित हुँदै परमेश्वरको प्रशंसा गर्छौ।
हाम्रो प्रशंसाको आवाजले स्वर्ग गुञ्जायमान हुन्छ।
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
परमेश्वरका सबै मानिसहरू परमेश्वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
परमेश्वरका सबै मानिसहरू परमेश्वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।
परमेश्वरको धार्मिक स्वभाव प्रकट गर्दै,
उहाँको घरबाटै न्याय सुरु भएको छ।
परमेश्वरका सबै मानिसहरू उहाँको सामु निहुरिन्छन्,
उहाँको न्याय र शुद्धीकरण स्वीकार गर्छन्।
परमेश्वरका वचनहरूले हामीलाई परीक्षा र कठिनाइहरूबाट डोऱ्याउछन्,
हामी गवाही दिन्छौँ र उहाँको अनुमोदन प्राप्त गर्छौँ।
हामीले परमेश्वरको आज्ञा प्राप्त गर्नु, उहाँका कार्यहरूको घोषणा गर्नु
र गवाही दिनु सम्मानको कुरा हो।
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
परमेश्वरका सबै मानिसहरू परमेश्वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
परमेश्वरका सबै मानिसहरू परमेश्वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।
परमेश्वरका वचनहरू बुद्धिमान् र सर्वशक्तिमान् छन्;
मानिसले ती पूर्ण रूपमा बुझ्न सक्दैन, उहाँका वाचंबारे हामी पूर्णतः विश्वस्त छौँ।
परमेश्वरका वचनहरूले सबै थोक पूरा गर्छन्,
र तिनले मानिसहरूलाई वर्गअनुसार छुट्ट्याउँछन्।
परमेश्वरलाई प्रेम गर्नेहरूले सधैँ आज्ञापालन गर्छन्,
परमेश्वरको विरोध गर्नेहरू नाश हुन्छन्।
हामी परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धिको प्रशंसा गर्छौं,
अनि उहाँको धर्मी स्वभावको प्रशंसा गर्छौँ।
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
परमेश्वरका सबै मानिसहरू परमेश्वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
परमेश्वरका सबै मानिसहरू परमेश्वरका निम्ति प्रशंसाले भरिएर पोखिन्छन्।
परमेश्वरको महान् काम पूरा भएकोमा प्रशंसा गर,
उहाँले विजेताहरूको समूह बनाउनुभएको छ।
परमेश्वरका चुनिएका मानिसहरू उहाँको छानबीन स्विकार्छन्,
आफ्नो स्थानमा रहेर आ-आफ्नो कर्तव्य निर्वाह गर्छन्।
तिनीहरू आफ्नो सारा हृदय र प्राणले परमेश्वरलाई सन्तुष्ट पार्ने प्रयास गर्छन्।
परमेश्वरलाई प्रेम गर्नेहरू उहाँद्वारा सिद्ध पारिन्छन्।
सारा संसार उहाँको धार्मिकता र पवित्रताले भरिन्छ।
त्यो राज्य सुन्दर र सदा नयाँ रहन्छ।
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
हाम्रो प्रशंसाको गीत कहिल्यै अन्त्य हुनेछैन!
अहो, उहाँको प्रशंसा गर! अहो, कराओ र गाओ!
हाम्रो प्रशंसाको गीत कहिल्यै अन्त्य हुनेछैन!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू