Christian Song | केवल परमेश्‍वरले मात्र मानिसलाई धेरै प्रेम गर्नुहुन्छ

8 अगस्ट 2021

आज परमेश्‍वर देह बन्नुहुन्छ र मानिसलाई मुक्ति दिनुहुने काम गर्नुहुन्छ

किनभने उहाँको व्यवस्थापन योजना यो चरणमा पुगेको छ;

उहाँले मानवजातिलाई प्रेम नगर्नुभएको भए उहाँले मानवजातिलाई मुक्ति दिनुहुनेथिएन,

र उहाँ प्रेमद्वारा उत्प्रेरित हुनुभएकोले,

प्रेमको पूर्वसर्तअन्तर्गत मात्रै उहाँले यसरी काम गर्नुहुन्छ।

भ्रष्ट मानवजातिलाई मुक्ति दिनको लागि देह बन्‍ने क्रममा

परमेश्‍वरले ठूलो अपमान सहनुभएको तथ्य नै

उहाँको प्रेम कति महान् छ भन्‍ने कुराको पूर्ण प्रमाण हो,

उहाँको प्रेम कति महान् छ भन्‍ने कुराको पूर्ण प्रमाण हो।

परमेश्‍वरका वचनका हरफहरूमा अर्ती, सान्त्वना,

प्रोत्साहन, सहनशीलता, धैर्यता, न्याय, सजाय, श्राप,

सार्वजनिक खुलासा, महिमायुक्त् प्रतिज्ञाहरू, र अझ धेरै कुराहरू छन्।

उहाँका हरमाध्यम प्रेमद्वारा निर्देशित छन्; उहाँको कामको सार यही हो।

आज, किन धेरैजसो मानिसहरूले यति नजिकबाट,

यति उत्साहको साथ परमेश्‍वरलाई पछ्याउँछन् त?

किनभने तिनीहरूलाई परमेश्‍वरको प्रेमको बारेमा थाहा छ,

र परमेश्‍वरको काम मानिसको मुक्ति हो भन्‍ने तिनीहरूले देख्छन्।

परमेश्‍वरको काम आफ्नो समयमा ठ्याक्कै सटीक छ।

उहाँको काम कुनै ढिलाइविना एकपछि अर्को चरणमा अघि बढ्छ—

अनि किन उहाँले कुनै ढिलाइ गर्नुहुन्न त? मानिसको खातिर।

उहाँले एउटै प्राणलाई पनि बलिदान गर्न चाहनुहुन्‍न,

र उहाँले थप एउटा प्राणलाई पनि गुमाउन चाहनुहुन्‍न;

यसबीच, मानिसले आफ्‍नै नियतिको बारेमा चिन्ता गर्दैन।

त्यसो भए, यो संसारमा तँलाई सबैभन्दा बढी कसले प्रेम गर्छ त?

तैँले आफैलाई प्रेम गर्दैनस्,

तँलाई आफ्‍नै जीवनलाई कदर गर्न वा बहुमूल्य ठान्‍न आउँदैन—

मानिसको लागि परमेश्‍वरसँग सबैभन्दा ठूलो प्रेम छ।

यदि परमेश्‍वर काम गर्न र मानिसलाई आमने-सामने भई अगुवाइ गर्न,

मानिससँग दिन-रात बिताउन, र तिनीहरूसँग जिउन देह नबन्‍नुभएको भए,

मानिसहरूले परमेश्‍वरको प्रेमलाई साँचो रूपमा जान्‍न सहज हुनेथिएन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्