Christian Dance | सर्वशक्तिमान् परमेश्वरको मुक्तिको प्रशंसा गर | Praise Song
16 अगस्ट 2024
१
गाऔँ, गाऔँ! नयाँ गीत गाऔँ; हामीले परमेश्वरको आवाज सुनेका छौँ।
परमेश्वरका वचनहरू खाँदापिउँदा साँच्चिकै आनन्द छ,
सत्यता बुझ्दा हाम्रा हृदय खुसी छन्।
हाम्रो जीवन स्वभाव बदलिएको छ, हामीलाई परमेश्वरसामु जिउन मद्दत मिलेको छ।
मण्डली जीवन साँच्चै आनन्दमयी छ, हामी सत्यता प्राप्त गर्छौँ र परमेश्वरको मुक्ति हासिल गर्छौँ।
हामीले परमेश्वरको प्रेम पाएका छौँ,
हामी सर्वशक्तिमान् परमेश्वरको उद्घोष गर्छौँ र गवाही दिन्छौँ।
२
चाँडो! चाँडो! पछि लागौँ; आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको छ।
चाँचाँडो परमेश्वरका पाइलाहरू पछ्याऔँ;
आखिरी दिनहरूका मानिसको पुत्र आइपुग्नुभएको छ।
देहसुखको लालसा गरेको कारण त्यागिनु कस्तो दयनीय कुरा हो!
मुख्य कुरा त कर्तव्य राम्ररी निभाउनु हो; सत्यता बुझ्नाले आनन्द मिल्छ।
हामीले परमेश्वरको प्रेम पाएका छौँ,
हामी सर्वशक्तिमान् परमेश्वरको उद्घोष गर्छौँ र गवाही दिन्छौँ।
३
सुनौँ! सुनौँ! दाजुभाइ र दिदीबहिनीहरू, सत्यता पछ्याउनु सबैभन्दा महत्त्वपूर्ण छ।
जब हामी न्याय र काटछाँट स्विकार्छौँ, हामी परमेश्वरका आशिष्हरू देख्छौँ।
हामी परमेश्वरप्रति साँच्चै समर्पित हुन हाम्रा भ्रष्ट स्वभावहरू पखालिनैपर्छ।
सत्यता प्राप्त गर्नाले हामीलाई नयाँ जीवन मिल्छ;
परमेश्वरबाट मुक्ति पाउनु साँच्चिकै एउटा आशिष् हो।
हामीले परमेश्वरको प्रेम पाएका छौँ,
हामी सर्वशक्तिमान् परमेश्वरको उद्घोष गर्छौँ र गवाही दिन्छौँ।
४
सुनौँ! सुनौँ! परमेश्वरका मानिसहरू,
हामी सर्वशक्तिमान् परमेश्वरलाई चिनेर अत्यन्तै आशिषित् छौँ।
हामीले उहाँको धर्मी स्वभाव देखेका छौँ, र परमेश्वरको डर मान्ने हृदय विकसित गरेका छौँ।
हामीले उहाँको सर्वशक्तिमान्ता र बुद्धि अनुभव गरेका छौँ,
र हाम्रा साँचो प्रशंसाहरू दिएका छौँ।
हाम्रो परमेश्वरको लागि गवाही दिन सक्नु परमेश्वरको अनुग्रह र आशिष् हो।
हामीले परमेश्वरको प्रेम पाएका छौँ,
हामी सर्वशक्तिमान् परमेश्वरको उद्घोष गर्छौँ र गवाही दिन्छौँ।
५
छिटो! छिटो! अघि लम्कौँ, परमेश्वरको काम तीब्र गतिमा अघि बढिरहेको छ।
हामी मृत्युपर्यन्त ख्रीष्टलाई पछ्याउनेछौँ;
परमेश्वरले मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ।
हामीले प्रतिकूलतामाझ गवाही दिएका छौँ,
शैतान अर्थात् ठूलो रातो अजिङ्गरलाई लज्जित तुल्याएका छौँ!
हामीले सबथोक त्यागेर परमेश्वरलाई पछ्याएका छौँ,
र उहाँलाई खुसी पार्न गुञ्जायमान गवाही दिएका छौँ।
हामीले परमेश्वरको प्रेम पाएका छौँ,
हामी सर्वशक्तिमान् परमेश्वरको उद्घोष गर्छौँ र गवाही दिन्छौँ।
६
हेरौँ! हेरौँ! परमेश्वरले जित्नुभएको छ; उहाँका हरेक वचनहरू पूरा भएका छन्।
शैतानलाई पूर्ण रूुपमा लज्जित तुल्याइएको र पराजित गरिएको छ,
ठूलो रातो अजिङ्गरलाई ढालिएको छ।
परमेश्वरका मानिसहरू मक्ख छन्; सर्वशक्तिमान् परमेश्वर महिमित हुनुभएको छ।
ठूला विपत्तिहरूले पुरानो युग नष्ट पारेका छन्; परमेश्वरको राज्य देखा परेको छ।
हामीले परमेश्वरको प्रेम पाएका छौँ,
अनि, हामी धीत मरुन्जेल सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्दछौँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू