Christian Dance | हामीले परमेश्‍वरलाई पछ्याउँदै गर्दा मार्ग झन् उज्यालो हुँदै जान्छ | Praise Song

16 नोभेम्बर 2024

मानिसको पुत्रले सत्यता व्यक्त गर्नुहुन्छ,

आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ र स्वर्गको राज्यका भोजमा सहभागी हुन्छौँ।

यो साँच्चै नै ठूलो आशिष् हो।

हरदिन हामी परमेश्‍वरको वचन खान्छौँ र पिउँछौँ

अनि असङ्ख्य सत्यताहरू बुझ्न पुग्छौँ।

हामीले अस्पष्ट आस्था फालेका छौँ र सत्यता वास्तविकतामा प्रवेश गरेका छौँ।

परमेश्‍वरको वचनको मलजल र आपूर्तिले,

हाम्रो जीवन निरन्तर रूपमा बढेको छ।

हामीले शैतानको प्रभाव फालेका छौँ र परमेश्‍वरसामु जिउँछौँ।

हामी ठूलो स्वरले गीत गाउँछौँ र सर्वशक्तिमान् परमेश्‍वरको मुक्तिको प्रशंसा गर्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई सत्यता र जीवन प्रदान गर्नुभएको छ।

हामी जीवनका रहस्यहरू बुझ्न पुगेका छौँ,

र हामीले परमेश्‍वरलाई पछ्याउँदै गर्दा मार्ग झन् उज्यालो हुँदै जान्छ।

परमेश्‍वरको न्याय भोगेर, हाम्रो भ्रष्टता पखालिएको छ।

हामीले परमेश्‍वरको धार्मिकता जान्दै गर्दा परमेश्‍वरको डर मान्न पुगेका छौँ।

हामी अलिकति पनि गुनासो नगरी परमेश्‍वरका योजनाबद्ध कार्यमा समर्पित हुन्छौँ।

हे, प्रिय सर्वशक्तिमान् परमेश्‍वर, सत्यता व्यक्त गर्नुभएकोमा धन्यवाद;

तपाईँले हामीलाई मुक्ति दिन ठूलो अपमान र पीडा सहनुभएको छ।

परीक्षा र सङ्कष्टहरूमा, तपाईँको वचन हाम्रो छेउमै हुन्छ।

हामी मार्गको यो अन्तिम खण्ड राम्ररी हिँड्छौँ

र तपाईँको जोरदार गवाही दिन्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँदा हामी धेरै प्राप्ति गर्छौँ।

यो सर्वशक्तिमान् परमेश्‍वरको अनुग्रह र आशिष् हो।

परमेश्‍वरको गहन प्रेमका लागि हामी निष्कपट रूपमा कृतज्ञ छौँ,

र हामी सारा अनन्तकालका लागि उहाँलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्