Christian Praise Song | परमेश्वरलाई सबैभन्दा बहुमूल्य बलिदान चढाउनु
29 नोभेम्बर 2020
वर्षौं बितेपछि,
शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि,
मानिस जीर्ण बनेको छ।
मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि,
उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्न पुगेको छ,
र मानवजातिलाई मुक्त गर्ने परमेश्वरको वर्षौंको लगाबलाई बुझ्न पुगेको छ।
मानिसले उसको आफ्नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ।
ऊ कति असभ्य छ त्यस कुरा,
परमेश्वरप्रतिको उसका सबै गलत बुझाइहरू,
र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ।
समयलाई पछाडि फर्काउन सकिँदैन।
विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्,
र परमेश्वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ।
समयलाई पछाडि फर्काउन सकिँदैन।
विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्,
र परमेश्वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ।
दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउछ र…
उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ,
अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्ने पत्ता लगाउन,
ऊ खडा भएर सर्वशक्तिमान्को अनुहारमा हेर्छ।
उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ,
र उहाँका हातहरू प्रारम्भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्।
यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ,
तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन
र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन।
मानिस परमेश्वरको अघि घुँडा टेक्छ,
परमेश्वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ,
र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—
अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
मानिस परमेश्वरको अघि घुँडा टेक्छ,
परमेश्वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ,
र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—
अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
मानिस परमेश्वरको अघि घुँडा टेक्छ,
परमेश्वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ,
र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—
अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू