Christian Dance | सर्वशक्तिमान् परमेश्वरको चर्को स्वरले प्रशंसा गर | Praise Song
18 नोभेम्बर 2024
१
सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट,
संसारको पूर्वमा देखा पर्नुभएको छ।
मानवजातिलाई मुक्ति दिन उहाँ सत्यता व्यक्त गर्नुहुन्छ,
उहाँ देखा पर्नुभएको मुक्तिदाता हुनुहुन्छ।
परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुन्छन् र उहाँको सिंहासनसामु उठाइन्छन्।
हामी परमेश्वरका वचनहरू खान्छौँ र पिउँछौँ अनि सत्यता बुझ्छौँ,
हामी परमेश्वरका वचनहरूद्वारा पूर्णतः विजय गरिएका छौँ।
परमेश्वरको न्याय र परीक्षाहरू भोग्दा, हाम्रो भ्रष्ट स्वभाव पखालिन्छ।
सतावट र सङ्कष्ट भोग्दा,
हामी ठूलो रातो अजिङ्गरको कुरूप अनुहार छर्लङ्ग देख्छौँ।
परमेश्वरले मानिसको आस्था र प्रेम सिद्ध पार्न शैतानलाई आफ्नो सेवामा प्रयोग गर्नुहुन्छ।
हामी ठूलो रातो अजिङ्गरलाई अत्यन्तै घृणा गर्छौँ,
र हामी परमेश्वरलाई अन्त्यसम्मै पछ्याउन एकदम दृढ छौँ।
परमेश्वरको न्याय र सजाय स्विकारेर,
हामी आफ्नो स्वभावमा परिवर्तित भएका छौँ र हामी मानव रूपमा जिउँछौँ।
सर्वशक्तिमान् परमेश्वरले हामीलाई मुक्ति दिनुभएको छ,
र हामी चर्को स्वरले उहाँको प्रशंसा गर्छौँ!
सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँदा, हामीले सत्यता, मार्ग र जीवन पाउँछौँ;
यो परमेश्वरको अनुग्रह र आशिष् हो।
सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद र प्रशंसा होस्!
२
न्याय र खुलासा गर्न परमेश्वरले सत्यता व्यक्त गर्नुहुँदा,
परमेश्वरले भ्रष्ट मानवजातिलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ।
सत्यता स्विकार्नेहरू परमेश्वरकहाँ फर्किन्छन्,
र तिनीहरू पखालिन्छन् अनि परिवर्तित हुन्छन्।
सत्यतालाई घृणा गर्ने र परमेश्वरको प्रतिरोध गर्नेहरू
परमेश्वरका वचनद्वारा प्रकाश र निन्दित हुन्छन्;
तिनीहरू विपत्तिमा पर्छन्, रुन्छन् र दाह्रा किट्छन्,
पहिल्यै नै मुक्तिको आशा बाहिर हुन्छन्।
परमेश्वरको वचन अख्तियार र शक्तिले भरिपूर्ण छ, उहाँको काम साँच्चै बुद्धिमान् छ।
परमेश्वरको न्याय धार्मिकताले भरिएको छ,
र मानिसको अनन्त प्रशंसाको योग्य छ।
परमेश्वरको बुद्धि अद्भुत र बुझ्न नसकिने छ।
हामी अनवरत रूपमा, त्यसको प्रशंसामा गाउँछौँ।
सर्वशक्तिमान् परमेश्वरको अख्तियार र शक्तिले
सबै राष्ट्र र सबै जातिहरूलाई आफूलाई उहाँमा समर्पण गर्ने तुल्याउँछ।
परमेश्वरले विजेताहरूको एउटा समूह बनाउनुहुन्छ,
र राज्यको सुसमाचार संसारभर फैलिन्छ।
सर्वशक्तिमान् परमेश्वरले ठूलो रातो अजिङ्गरलाई पराजित गर्नुभएको छ,
अनि ख्रीष्टको राज्य पृथ्वीमा देखा परेको छ।
परमेश्वरले सम्पूर्ण महिमा प्राप्त गर्नुभएको छ,
र परमेश्वरका मानिसहरूले उहाँको गवाही दिन्छन्।
हामी परमेश्वरको महान् कामको समापनको प्रशंसा गर्छौँ,
र सर्वशक्तिमान् परमेश्वरलाई सदा-सर्वदा प्रशंसा गर्छौँ!
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू