Christian Praise Song | परमेश्‍वरलाई प्रेम गर्ने हृदयले प्रशंसा गरौं

31 अक्टोबर 2021

हामी परमेश्‍वरको बारेमा सोच्छौं, अध्ययन-प्रार्थना गर्छौं, मित्रता गाँस्छौं,

र हामी मनन गर्छौं, चिन्तन गर्छौं, र परमेश्‍वरको खोजी गर्छौं।

परमेश्‍वरको वचनमा जिउँदा, हामी उहाँलाई सुन्दर देख्छौं।

सत्यताले हामीलाई स्वतन्त्र बनाउँछ; हामी परमेश्‍वरको वास्तविक प्रेमको स्वाद लिन्छौं।

मण्डली जीवन महान् छ; प्रशंसाका धेरै तरिका छन्।

परमेश्‍वरको स्तुतिमा हामी नगाई र ननाची रहनै सक्दैनौं।

हाम्रो स्तुतिमा कुनै नियम वा बन्धन छैन।

साँचो प्रशंसाले हामीलाई सधैँ आनन्दित बनाउँछ।

परमेश्‍वरसँगको जीवनले साँचो खुशी ल्याउँछ,

हामी परमेश्‍वरलाई सधैँभरि प्रेम गर्छौं र उहाँको आज्ञा पालन गर्छौं।

परमेश्‍वरको मुक्तिको महानता देखेर,

अविभाजित हृदयले हामी परमेश्‍वरको प्रशंसा गर्छौं।

हामी सत्यताको सङ्गति गर्छौं, पवित्र आत्माको काम हासिल गर्छौं;

हामी अनुभव साटासाट गर्छौं, हाम्रो जीवन अगाडि बढ्छ।

हामी सबै परमेश्‍वरको राज्यका मानिसहरू हौं,

र हामी सबैसँग परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदय छ।

हामी एउटै हृदय, मनले हाम्रो कर्तव्य निभाउँछौं,

र हामी परमेश्‍वरको आशीर्वाद र नेतृत्व देख्छौं।

न्याय हामीलाई शुद्ध बनाउँछ, हामी परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने देख्छौं।

हाम्रो भ्रष्टातालाई फ्यालेर हामी नवीन बन्यौं।

हामी इमान्दार मान्छेको रूपमा बाँच्छौं।

आत्मा र सत्यतामा परमेश्‍वरको आराधना गर्नु राज्यको जीवन हो।

परमेश्‍वरसँगको जीवनले साँचो खुशी ल्याउँछ,

हामी परमेश्‍वरलाई सधैँभरि प्रेम गर्छौं र उहाँको आज्ञा पालन गर्छौं।

परमेश्‍वरको मुक्तिको महानता देखेर,

अविभाजित हृदयले हामी परमेश्‍वरको प्रशंसा गर्छौं।

जम्मा भएका दाजुभाइ, दिदीबहिनीहरू,

हामी धेरै उतार चढाउहरूबाट गएका छौं।

सरकारको दमन निकै घृणित छ,

हामी उत्पीडन र कष्टबाट पीडित छौं।

हाम्रो संकल्पलाई कुनै कुराले कहिल्यै पनि हल्लाएको छैन।

परमेश्‍वरको वचनको मार्गदर्शनले यस्तो भएको हो।

परमेश्‍वरले हाम्रो मुक्तिको लागि तिर्नुभएको अचुक मूल्य नाप्न सकिँदैन।

हामीलाई सधैँ मार्गदर्शन गर्दै परमेश्‍वर हामीसँगै जिउनुहुन्छ।

यो सुन्दर समय, अनि जीवन बहुमूल्य छ।

परमेश्‍वरसँगको जीवनले साँचो खुशी ल्याउँछ,

हामी परमेश्‍वरलाई सधैँभरि प्रेम गर्छौं र उहाँको आज्ञा पालन गर्छौं।

परमेश्‍वरको मुक्तिको महानता देखेर,

अविभाजित हृदयले हामी परमेश्‍वरको प्रशंसा गर्छौं।

परमेश्‍वरसँगको जीवनले साँचो खुशी ल्याउँछ,

हामी परमेश्‍वरलाई सधैँभरि प्रेम गर्छौं र उहाँको आज्ञा पालन गर्छौं।

परमेश्‍वरको मुक्तिको महानता देखेर,

अविभाजित हृदयले हामी परमेश्‍वरको प्रशंसा गर्छौं,

अविभाजित हृदयले हामी परमेश्‍वरको प्रशंसा गर्छौं,

अविभाजित हृदयले हामी परमेश्‍वरको प्रशंसा गर्छौं।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्