Nepali Christian Song | फरिसीहरूको येशूप्रतिको प्रतिरोधको जड | with lyrics

8 फेब्रुअरी 2022

पद १

के जान्न चाहन्छौ

फरिसीले येशूलाई गरेको विरोधको जड?

के तिमी फरिसीको सार जान्न चाहन्छौ?

ती मसीहको बारे कल्पनाले भरिएका थिए,

तिनले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्र गरे,

जीवन र सत्यताको खोजी गरेनन्।

पद २

त्यसैले आज पनि मसीहको प्रतीक्षा गर्छन,

किनकि तिनलाई जीवनको मार्गको कुनै ज्ञान छैन।

सत्यको बाटो के हो जान्दैनन्,

सत्यको बाटो के हो जान्दैनन्।

कोरस १

तिमीहरू भन्छौ,

यस्ता मूर्ख, जिद्दी र अज्ञानीहरूले

परमेश्‍वरको आशिष् कसरी पाउलान्?

तिनले मसीह कसरी देख्लान्?

तिनले मसीह कसरी देख्लान्?

कोरस २

तिनले येशूको विरोध गरे,

पवित्र आत्माको कामको दिशा थाहा नभएकोले,

येशूले बोल्नुभएको सत्यको बाटो नजानेकाले,

र मसीहलाई नबुझेकाले

र तिनले मसीहलाई कहिल्यै नदेखेकाले,

मसीहसँग कहिल्यै नरहेकाले,

मसीहको नामसँग मात्रै टाँसिइरहने गल्ती गरे।

कुनै पनि माध्यमबाट

मसीहको सारको विरोध गरिरहे।

पद ३

सारमा यी फरिसीहरू जिद्दी,

अहङ्कारी थिए र सत्यको पालना गरेनन्।

उहाँमा तिनको विश्‍वासको सिद्धान्त यस्तो थियो:

तिम्रो प्रचार जति गहन भएपनि,

तिम्रो अख्तियार जति उच्च भएपनि,

मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ।

कोरस ३

के यो विश्‍वास हाँस्यास्पद

र उपहासपूर्ण छैन र?

तिमीहरूसँग येशूको बुझाइ नभएकोले

तिमीहरूले प्राचिन फरिसीहरूले

गरेका गल्ती गर्न सजिलो छैन र?

कोरस ४

के तिमी सत्यको बाटो छुट्ट्याउन सक्षम छौ?

तिमी ख्रीष्टको विरोध गर्दैनौ भनेर साँच्चै कबुल गर्न सक्छौ?

तिमी ख्रीष्टको विरोध गर्दैनौ भनेर साँच्चै कबुल गर्न सक्छौ?

के पवित्र आत्माको काम पछ्याउन सक्षम छौ?

तिमी ख्रीष्टको विरोध गर्छौ गर्दैनौ भन्ने थाहा छैन भने,

परमेश्‍वरले तिमी मृत्युको कगारमा बाँच्दैछौ भन्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्