Nepali Christian Song | सत्यता पछ्याउनेहरू मात्र कुलीन हुन्छन्

12 जनवरी 2026

जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ मानिसहरूलाई के दिनुहुन्छ र कति दिनुहुन्छ, त्यो उहाँमै निर्भर हुन्छ, र समाजमा मानिसहरूसँग हुने हैसियत पनि परमेश्‍वरद्वारा नै निर्धारित हुन्छ, त्यो कुनै व्यक्तिले बनाउने कुरा हुँदै होइन। यदि परमेश्‍वरले कसैलाई पीडा र गरिबी भोग्न लगाउनुभयो भने, के यसको मतलब ऊसँग मुक्ति पाउने कुनै आशा छैन भन्ने हो? यदि ऊ कम मूल्यको र कम सामाजिक पदको हो भने, के परमेश्‍वरले उसलाई मुक्ति दिनुहुनेछैन र? के तिनीहरू परमेश्‍वरका नजरमा कम हैसियतका हुन सक्छन् त? त्यो केमा निर्भर गर्छ त? त्यो कुरा यो व्यक्ति हिँड्ने मार्ग, र उसको पछ्याइ, अनि सत्यता र परमेश्‍वरप्रतिको उसको मनोवृत्तिमा निर्भर गर्छ। यदि कसैको सामाजिक हैसियत एकदमै कम छ, उसको परिवार निकै गरिब छ, र उसको शैक्षिक स्तर कम छ, तैपनि ऊ व्यावहारिक रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ, अनि सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, परमेश्‍वरका नजरमा उसको मूल्य निकै उच्च हुन्छ।

कुनै व्यक्तिको मूल्य—उच्च वा न्यून छ, कुलीन वा नीच छ भनेर—केमा निर्भर हुन्छ? यो कुरा परमेश्‍वरले तँलाई कसरी हेर्नुहुन्छ, त्यसमा निर्भर हुन्छ। यदि परमेश्‍वर तँलाई सत्यता पछ्याउने व्यक्तिका रूपमा हेर्नुहुन्छ भने, तेरो मूल्य छ र तँ मूल्यवान् होस्—तँ मूल्यवान्‌ पात्र होस्। यदि परमेश्‍वरले तँ सत्यता पछ्याउँदैनस् र निष्कपट रूपमा उहाँप्रति आफूलाई समर्पित गर्दैनस् भन्ने देख्नुहुन्छ भने, तँ बेकार होस् र मूल्यवान्‌ होइनस्—तँ नीच पात्र होस्। तँ चाहे जति नै उच्च शिक्षित भए पनि वा समाजमा तेरो हैसियत चाहे जति नै उच्च भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा सत्यता बुझ्दैनस् भने, तेरो मूल्य कहिल्यै उच्च हुन सक्दैन; धेरै मानिसहरूले तँलाई साथ दिए पनि, उच्च पारे पनि, र पुजे पनि, तँ अझै पनि घृणायोग्य वस्तु नै होस्। किनभने, परमेश्‍वर सत्यता हुनुहुन्छ, परमेश्‍वर धार्मिकता हुनुहुन्छ, जबकि मानिस भ्रष्ट छ र उसमा सत्यता वा धार्मिकता छैन, र परमेश्‍वर मानिसलाई आफ्नो मानकअनुसार मापन गर्नुहुन्छ, अनि मापन गर्ने उहाँको मानक सत्यता हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्