Christian Dance | परमेश्‍वरको महान् काम सम्पन्न भएको छ | Praise Song

20 मे 2025

आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउने हामी,

सम्पूर्ण ब्रह्माण्डलाई गवाही दिन्छौँ:

परमेश्‍वरको महान् काम सम्पन्न भएको छ!

सर्वशक्तिमान्‌ परमेश्‍वर देहमा देखा पर्नुभएको छ

र उहाँले मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गर्नुहुन्छ।

हामीले दुलाहाको आवाज सुनेका छौँ र परमेश्‍वरको सामुन्ने माथि उचालिएका छौँ।

अन्ततः हामी थुमाको विवाह भोजमा सहभागी भएका छौँ

र राज्यको तालिममा प्रवेश गरेका छौँ।

न्याय परमेश्‍वरको घरबाट सुरू भएको छ,

र उहाँको स्वभाव पूर्ण रूपमा प्रकट भएको छ।

परमेश्‍वरको वचनको सत्यताले हामीलाई विजय गर्छ;

हामी सबै परमेश्‍वरको अगाडि लम्पसार परेर उहाँलाई आराधना गर्छौँ।

हाम्रा हरेक चाल, र हाम्रा सोच र विचारहरू,

सबै परमेश्‍वरका वचनद्वारा उदाङ्गो पारिन्छन्।

परमेश्‍वरका परीक्षाहरू र शोधन अनुभव गरेर,

हाम्रा भ्रष्ट स्वभावहरू पखालिन्छन्।

परमेश्‍वरको न्यायमा, हामी उहाँको धार्मिकता र पवित्रता देख्छौँ।

परमेश्‍वरका मानिसहरू उहाँसामु समर्पित हुन्छन्,

मृत्युसम्मै उहाँप्रति बफादार रहन्छन्, र उहाँको गवाही दिन्छन्।

परमेश्‍वरले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ

र विजेताहरूको एक समूह बनाउनुभएको छ।

आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउने हामी,

सम्पूर्ण ब्रह्माण्डलाई गवाही दिन्छौँ:

परमेश्‍वरको महान् काम सम्पन्न भएको छ,

उहाँले पूर्ण रूपमा महिमा पाउनुभएको छ!

आखिरी दिनहरूका मानिसको पुत्रले सत्यता व्यक्त गर्नुभएको छ

र राज्यको युग सुरू गर्नुभएको छ।

सबै धर्महरू र व्यक्तिगत सम्प्रदायहरूले गम्भीर अनिकाल भोग्छन्,

र मानिसहरू साँचो मार्ग खोज्न बाध्य हुन्छन्।

बुद्धिमती कन्याहरूले परमेश्‍वरको आवाज सुन्छन्

र प्रकोपहरूअघि परमेश्‍वरको सामुन्ने माथि उचालिन्छन्।

आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरू सबै प्रकोपहरूमा पर्नेछन्।

परमेश्‍वरको काम सर्वशक्तिमान् र बुद्धिमानी छ,

यसले सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्छ।

सबै जाति र मानिसहरू ज्योतिमा आउँछन् र परमेश्‍वरको सिंहासनसामु आफूलाई समर्पण गर्छन्।

राज्यको भविष्य असीम रूपमा उज्ज्वल छ,

र एक उत्साहपूर्ण दृश्य सबैले देख्न सक्छन्।

परमेश्‍वरले सबै शत्रुवत् शक्तिहरूलाई नष्ट गर्नुहुनेछ,

उहाँको धार्मिकता र प्रताप प्रकाश गर्नुहुनेछ।

परमेश्‍वरका वचनहरूको हरेक वाक्य पूरा हुन्छ।

परमेश्‍वरका वचनहरूले सबै कुरा हासिल गर्छन्।

ख्रीष्टको राज्य पृथ्वीमा साकार हुन्छ।

परमेश्‍वर आफ्ना मानिसहरूसँगै जिउनुहुन्छ।

आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउने हामी,

सम्पूर्ण ब्रह्माण्डलाई गवाही दिन्छौँ:

परमेश्‍वरको महान् काम सम्पन्न भएको छ!

उहाँले पूर्ण रूपमा महिमा पाउनुभएको छ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्