Nepali Christian Song | देहधारी परमेश्‍वरले मात्र मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सक्नुहुन्छ

13 फेब्रुअरी 2026

देहमा गरिने परमेश्‍वरको कामको सबैभन्दा ठूलो फाइदा भनेको उहाँले सही वचन र अर्तीहरू अनि मानवजातिप्रतिको उहाँका सही अभिप्रायलाई उहाँलाई पछ्याउनेहरूमा छोड्न सक्‍नुहुन्छ ताकि त्यसपछि उहाँका अनुयायीहरूले अझै सही र अझै व्यवहारिक रूपमा देहमा गरिने उहाँको सारा काम र सारा मानवजातिप्रतिको उहाँका अभिप्रायलाई यो मार्ग स्विकार्नेहरूमा हस्तान्तरण गर्न सक्‍नेछन्। मानिसमाझ काम गर्नुहुने देहधारी परमेश्‍वरले मात्र परमेश्‍वर मानिससँगै हुनु र सँगै जिउनुलाई साँच्चै वास्तविकता बनाउनुहुन्छ, र परमेश्‍वरको मुहार हेर्ने, परमेश्‍वरको काम देख्ने र उहाँको व्यक्तिगत वचन सुन्ने मानिसको चाहना पूरा गर्नुहुन्छ। देहधारी परमेश्‍वरले यहोवाको पिठ्यूँ मात्र मानिसकहाँ देखा परेको युगलाई समाप्त गर्नुहुन्छ, र अस्पष्ट परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको युगलाई पनि समाप्त गर्नुहुन्छ।

परमेश्‍वरको अन्तिम देहधारणको कामले सारा मानवजातिलाई अझै वास्तविक, अझै व्यावहारिक र अझै सुन्दर युगमा ल्याउँछ। यस कामले व्यवस्था र प्रावधानहरूको युगलाई समाप्त गर्ने मात्र होइन तर अझै महत्त्वपूर्ण कुरा, यसले मानवजातिलाई व्यवहारिक र सामान्य परमेश्‍वर प्रकट गर्छ, जो धर्मी र पवित्र हुनुहुन्छ, जसले व्यवस्थापन योजनाको काम खोल्नुहुन्छ, जसले मानवजातिका रहस्यहरू र गन्तव्य प्रदर्शन गर्नुहुन्छ, जसले मानवजातिलाई सृष्टि गर्नुभयो र व्यवस्थापनको कामलाई समाप्त गर्नुहुन्छ, अनि जो हजारौँ वर्षसम्म गुप्त रहनुभएको छ। यस कामले अस्पष्टताको युगलाई पूर्ण रूपमा समाप्त गर्छ, सारा मानवजातिले परमेश्‍वरको मुहारलाई खोज्न चाहेको तर नसकेको युगलाई अन्त्य गर्छ, यसले सारा मानवजातिले शैतानको सेवा गरेको युगलाई समाप्त गर्छ, अनि यसले सारा मानवजातिलाई पूर्ण रूपमा नयाँ युगमा डोऱ्याउँछ। यी सबै परमेश्‍वरका आत्माको स्थानमा देहमा हुनुहुने परमेश्‍वरको कामको परिणाम हुन्। परमेश्‍वरले उहाँको देहमा काम गर्नुहुँदा मात्र, उहाँलाई पछ्याउनेहरूले अस्पष्ट परमेश्‍वरका अभिप्रायहरूबारे अनुमान गर्न छोड्छन्।

आत्मा मानिसका लागि छुन नसकिने र अदृश्य हुनुहुन्छ, र मानिसलाई परमेश्‍वरको कामको अरू कुनै प्रमाण वा तथ्यहरू दिन आत्माको काम असक्षम छ। मानिसले परमेश्‍वरको वास्तविक मुहारलाई कहिल्यै हेर्नेछैन, उसले सँधै अस्तित्वमा नभएको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेछ। मानिसले परमेश्‍वरको मुहारलाई कहिल्यै हेर्नेछैन, न त मानिसले कहिल्यै परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरू नै सुन्नेछ। आखिर, मानिसका कल्पनाहरू रित्ता छन्, र तिनले परमेश्‍वरको साँचो मुहारलाई प्रतिस्थापन गर्न सक्दैनन्; परमेश्‍वरको अन्तर्निहित स्वभाव, र परमेश्‍वर स्वयम्को कामको नक्कल मानिसले गर्न सक्दैन। स्वर्गका अदृश्य परमेश्‍वर र उहाँको कामलाई परमेश्‍वर देहधारी भएर अनि व्यक्तिगत रूपमा उहाँको काम गर्न मानिसमाझ आउनुभएर मात्र पृथ्वीमा ल्याउन सकिन्छ। परमेश्‍वर मानिसकहाँ प्रकट हुने सबैभन्दा आदर्शमय तरिका यही नै हो, जसमा मानिसले उहाँलाई देख्छ र उहाँको साँचो मुहार चिन्न पुग्छ र गैर-देहधारी परमेश्‍वरले यो हासिल गर्न सक्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्