Nepali Christian Song | सत्यता अभ्यास गरेर मात्र व्यक्तिले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छ

8 जनवरी 2026

मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ; तिनीहरू भ्रष्ट स्वभावहरूले भरिएका छन्, र तिनीहरूका हाड र रगत शैतानका विषहरूले भरिएका छन्। यदि तिनीहरू सत्यता, वा परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्दैनन् भने, तिनीहरू कसरी परमेश्‍वरमा साँचो रूपमा समर्पित हुन सक्छन्? तिनीहरूले कसरी बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? तिनीहरू कसरी परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छन्? के मुक्ति प्राप्ति मानिसहरूले कल्पना गरेजस्तो सरल हुन सक्छ र?

शैतानले मानिसहरूलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याएको छ, यहाँसम्म कि तिनीहरू दियाबलस नै बनिसकेका छन्। अहिले परमेश्‍वर तिनीहरूलाई मुक्ति दिन आउनुभएको छ, तर उहाँले जति धेरै वचनहरू बोल्नुभए पनि, दियाबलस बनिसकेका मानिसलाई साँचो मानवमा परिणत गर्नु निकै गाह्रो कार्य हो। परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुपर्ने मात्र होइन, मानिसहरूले पनि सत्यता पछ्याएर, स्विकारेर, अनि अभ्यास गरेर सहकार्य गर्न सक्दो गर्नुपर्छ—त्यसपछि मात्रै तिनीहरूले शैतानको प्रभावबाट उन्मुक्ति पाएर परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्।

परमेश्‍वरले एकपटक भन्‍नुभयो, “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ।” धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, साँचो रूपमा परमेश्‍वरको न्याय र सजाय अनुभव गर्ने, र उहाँको काममा पूर्ण रूपमा समर्पित हुनेहरू मात्रै शुद्ध गरिन र सिद्ध पारिन सक्छन्। अलिकति पनि सत्यता नस्विकार्ने ती अविश्‍वासी, दुष्ट मानिस, र ख्रीष्टविरोधीहरू हृदयमा सत्यताप्रति वितृष्ण हुन्छन्; तिनीहरूले कहिल्यै परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनन्, र तिनीहरू परमेश्‍वरको कामद्वारा प्रकाश गरिन र हटाइन मात्रै सक्छन्।

—वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्