Christian Dance | म सत्यता प्राप्त नगरुन्जेल हार नमान्ने कसम खान्छु | Praise Song

10 फेब्रुअरी 2025

वचन देहमा देखा पर्नु भनेको परमेश्वर स्वयम् हुनुहुन्छ।

उहाँ व्यावहारिक परमेश्वर हुनुहुन्छ, आखिरी दिनहरूमा देहधारी हुनुभएको छ।

समय सुरु हुनु अघि, उहाँले आखिरी दिनहरूमा मेरो जन्म पूर्वनिर्धारित गर्नुभयो।

विजय र मुक्तिमार्फत, उहाँले मलाई उहाँको जीवन दिनुभएको छ।

परमेश्वरले भ्रष्ट मानवजातिलाई न्याय गर्न सत्यता व्यक्त गर्नुहुन्छ

र तिनीहरूको कुरूप शैतानी अनुहारलाई उदाङ्गो पार्नुभएको छ।

म कलङ्कित छु, लुक्ने ठाउँ कहीँ छैन; म अत्यन्तै लज्जित छु,

र म मुट्ठीको धुलोमैलो मात्र हुँ भनेर मलाई थाहा छ।

मसँग धाक लगाउन मिल्ने केही पनि बाँकी छैन।

म भुईँमा लम्पसार पर्छु, मेरो हृदय विजय गरिएको छ।

म पुष्टि गर्छु कि ख्रीष्ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ।

यस जीवनमा सत्यता प्राप्त नगरुन्जेल म हार नमान्ने कसम खान्छु!

यदि म आफ्नो भागको कष्ट भोगाइ सहन सक्दिनँ भने, म मानव हुन अयोग्य छु।

यदि म परमेश्वरको प्रेम तिर्न सक्दिनँ भने, म उहाँसामु आउन सक्दिनँ।

परमेश्वरको न्यायद्वारा म आफैलाई चिन्न पुगेको छु,

र मैले आफ्नो गहन भ्रष्टता अनि उहाँको सेवा गर्ने अयोग्यता देखेको छु।

परमेश्वरको धार्मिकता र पवित्रताले मेरो विद्रोहीपन प्रकाश गर्छ,

र म आफ्नो नीचता र तुच्छतालाई अझ बढी घृणा गर्छु।

परमेश्वरको जीवन जे हो, त्यो सब सत्यता हो।

मेरो हृदय सत्यताका लागि तिर्खाउँछ र म प्रगति गर्न लागिपर्नेछु।

परमेश्वरलाई चिन्नुले मलाई अझ बढी जीवन पछ्याउने प्रेरणा दिन्छ।

उहाँका वचनअनुसार जिउनु साँच्चै ठूलो आशिष् हो।

म आफ्नो जीवन खुसीसाथ अर्पण गर्नेछु

र परमेश्वरलाई प्रेम गर्न आफ्नो हृदय प्रयोग गर्नेछु।

म उहाँको गवाही दिन सक्छु भन्ने कुराले मलाई सन्तुष्ट पार्छ।

म पुष्टि गर्छु कि ख्रीष्ट नै सत्य, मार्ग, र जीवन हुनुहुन्छ।

यस जीवनमा सत्यता प्राप्त नगरुन्जेल म हार नमान्ने कसम खान्छु!

यदि म आफ्नो भागको कष्ट भोगाइ सहन सक्दिनँ भने, म मानव हुन अयोग्य छु।

यदि म परमेश्वरको प्रेम तिर्न सक्दिनँ भने, म उहाँसामु आउन सक्दिनँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्