Christian Dance | परमेश्‍वरलाई प्रेम गर्ने हृदयले परमेश्‍वरको प्रशंसा गरौँ | Praise Song

4 सेप्टेम्बर 2024

हामी परमेश्‍वरका वचनहरू खान र पिउन भेला हुन्छौँ;

हामी साँच्चै पवित्र आत्माको कामको आनन्द लिन्छौँ।

हामी हृदयदेखि प्रार्थना गर्छौँ-पढ्छौँ र सङ्गति गर्छौँ

र हामी ध्यान गर्छौँ, चिन्तन गर्छौँ, र परमेश्‍वरबाट खोजी गर्छौँ।

हामी परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्छौँ,

सत्यता बुझ्दा निकै मिठो महसुस हुन्छ।

हाम्रो जीवन स्वभाव परिवर्तन भएको छ,

र हामी परमेश्‍वरको प्रेम चाख्छौँ जुन निकै वास्तविक छ।

मण्डली जीवन अद्भुत छ, र प्रशंसाले धेरै रूप लिन सक्छ।

परमेश्‍वरको प्रशंसामा हामी नगाई र ननाची रहनै सक्दैनौँ, ननाची रहनै सक्दैनौँ।

कुनै प्रावधान वा बन्धन छैनन्, निष्कपट प्रशंसाले हामीलाई हर्षित बनाउँछ।

परमेश्‍वरको उपस्थितिमा जिउँदा साँचो खुसी मिल्छ,

र हामी परमेश्‍वरलाई प्रेम गर्ने हृदयले परमेश्‍वरको प्रशंसा गर्छौँ।

हामी परमेश्‍वरका वचनहरू खान र पिउन भेला हुन्छौँ;

हामी साँच्चै पवित्र आत्माको कामको आनन्द लिन्छौँ।

गवाही साझा गर्दा अनि सत्यता सङ्गति गर्दा हाम्रो जीवनमा हर दिन प्रगति हुन्छ।

हामी एक-अर्कालाई प्रेम गर्छौँ र सामञ्जस्यपूर्ण सहकार्य गर्छौँ;

हामी एकै हृदय र मनले आफ्नो कर्तव्य निर्वाह गर्छौँ,

हामी सत्यता अभ्यास गर्छौँ र इमानदार मानिसहरू बन्न खोज्छौँ।

हामी परमेश्‍वरको आशिष् र अगुवाइ देख्छौँ।

परमेश्‍वरको न्यायद्वारा, हामी पखालिन्छौँ,

र परमेश्‍वरको स्वभाव निकै धर्मी छ भन्ने देख्छौँ।

हामी आफ्नो भ्रष्टता फाल्छौँ र नवीन बन्छौँ।

हामी इमानदार मानिसहरूको स्वरूप जिउँछौँ।

हामी परमेश्‍वरलाई हृदय र इमानदारीतापूर्वक आराधना गर्छौँ,

राज्यको जीवन निकै आशिषित हुन्छ।

परमेश्‍वरले दिनुहुने मुक्ति निकै महान् छ भनी देख्दा,

र हामी परमेश्‍वरलाई प्रेम गर्ने हृदयले परमेश्‍वरको प्रशंसा गर्छौँ।

हामीले पूरै बाटो परमेश्‍वरलाई पछ्याएका छौँ र हामीले धेरै कठिनाइहरू पार गरेका छौँ।

सिसिपीले हामीलाई जङ्गली रूपमा दमन गर्छ र सताउँछ,

म ठूलो रातो अजिङ्गरलाई त्यसको चुरो सम्मै घृणा गर्छु।

ख्रीष्टले हरप्रकारका अपमान र पीडा सहनुहुन्छ, र सङ्कष्टमा हामीलाई साथ दिनुहुन्छ।

परमेश्‍वरलाई प्रेम गर्ने हाम्रो हृदय डगमगाउँदैन;

यो पूर्ण रूपमा परमेश्‍वरका वचनहरूको मार्गदर्शनको कारण हो।

परमेश्‍वरले हाम्रो मुक्तिका लागि तिर्नुभएको मिहिनेती मूल्य नाप्न सकिँदैन।

परमेश्‍वर हामीमाझ जिउनुहुन्छ, उहाँले हामीलाई आजको दिनसम्म मार्गदर्शन गर्नुभएको छ।

यो सुन्दर समय, यो सुन्दर जीवन, निकै अविस्मरणीय छन्।

हामी सधैँ परमेश्‍वरलाई प्रेम गर्नेछौँ र उहाँमा समर्पित हुनेछौँ,

र हामी परमेश्‍वरलाई प्रेम गर्ने हृदयले परमेश्‍वरको प्रशंसा गर्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्