Nepali Christian Song | सर्वशक्तिमान परमेश्‍वरले मात्र मानवलाई मुक्ति दिन सक्नुहुन्छ | with lyrics

22 अक्टोबर 2021

Nepali Christian Song 2021 | सर्वशक्तिमान परमेश्‍वरले मात्र मानवलाई मुक्ति दिन सक्नुहुन्छ | with lyrics

शुरुवात

सर्वशक्तिमान परमेश्‍वरका कार्यहरू कति महान, आश्चर्यजनक छन्!

सात तुरही बज्छन्, सात गर्जन गुन्जिन्छन्

सात कचौरा सर्वशक्तिमान परमेश्‍वरद्वारा खन्याइन्छन्

यी खुलेआम देखाइनेछन्, त्यसमा शंकै छैन।

पद १

जो अब आफैलाई अर्पण गर्छन्

परमेश्‍वरले तिनलाई पक्कै ठूलो आशिष दिनुहुनेछ;

आफ्नो जीवन बचाउन चाहनेहरूले, जीवन गुमाउने छन्।

सबैकुरा सर्वशक्तिमान परमेश्‍वरको हातमा छ।

अब तिमीले आफ्नो कदम रोक्नु हुदैन।

स्वर्ग र पृथ्वी विशाल परिवर्तनबाट गुज्रन्छन्।

कतै लुक्न सकिने ठाउँ छैन, मानव रुनेछ;

उनीहरूको लागि त्यहाँ अरु विकल्पै छैन।

कोरस

सर्वशक्तिमान परमेश्‍वरले हामीलाई हरदिन माया गर्नुहुन्छ र

मुक्ति दिनुहुन्छ, दुर्भाग्य होस् वा आशीर्वाद, सबै

हामी सर्वशक्तिमान परमेश्‍वरकै कारण पाउछौँ।

यो निर्णय मानवजातिको हातमा छैन।

पद २

पवित्र आत्माले आज गर्नुभएको कामलाई पछ्याऊ

र उहाँको कामको प्रगतिको कदम बारे

अरु कसैले याद दिलाउनु नपर्ने गरि

हरेक मानिस आफैभित्र स्पष्ट हुनुपर्छ।

तिमी सर्वशक्तिमान परमेश्‍वर सामु आइराख

र सबै कुराको निम्ति उहाँलाई अनुरोध गर।

उहाँले पक्कै तिमीलाई अन्तर्दृष्टि दिनुहुनेछ

र महत्वपुर्ण समयमा तिम्रो रक्षा गर्नुहुनेछ।

कोरस

सर्वशक्तिमान परमेश्‍वरले हामीलाई हरदिन माया गर्नुहुन्छ र

मुक्ति दिनुहुन्छ, दुर्भाग्य होस् वा आशीर्वाद, सबै

हामी सर्वशक्तिमान परमेश्‍वरकै कारण पाउछौँ।

यो निर्णय मानवजातिको हातमा छैन।

पद ३

नडराऊ! तिम्रो पूर्ण अस्तित्व उहाँको हातमा छ।

उहाँको सुरक्षा र वास्ता भए डराउनु पर्ने के छ?

अब उहाँको इच्छाको उपलब्धि नजिकै छ

तिम्रो अध्यात्मिक आँखाहरू खोल: स्वर्ग परिवर्तन हुनेछ

तर डर किन? उहाँको हातको कोमल चालले

स्वर्ग, पृथ्वी तुरुन्तै बर्बाद हुन सक्छ!

त्यसो भए मानवले चिन्ता गर्नुपर्ने किन?

के सबैकुरा, सधैँ उहाँकै हातमा छैनन् र?

कोरस

सर्वशक्तिमान परमेश्‍वरले हामीलाई हरदिन माया गर्नुहुन्छ र

मुक्ति दिनुहुन्छ, दुर्भाग्य होस् वा आशीर्वाद, सबै

हामी सर्वशक्तिमान परमेश्‍वरकै कारण पाउछौँ।

यो निर्णय मानवजातिको हातमा छैन।

ब्रिज

स्वर्ग र पृथ्वी उहाँको आज्ञामा परिवर्तन हुन सक्छन्

उहाँको आज्ञामा हामी पूर्ण हुन सक्छौं।

चिन्ता नगरी, शान्तसँग अगाडी बढ

ध्यान देउ र सतर्क पनि रह।

जागृत भई हेर, उहाँको इच्छा पूरा भएको छ

परियोजना पूरा, योजना सफल भएको छ।

उहाँका पुत्र उहाँको सिंहासनमा पुगिसके

उनीहरू उहाँसँगै सबैलाई न्याय गर्छन्।

कोरस

सर्वशक्तिमान परमेश्‍वरले हामीलाई हरदिन माया गर्नुहुन्छ र

मुक्ति दिनुहुन्छ, दुर्भाग्य होस् वा आशीर्वाद, सबै

हामी सर्वशक्तिमान परमेश्‍वरकै कारण पाउछौँ।

यो निर्णय मानवजातिको हातमा छैन।

अन्त्य

यो निश्चित छ कि, मण्डली र उहाँका पुत्रहरूलाई

सताउनेहरू कडासँग दण्डित हुनेछन्!

उहाँलाई आफ्नो साँचो हृदय दिनेहरूलाई

उहाँ सदैव अपरिवर्तित रुपमा प्रेम गर्नुहुनेछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्