Christian Song | मानिसहरूले जिउँदो हुनुको अर्थ र मूल्य बुझ्नैपर्छ
26 जुन 2025
१
बिलकुलै शून्यबाट सुरु गरेको एउटा एकलो आत्माले सृष्टिकर्ताको सार्वभौमिकता र पूर्वानिर्धारणका कारण अभिभावक र परिवार पाउँछ, मानवजातिको सदस्य बन्ने, र मानव जीवन अनुभव गर्ने र मानव संसारमा यात्रा गर्ने मौका प्राप्त गर्छ; उसले सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने, सृष्टिकर्ताको सृष्टिका अद्भुतता जान्न पुग्ने, अनि, त्योभन्दा पनि बढी, सृष्टिकर्ताको अख्तियारलाई जान्ने र त्यसप्रति आफूलाई समर्पण गर्न पुग्ने मौका पनि प्राप्त गर्छ। तैपनि धेरैजसो मानिसहरूले यो दुर्लभ र क्षणिक मौका साँच्चै छोप्दैनन्। मानिसहरूले आफ्नो जीवनभरिको ऊर्जा नियतिविरुद्ध लड्दै सक्काउँछन्, र आफ्नो सम्पूर्ण जीवन परिवारको आपूर्ति गर्न खोज्दै अनि प्रतिष्ठा र नाफाका खातिर यता र उता दौडधुप गर्दै बिताउँछन्।
२
मानिसहरूले कदर गर्ने कुराहरू परिवारको प्रेम, पैसा, र ख्याति र प्राप्ति हुन्, अनि तिनीहरूले यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराहरूका रूपमा हेर्छन्। सबै मानिसहरूले आफ्नो भाग्य खोटो भएकोबारे गुनासो गर्छन्, तैपनि मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र खोजीनिती गर्नुपर्ने मामलाहरू: मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, र मानव जीवनको मूल्य र अर्थ के हो भन्नेजस्ता मामलाहरूलाई आफ्नो मनको पछाडितिर धकेल्छन्। तिनीहरू चाहे जति धेरै बाँचे पनि, तिनीहरूको जवानी गइञ्जेल अनि तिनीहरूको कपाल फुलेर अनुहार चाउरी परुञ्जेल, जबसम्म तिनीहरूले ख्याति र प्राप्तिले तिनीहरूलाई बुढो हुन बाट रोक्न सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपनलाई भर्न सक्दैन भनी महसुस गर्दैनन्, र कोही पनि जन्म, बुढेसकाल, रोग, र मृत्युका नियमबाट उम्कन सक्दैन, र कसैले पनि नियतिका प्रबन्धहरूबाट उम्किन सक्दैन भनी बुझ्दैनन्, तबसम्म तिनीहरू आफ्नो सारा जीवन ख्याति र प्राप्ति खोज्न केवल दौडधुप गरेर बिताउँछन्।
३
जब मानिसहरू चाँडै संसारबाट बिदा हुन लागेका हुन्छन्, तब तिनीहरू संसारका सबै कुरा टाढिँदै गइरहेको, मूल रूपमा आफ्नो रहेका कुनै पनि कुरालाई उप्रान्त पक्रिरहने बल नरहेको क्रमिक अनुभूतिमा पुग्छन्; त्यस बेला, तिनीहरू आखिरकार अझै पनि बिलकुलै केही पनि नभएको, बिलौना गरिरहेका नवजात शिशुजस्तै हुन् भन्ने साँच्चै महसुस गर्छन्। यस विन्दुमा, तिनीहरूले आफ्नो जीवनमा के गरेका छन्, जिउँदो हुनुको मूल्य के हो, जिउँदो हुनुको अर्थ के हो, र मानिसहरू किन संसारमा आउँछन् भन्ने कुरालाई मनन गर्न थाल्न बाध्य हुन्छन्। अनि ठ्याक्कै यस विन्दुमा नै तिनीहरूले साँच्चै अर्को जुनीमा छ कि छैन, स्वर्ग साँच्चै अस्तित्वमा छ कि छैन, वास्तवमा प्रतिशोध हुन्छ कि हुँदैन भन्ने कुरालाई बढ्दो रूपमा जान्न चाहन्छन्…।
४
कुनै व्यक्ति वास्तवमा नै यस विन्दुमा आइपुगेपछि मात्रै उसले महसुस गर्छ कि जब कुनै व्यक्ति यस संसारमा प्रवेश गर्छ, उसले सुरुमा बुझ्नुपर्ने कुरा भनेको मानवजाति कहाँबाट आउँछ, मानिसहरू किन जीवित छन्, मानव नियतिमाथि को सार्वभौम छ, र मानव अस्तित्वका लागि कसले आपूर्ति गर्छ र यसमाथि कसको सार्वभौमिकता छ भन्ने हो—यो बुझाइ नै व्यक्ति जिउने पुँजी, र यो व्यक्ति बाँच्ने अनिवार्य आधार हो। मानिसहरूले आफ्नो जीवनकाल बिताएर नै निपुणता हासिल गर्ने विभिन्न बाँच्ने सीपहरूले तिनीहरूलाई प्रशस्त भौतिक सुख-सयल पाउने तुल्याए पनि, ती सीपले तिनीहरूको हृदयलाई कहिल्यै पनि साँचो सान्त्वना र स्थिरता दिँदैनन्। बरु तिनले त मानिसहरूलाई निरन्तर आफ्नो दिशा गुमाउने, आफैलाई नियन्त्रण गर्न कठिन बनाउने, अनि जीवनको अर्थ सिक्ने एक पछि अर्को मौका गुमाउने तुल्याउँछन्, र मानिसहरूमा कसरी सही रूपमा मृत्युलाई सामना गर्ने भन्ने सन्दर्भमा गुप्त समस्याहरू उत्पन्न गराउँछन्—मानिसहरूको जीवन यसरी बरबाद हुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू