Christian Dance | म सत्यता प्राप्त नगरुन्जेल हार नमान्ने कसम खान्छु | Praise Song
10 फेब्रुअरी 2025
१
वचन देहमा देखा पर्नु भनेको परमेश्वर स्वयम् हुनुहुन्छ।
उहाँ व्यावहारिक परमेश्वर हुनुहुन्छ, आखिरी दिनहरूमा देहधारी हुनुभएको छ।
समय सुरु हुनु अघि, उहाँले आखिरी दिनहरूमा मेरो जन्म पूर्वनिर्धारित गर्नुभयो।
विजय र मुक्तिमार्फत, उहाँले मलाई उहाँको जीवन दिनुभएको छ।
परमेश्वरले भ्रष्ट मानवजातिलाई न्याय गर्न सत्यता व्यक्त गर्नुहुन्छ
र तिनीहरूको कुरूप शैतानी अनुहारलाई उदाङ्गो पार्नुभएको छ।
म कलङ्कित छु, लुक्ने ठाउँ कहीँ छैन; म अत्यन्तै लज्जित छु,
र म मुट्ठीको धुलोमैलो मात्र हुँ भनेर मलाई थाहा छ।
मसँग धाक लगाउन मिल्ने केही पनि बाँकी छैन।
म भुईँमा लम्पसार पर्छु, मेरो हृदय विजय गरिएको छ।
म पुष्टि गर्छु कि ख्रीष्ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ।
यस जीवनमा सत्यता प्राप्त नगरुन्जेल म हार नमान्ने कसम खान्छु!
यदि म आफ्नो भागको कष्ट भोगाइ सहन सक्दिनँ भने, म मानव हुन अयोग्य छु।
यदि म परमेश्वरको प्रेम तिर्न सक्दिनँ भने, म उहाँसामु आउन सक्दिनँ।
२
परमेश्वरको न्यायद्वारा म आफैलाई चिन्न पुगेको छु,
र मैले आफ्नो गहन भ्रष्टता अनि उहाँको सेवा गर्ने अयोग्यता देखेको छु।
परमेश्वरको धार्मिकता र पवित्रताले मेरो विद्रोहीपन प्रकाश गर्छ,
र म आफ्नो नीचता र तुच्छतालाई अझ बढी घृणा गर्छु।
परमेश्वरको जीवन जे हो, त्यो सब सत्यता हो।
मेरो हृदय सत्यताका लागि तिर्खाउँछ र म प्रगति गर्न लागिपर्नेछु।
परमेश्वरलाई चिन्नुले मलाई अझ बढी जीवन पछ्याउने प्रेरणा दिन्छ।
उहाँका वचनअनुसार जिउनु साँच्चै ठूलो आशिष् हो।
म आफ्नो जीवन खुसीसाथ अर्पण गर्नेछु
र परमेश्वरलाई प्रेम गर्न आफ्नो हृदय प्रयोग गर्नेछु।
म उहाँको गवाही दिन सक्छु भन्ने कुराले मलाई सन्तुष्ट पार्छ।
म पुष्टि गर्छु कि ख्रीष्ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ।
यस जीवनमा सत्यता प्राप्त नगरुन्जेल म हार नमान्ने कसम खान्छु!
यदि म आफ्नो भागको कष्ट भोगाइ सहन सक्दिनँ भने, म मानव हुन अयोग्य छु।
यदि म परमेश्वरको प्रेम तिर्न सक्दिनँ भने, म उहाँसामु आउन सक्दिनँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू