Nepali Christian Song | कष्ट र शोधनमार्फत मात्र तँ परमेश्वरद्वारा सिद्ध पारिन सक्छस्
22 फेब्रुअरी 2026
१
यदि तँलाई परमेश्वरको स्वभाव थाहा छैन भने, तँ परीक्षाहरूको दौरान अपरिहार्य रूपमा ढल्नेछस्, किनकि परमेश्वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई कुन माध्यमबाट सिद्ध पार्नुहुन्छ भन्ने बारे तँ अनभिज्ञ छस्, र जब परमेश्वरका परीक्षाहरू तँमाथि आइपर्छन् र ती तेरा धारणासँग मिल्दैनन्, तँ दृढ हुन असक्षम हुनेछस्। परमेश्वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो। जब परमेश्वरको धर्मी स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, उनीहरूको देहले अपरिहार्य रूपमा धेरै पीडा सहनेछ। यदि तैँले यो पीडा सहिनस् भने, तँलाई परमेश्वरले सिद्ध पार्न सक्नुहुन्न, न तँ परमेश्वरलाई साँचो प्रेम अर्पण गर्न नै सक्षम हुनेछस्। यदि परमेश्वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले तँलाई पक्कै पनि उहाँको सम्पूर्ण स्वभाव प्रकट गर्नुहुनेछ।
२
सृष्टिको समयदेखि आजसम्म, परमेश्वरले उहाँको सम्पूर्ण स्वभाव मानिसलाई कहिल्यै प्रकट गर्नुभएको छैन—तर आखिरी दिनहरूको दौरान, उहाँले पूर्वनिर्धारण गर्नुभएको र चुन्नुभएको मानिसहरूको यो समूहका सामु प्रकट गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पारेर, उहाँले उहाँका स्वभाव प्रकट गर्नुहुन्छ, जसमार्फत उहाँले मानिसहरूको एउटा समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूका लागि परमेश्वरको साँचो प्रेम यस्तो छ। उहाँको साँचो प्रेम अनुभव गर्न मानिसहरूले चरम पीडा सहनुपर्छ, र उच्च मूल्य चुकाउनुपर्छ। तब मात्रै मानिसहरू अन्ततः परमेश्वरद्वारा प्राप्त गरिन सक्छन्, र बल्ल उनीहरू परमेश्वरलाई आफ्नो साँचो प्रेम फर्काउन सक्षम हुन्छन्, अनि तब मात्रै परमेश्वरको हृदय सन्तुष्ट हुनेछ।
३
यदि मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिने चाहना गर्छन् भने र उहाँको इच्छा पछ्याउने अनि उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्वरलाई दिने चाहना राख्छन् भने, उनीहरूले धेरै कष्ट र उनीहरूको परिस्थितिबाट धेरै सास्ती भोग्नैपर्छ, मृत्युभन्दा कठोर पीडा भोग्नैपर्छ। अन्ततः उनीहरू आफ्नो साँचो हृदय परमेश्वरलाई फिर्ता दिन बाध्य हुनेछन्। कसैले परमेश्वरलाई साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा कष्ट र शोधनको दौरान प्रकट हुन्छ। परमेश्वरले गर्नुहुने मानिसहरूको प्रेमको शुद्धिकरण पनि कष्ट र शोधनमार्फत मात्रै हासिल हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू