Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरको विजयको प्रशंसा गर | Praise Song

8 जुलाई 2024

सर्वशक्तिमान् परमेश्‍वरका लागि प्रशंसाको गीत गाऔँ।

गीतको आवाजले हाम्रो हृदयबाट उडान भर्छ।

मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुँदै,

परमेश्‍वर संसारमा देह बन्नुहुने क्रियाको प्रशंसा गर।

हामी उहाँको आवाज सुन्छौँ र उहाँ देखा पर्नुभएको देख्छौँ।

हर्षले भरिएको हृदयसाथ, हामी परमेश्‍वरको घरमा फर्किन्छौँ।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउछौँ अनि पवित्र आत्माको कामको आनन्द उठाउँछौँ।

हामी सत्यता बुझ्छौँ र हाम्रो हृदय स्वतन्त्र हुन्छ।

परमेश्‍वरका वचनहरू सत्य, मार्ग र जीवन हुन् भन्ने हामी देख्छौँ।

ती अनन्त जीवनको मार्ग हुन्।

ती अनन्त जीवनको मार्ग हुन्।

परमेश्‍वरका चुनिएका मानिसहरू किन हर्षले भरिएका छन्?

हामी स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ, परमेश्‍वरसामु जिउँछौँ।

सियोन किन निरन्तर हर्षोल्लास गरिरहेको छ?

परमेश्‍वरको राज्य संसारमा आएको छ।

सर्वशक्तिमान् परमेश्‍वरका लागि प्रशंसाको गीत गाऔँ।

गीतको आवाजले परमेश्‍वरका लागि हामीमा भएको प्रेम गाउँछ।

परमेश्‍वरको धर्मी र प्रतापी न्यायको प्रशंसा गर

जसले हामीलाई पूर्ण रूपमा धुन्छ र मुक्ति दिन्छ।

हामी उहाँका वचनहरूको न्याय स्वीकार गर्छौँ,

र हाम्रा भ्रष्ट स्वभावहरू पखालिन्छन्।

हामीले परीक्षा र शोधनहरू भोगे पनि,

हाम्रा स्वभाव परिवर्तन भएका छन्, र हामी नयाँ मानिस बन्छौँ।

सत्यता अभ्यास गर्दै, हामी स्वतन्त्र हुन्छौँ, र ज्योतिमा जिउँछौँ।

हामी परमेश्‍वरलाई शुद्ध र इमानदार रूपमा प्रेम गर्छौँ।

हामी परमेश्‍वरलाई शुद्ध र इमानदार रूपमा प्रेम गर्छौँ।

सबै मानिसहरू किन परमेश्‍वरमा समर्पित छन्?

हामी परमेश्‍वरलाई चिन्छौँ र हामीमा परमेश्‍वरको डर मान्ने हृदय छ।

सबै मानिसहरू किन सँगसँगै उहाँको प्रशंसा गर्छन्?

हामीलाई शैतानबाट स्वतन्त्र गरिएको छ र हामीले मुक्ति पाउँछौँ।

सर्वशक्तिमान् परमेश्‍वरका लागि प्रशंसाको गीत गाऔँ।

गीतको आवाजले सारा संसार हल्लाउँछ।

परमेश्‍वरको सर्वशक्तिमान्‌ता देखाउने उहाँका वचनहरूको प्रशंसा गर,

जसले शैतानलाई पराजित गर्छन् र विजेताहरूको एउटा समूह बनाउँछन्।

परमेश्‍वरका वचनहरू सबै राष्ट्र र भूमिहरूभरि फैलिन्छन्।

ख्रीष्टको धर्मी राज्य देखा परेको छ।

परमेश्‍वरका वचनहरूले पृथ्वीमा शासन गर्छन्।

सबै राष्ट्र र सबै मानिसहरूले सँगै परमेश्‍वरको आराधना गर्छन्।

परमेश्‍वरका सबै मानिसहरू पृथ्वीमा स्वर्गका आशिषहरूको आनन्द उठाउँदै,

ज्योतिमा जिउँछन् र उहाँको आराधना गर्न आउँछन्,

ज्योतिमा जिउँछन् र उहाँको आराधना गर्न आउँछन्।

यावत् थोक किन सँगै उल्लास मनाउँछन्?

परमेश्‍वरले महान् काम पूरा गर्नुभएको छ र विजयी भई फर्कनुभएको छ।

स्वर्ग र पृथ्वी किन पूर्ण रूपमा नयाँ देखिन्छन्?

परमेश्‍वरको महिमा आकाशमण्डलभरि चम्किन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्