Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरको चर्को स्वरले प्रशंसा गर | Praise Song

18 नोभेम्बर 2024

सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट,

संसारको पूर्वमा देखा पर्नुभएको छ।

मानवजातिलाई मुक्ति दिन उहाँ सत्यता व्यक्त गर्नुहुन्छ,

उहाँ देखा पर्नुभएको मुक्तिदाता हुनुहुन्छ।

परमेश्‍वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुन्छन् र उहाँको सिंहासनसामु उठाइन्छन्।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ अनि सत्यता बुझ्छौँ,

हामी परमेश्‍वरका वचनहरूद्वारा पूर्णतः विजय गरिएका छौँ।

परमेश्‍वरको न्याय र परीक्षाहरू भोग्दा, हाम्रो भ्रष्ट स्वभाव पखालिन्छ।

सतावट र सङ्कष्ट भोग्दा,

हामी ठूलो रातो अजिङ्गरको कुरूप अनुहार छर्लङ्ग देख्छौँ।

परमेश्‍वरले मानिसको आस्था र प्रेम सिद्ध पार्न शैतानलाई आफ्नो सेवामा प्रयोग गर्नुहुन्छ।

हामी ठूलो रातो अजिङ्गरलाई अत्यन्तै घृणा गर्छौँ,

र हामी परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउन एकदम दृढ छौँ।

परमेश्‍वरको न्याय र सजाय स्विकारेर,

हामी आफ्नो स्वभावमा परिवर्तित भएका छौँ र हामी मानव रूपमा जिउँछौँ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई मुक्ति दिनुभएको छ,

र हामी चर्को स्वरले उहाँको प्रशंसा गर्छौँ!

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँदा, हामीले सत्यता, मार्ग र जीवन पाउँछौँ;

यो परमेश्‍वरको अनुग्रह र आशिष् हो।

सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा होस्!

न्याय र खुलासा गर्न परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुँदा,

परमेश्‍वरले भ्रष्ट मानवजातिलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ।

सत्यता स्विकार्नेहरू परमेश्‍वरकहाँ फर्किन्छन्,

र तिनीहरू पखालिन्छन् अनि परिवर्तित हुन्छन्।

सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको प्रतिरोध गर्नेहरू

परमेश्‍वरका वचनद्वारा प्रकाश र निन्दित हुन्छन्;

तिनीहरू विपत्तिमा पर्छन्, रुन्छन् र दाह्रा किट्छन्,

पहिल्यै नै मुक्तिको आशा बाहिर हुन्छन्।

परमेश्‍वरको वचन अख्तियार र शक्तिले भरिपूर्ण छ, उहाँको काम साँच्चै बुद्धिमान् छ।

परमेश्‍वरको न्याय धार्मिकताले भरिएको छ,

र मानिसको अनन्त प्रशंसाको योग्य छ।

परमेश्‍वरको बुद्धि अद्भुत र बुझ्न नसकिने छ।

हामी अनवरत रूपमा, त्यसको प्रशंसामा गाउँछौँ।

सर्वशक्तिमान् परमेश्‍वरको अख्तियार र शक्तिले

सबै राष्ट्र र सबै जातिहरूलाई आफूलाई उहाँमा समर्पण गर्ने तुल्याउँछ।

परमेश्‍वरले विजेताहरूको एउटा समूह बनाउनुहुन्छ,

र राज्यको सुसमाचार संसारभर फैलिन्छ।

सर्वशक्तिमान् परमेश्‍वरले ठूलो रातो अजिङ्गरलाई पराजित गर्नुभएको छ,

अनि ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ।

परमेश्‍वरले सम्पूर्ण महिमा प्राप्त गर्नुभएको छ,

र परमेश्‍वरका मानिसहरूले उहाँको गवाही दिन्छन्।

हामी परमेश्‍वरको महान् कामको समापनको प्रशंसा गर्छौँ,

र सर्वशक्तिमान् परमेश्‍वरलाई सदा-सर्वदा प्रशंसा गर्छौँ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्