Christian Song | अन्त्यसम्म पछ्याउन व्यक्ति पवित्र आत्माको काममा समर्पित हुनैपर्छ

28 जुन 2025

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को कदम गर्दै, अझ माथि चढ्दै जान्छ। परमेश्‍वरले जुन कामद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ त्यो यस्तो छ। यदि मानिसहरूले गति समात्न सकेनन् भने, तिनीहरू जुनसुकै बेला पनि हटाइन सक्छन्। यदि तिनीहरूसँग समर्पणताको हृदय छैन भने, तिनीहरूले अन्त्यसम्म पछ्याउन सक्‍नेछैनन्। जानाजान विरोध गर्ने विद्रोही प्रकृति भएका सबैलाई परमेश्‍वरको छिटोछरितो अनि शक्तिशाली कामको यो चरणद्वारा हटाइनेछ; जानाजान समर्पित हुने अनि खुसीसाथ आफूलाई विनम्र तुल्याउनेहरू मात्रै बाटोको अन्त्यसम्म पुग्न सक्छन्।

यस अघिको युग बितेर गइसकेको छ: यो नयाँ युग हो। अनि नयाँ युगमा, नयाँ काम गरिनैपर्छ। विशेषगरी मानिसहरूलाई सिद्ध पारिने अन्तिम युगमा, परमेश्‍वरले अझ नयाँ काम, अझ छिटो गर्नुहुनेछ, त्यसैले मानिसहरू जानाजान समर्पित नभएमा, तिनीहरूलाई परमेश्‍वरका पदचापहरू पछ्याउन मुस्किल हुनेछ। जानाजान विरोध गर्ने विद्रोही प्रकृति भएका सबैलाई परमेश्‍वरको छिटोछरितो अनि शक्तिशाली कामको यो चरणद्वारा हटाइनेछ; जानाजान समर्पित हुने अनि खुसीसाथ आफूलाई विनम्र तुल्याउनेहरू मात्रै बाटोको अन्त्यसम्म पुग्न सक्छन्।

परमेश्‍वर कुनै पनि प्रावधानहरूमा बाँधिनुहुन्न, न त आफ्नो कामको कुनै चरणलाई नै सदा अपरिवर्तनीय रूपमा लिनुहुन्छ। बरु, उहाँ निरन्तर रूपमा झन् नयाँ अनि झन् उच्‍च काम गर्नुहुन्छ। हरेक चरणमा, उहाँको काम झन्-झन् व्यावहारिक बन्छ, अनि झन्-झन् मानिसका वास्तविक आवश्यकताहरू अनुरूप हुन्छ। त्यस्तो काम अनुभव गरेर मात्र मानिसहरूले तिनीहरूको स्वभावको अन्तिम रूपान्तरण हासिल गर्न सक्छन्। जानाजान विरोध गर्ने विद्रोही प्रकृति भएका सबैलाई परमेश्‍वरको छिटोछरितो अनि शक्तिशाली कामको यो चरणद्वारा हटाइनेछ; जानाजान समर्पित हुने अनि खुसीसाथ आफूलाई विनम्र तुल्याउनेहरू मात्रै बाटोको अन्त्यसम्म पुग्न सक्छन्।

जीवन सम्‍बन्धी मानिसको ज्ञान झन्-झन् उच्च स्तरमा पुग्छ, र त्यसै गरी, परमेश्‍वरको काम पनि झन्-झन् उच्च स्तरमा पुग्छ। यसरी मात्र मानिस सिद्ध पारिन र परमेश्‍वरका निम्ति प्रयोगयोग्य बन्‍न सक्छ। एकतर्फ मानिसका धारणाहरूको खण्डन गर्न र तिनलाई उल्ट्याउनका लागि, अनि अर्कोतर्फ मानिसलाई अझ उच्च र अझै वास्तविक स्थितिमा डोर्‍याउन, परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा उच्च क्षेत्रभित्र लैजानका लागि परमेश्‍वरले यसप्रकारले काम गर्नुहुन्छ, ताकि अन्त्यमा, परमेश्‍वरको इच्छालाई पूरा गर्न सकियोस्। जानाजान विरोध गर्ने विद्रोही प्रकृति भएका सबैलाई परमेश्‍वरको छिटोछरितो अनि शक्तिशाली कामको यो चरणद्वारा हटाइनेछ; जानाजान समर्पित हुने अनि खुसीसाथ आफूलाई विनम्र तुल्याउनेहरू मात्रै बाटोको अन्त्यसम्म पुग्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्