Christian Choir Song | परमेश्‍वरसँग मात्र जीवनको मार्ग छ

23 जुन 2025

जीवनको मार्ग जोसुकै व्यक्तिसँग हुन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्‍ने कुरा नै हो। किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको सार हुन्छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको मार्ग हुन्‍छ। त्यसैले, परमेश्‍वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने अनेकौँ मूल्य चुकाउनुभएको छ। किनभने परमेश्‍वर स्वयम् नै शाश्‍वत जीवन हुनुहुन्छ, र परमेश्‍वर स्वयम् नै मानिसलाई पुनरुत्थानित गर्न सकिने मार्ग हुनुहुन्छ।

मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै अलग हुनुहुन्‍न, र उहाँ सधैँ मानिसहरूकै माझमा जिउनुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड, र मानिसको जन्‍मपछि उसको अस्तित्वका लागि सम्‍पन्‍न संसाधन हुनुहुन्छ। उहाँले मानिसलाई पुनर्जन्‍म लिन सक्षम तुल्याउनुहुन्छ, र उहाँले उसलाई उसको हरेक भूमिकामा दृढताका साथ जिउन सक्षम तुल्याउनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवनशक्तिमा निर्भर हुँदै, मानिस पुस्तौँपुस्तासम्म जिएको छ, यस समयमा परमेश्‍वरको जीवनको शक्तिले मानिसमाझ एकनासले सहारा प्रदान गर्दै आएको छ, र परमेश्‍वरले कुनै पनि साधारण मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ।

परमेश्‍वरको जीवनशक्तिले कुनै पनि शक्तिलाई विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्‍वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको शानदार चमकसाथ चम्कन्छ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्ला, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्‍वरको जीवनको अस्तित्व रहिरहनेछ, किनभने यावत् थोकहरूको अस्तित्वको स्रोत र तिनको अस्तित्वको जड परमेश्‍वर नै हुनुहुन्छ। संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने अनेकौँ मूल्य चुकाउनुभएको छ। किनभने परमेश्‍वर स्वयम् नै शाश्‍वत जीवन हुनुहुन्छ, र परमेश्‍वर स्वयम् नै मानिसलाई पुनरुत्थानित गर्न सकिने मार्ग हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्